बाढी पीडितका हृदयविदारक वेदना: टुङ्गो छैन ‘के खाने, कसरी बच्ने’

सप्तरी २ साउन । घरको चुलो गजगजे हिलोले पुरिएका, सामान हिलोले लतपतिएका र भिजेको एक पोको चामल घाम लागेको मौका छोपेर आँगनको ओभानो भागमा सुकाइएको थियो । यो दृश्यमा बुधबार अपराह्न बाढीले पुरेका भाँडाकुँडा र खाद्यान्न पाइन्छ कि भनेर मझेरी खोतल्दै हुनुहुन्थ्यो सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ का त्रिभुवन मिश्र । बाढीले बगाउनबाट जोगिएका सामान बचेको छ […]

कैलालीमा शक्तिशाली बम बिस्फोट, ५ घाइते

कैलाली, २ साउन। कैलालीको धनगढी उपमहानगरपालिकास्थित चटकपुरमा आज साँझ विष्फोटन हुँदा पाँच जना घाइते भएका छन् । आज साँझ ६ः४५ बजे स्थानीय निलम होटेलमा विष्फोटन हुँदा होटेल सञ्चालक केशवराज पाण्डेय घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिए । विष्फोटमा परी बझाङ घर भएका रामसिंह र ठेगाना खुल्न नसकेका लक्ष्मण सेरेला, मोबिन […]

बुद्धको मुर्ति तोडफोडको चौतर्फी बिरोध

बुटवल, २ साउन । तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गको बिच भाग (डिभाइडर) मा राखेको बुद्धमूर्ति तोडफोड भएपछि त्यसको चौतर्फी विरोध भएको छ । बुटवल–बेलहिया सिद्धार्थ राजमार्गको डिभाइडरमा राखिएका गौतमबुद्धका मूर्ति तोडफोडको घटनाप्रति स्थानीय तह, राजनीतिक दल र व्यावसायिक तथा सामाजिक सङ्घ संस्थाले विरोध जनाएका छन् । मूर्ति तोडफोडको घटनाप्रति तिलोत्तमा नगरपालिकाले घोर निन्दा र भत्र्सना गरेको […]

सरकारले किन गर्यो ५ श्रीलंकन नागरिकलाई देश निकाला ? यी हुन् मन्त्रिपरिषद् बैठकका ८ निर्णय

२ साउन, काठमाडौं । सरकारले गैरकानुनी रुपमा नेपालमा बसिरहेका ५ जना श्रीलंकन नागरिकलाई देश निकाला गरेको छ । गत असार २९ गतेको मन्त्रिपरिषद् बैठकले अवैध रुपमा बसिरहेका ती नागरिकले तिर्नुपर्ने जरिवाना र भिसा शुल्क मिनाहा गरी निस्कासन गर्ने निर्णय गरेको हो । बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले गत असार […]

पाकिस्तानका पूर्व प्रधानमन्त्री अब्बासी पनि भ्रष्टाचारको आरोपमा पक्राउ

२ साउन, एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री शाहिद खकान अब्बासी पक्राउ परेका छन् । भ्रष्टाचारको आरोपमा विहिवार उनलाई पक्राउ गरिएको हो । गत महिना पाकिस्तानका पूर्व राष्ट्रपति र पाकिस्तान पिपुल्स पार्टीका नेता आसिफ अली जर्दारी पनि झुठ्ठा बैंक खाता सम्बन्धी आरोपमा पक्राउ परेका थिए ।  अब्बासीलाई भने उनको सरकारले गरेको एलपीजी ग्यास सम्बन्धी एउटा सम्झौतामा भ्रष्टाचार […]

वार्ताबारे विप्लवको कठोर प्रतिक्रिया, वार्ताको हल्ला ‘भ्रमपूर्ण बकवास’ भएको दावी

काठमाडौं, २ साउन । वार्ताको हल्ला चलिरहेका बेला विद्रोही नेपाल कम्युनिस्ट पार्टीले सरकारप्रति कठोर प्रतिक्रिया जनाएको छ । सरकारका तर्फबाट सत्तारुढ दलका केही नेताहरु वार्ताको पहल गरिरहेको हल्ला चलिरहँदा विद्रोही नेकपाले ‘वार्ताको हल्ला भ्रमपूर्ण बकवास’ भएको बताएको छ । नेकपाका पोलिटब्यूरो सदस्य तथा मध्यपश्चिम कमाण्ड इन्चार्ज विरजङ्गले बुधवार एक विज्ञप्ति जारी गर्दै सरकारले ‘गोयबल्स शैलीमा […]

घुस लिंदालिदै दुई पक्राउ

तनहु । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखराको टोलीले घुस रकमसहित सडक डिभिजन कार्यालय दमौलीका कम्प्युटर अपरेटर प्रकाश पौडेल र ‘वाइल्ड स्ट्रोङ कन्सल्टेन्सी’का सुमित शाहीलाई पक्राउ गरेको छ । आयोगको पोखरा कार्यालयका प्रवक्ता मेघनाथ रिजालका अनुसार सेवाग्राहीबाट रु एक लाख ७५ हजार घुस लिने क्रममा दुवै जनालाई कार्यालयबाटै पक्राउ गरिएको हो । अपरेटर पौडेलसँग मिलेर शाहीले […]

विप्लवले हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने सुनिश्चित भए मात्र वार्ता गर्ने सरकारका प्रवक्ताकाे प्रष्टोक्ति

काठमाडौं, २ साउन । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच वार्ताको हल्ला चलिरहेका बेला सरकारकाेे अाधिकारिक धारणा बाहिर अाएकाे छ । सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले विप्लव हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने सुनिश्चित भए मात्र सरकारले वार्ता गर्ने प्रष्ट पारेका छन् । साथै प्रवक्ता बास्कोटाले विप्लवका शर्तहरु मानेर वार्ता नगर्ने […]

डिएसपी बेपत्ता भएपछि प्रहरी हेडक्वार्टरदेखि अख्तियारमा समेत खैलाबैला

काठमाडौं । निलम्बनमा परेका नेपाल प्रहरी नायब उपरीक्षक डिएसपी कुमोध ढुंगेल बेपत्ता भएका छन । एकाएक उनी बेपत्ता परेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोजेर उपस्थित गराउन पत्र पठाएको छ । अख्तियारको पत्रपछि प्रहरी मुख्यालय नक्सालले महानगरीय प्रहरी परिसर काठमाडौंलाई पत्र पठाइ २४ घण्टाभित्र डिएसपी ढुंगेललाई अख्तियारमा उपस्थित गराउन आदेश दिएको छ । अख्तियारले ढुंगेलको […]

एकैपटक २ सय ३६ न्यायाधिशको सरुवा

काठमाडाैं । न्याय परिषदले जिल्ला, उच्च र विशेष अदालतमा गरी एकैपटक २ सय ३६ न्यायाधीशको सरुवा गरेको छ । परिषदको बिहीबार बसेको बैठकले उच्च अदालतमा ७८ र जिल्ला अदालतमा १ सय ५६ जना न्यायाधीशको सरुवा गरेको हो । न्याय परिषदको बैठकले उच्च अदालतका ६ जना न्यायाधीशलाई विशेष अदालतको अध्यक्ष तथा सदस्य (न्यायाधीश) तोक्न पनि सिफारिस […]