जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक मर्मत गरिने

काठमाडौँ, ७ साउन । जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक तत्काल मर्मतसम्भार गरी सहजरुपमा यातायात सञ्चालन गराएर कालोपत्र गर्ने काम अघि बढाउन जनप्रतिनिधि सहमत भएका छन् । गत भदौमै कालोपत्र भइसक्नुपर्ने गरी ठेक्का भएको सडक थपिएको म्याद सकिन लाग्दासमेत काम शुरु हुन सकेको छैन । गत वर्ष सकिएर थपिएको म्याद पनि आगामी भदौमा सकिँदैछ तर सडक सार्वजनिक जग्गा भएको […]

विद्यार्थीलाई कुटपिट गर्ने शिक्षक पक्राउ

७ साउन, पोखरा । गृहकार्य नगरेको आरोपमा विद्यार्थीलाई कुटपिट गर्ने पोखराका एक शिक्षक आज पक्राउ परेका छन् । विद्यार्थीलाई कुटपिट गरेको आरोपमा पोखरा–२५ स्थित हेम्जा आवासीय विद्यालयका शिक्षक श्रीराम त्रिपाठीलाई पक्राउ गरिएको कास्की जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सो विद्यालयमा अध्ययनरत १४ वर्षीय एक विद्यार्थीलाई यही साउन ५ गते कक्षा कोठा भित्रै कुटपिट गरेर […]

वार्ताबारे आयो विप्लवको विज्ञप्ति, अब कडा प्रतिरोधमा जाने चेतावनी

काठमाडौं । सञ्चारमाध्यममा अाएका वार्ताका व्यापक हल्लाका बारेमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टीकाे धारणा प्रष्ट पारेका छन् ।  सरकारले वार्ताकाे हल्ला चलाइरहेकै बेला पार्टीका प्रभावशाली नेता माइला लामालाइृ गिरफ्तार गरिएपछि निकै अाक्राेशित बनेका विप्लवले एक विज्ञप्ति जारी गरेर सरकारविरुद्ध प्रतिराेधमा उत्रन ढिला भइसकेकाे बताएका छन् । उनले सरकारले एकातिर वार्ताको ‘कुप्रचार गर्ने’ […]

गुल्मी ताजा अपडेट : पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १२ पुग्यो

७ साउन, गुल्मी । जिल्लाको विभिन्न स्थानमा गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १२ पुगेको छ । जिल्लाको सत्यवती गाउँपालिकाको वडा नम्बर ३ र ४ का घर पहिरोले पुरिँदा १२ जनाको मृत्यु भएको गुल्मीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) यदुनाथ पौडेलले जानकारी दिए । अझै पहिरोमा परी २ जना घाइते छन् । पहिरोमा पुरिएका मृतकको शव […]

भारतीय मालबाहक कन्टेनरले केचेर हेटौडामा २ को ज्यान गयो

हेटौंडा–१५ चुरियामाई नजिक भारतीय मालवाहक कन्टेनरले किचेर २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । सडकमा सोमबार राति ११ बजेबाट सामान बोकेको एनएलओआइडी ८०३१ नम्बरको मालवाहक १८ चक्के भारतीय नम्बर प्लेटको कन्टेनर राजमार्ग मै विग्रिएर सडक अवरुद्ध भएको थिया । सो कन्टेनरलाई क्रेनको सहायताले हटाउने क्रममा कन्टेनरले किचेर उनीहरुको मृत्यु भएको […]

वृद्धको शव पानीमा तैरिएको भेटियो

झापा,७ साउन । दमक नगरपालिका–२ स्थित ठूलो पैनीमा एक वद्धको शव फेला परेको छ। सोही ठाउँक ७८ वर्षीय धनबहादुर नेपालीको शव पानीमा तैरिरहेको अवस्थामा मंगलबार बिहान फेला परेको प्रहरीले जनाएको छ । नेपाली तीन दिनदेखि परिवारको सम्पर्कमा नरहेको पारिवारिक स्रोतले बताएको छ। स्थानीयले बिहान पैनीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय दमकबाट […]

निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा गृहमन्त्रीले पोखे अनौठो गुनासो

काठमाडौं, ७ साउन । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलत्कारपछि हत्या भएको एक वर्ष पुग्न लाग्दा पनि यसबारे सत्यतथ्य बाहिर आउन सकेको छैन । सरकारले अपराधी पत्ता लगाएर पीडितलाई न्याय दिन सकेको छैन । सर्वत्र चर्चा पाएर निकै आवाज उठाइएको यो घटनामा प्रहरीको अनुसन्धान अहिलेसम्म असफल नै रहेपछि सरकारमाथि नै अनेकौ प्रश्न उब्जाइएका छन् […]

दैलेखमा बस दुर्घटना : एक जनाको मृत्यु, ७ जना घाइते

दैलेख,७ साउन ।आठबीस नगरपालिका राकमबाट खिड्कीजिउला जाँदै गरेको यात्रुवहाक बस मंगलबार बिहान दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ भने अन्य ७ जना सामान्य घाइते भएका छन् । ना ५ ख ७२४३ नम्बरको बस राकमको जिरो प्वाइण्ट नजिकै सडकबाट करिब ५० मिटर तल खोल्सामा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा आठबीस नगरपालिका–५ की ३२ वर्षीया […]

सहस्राब्दी पदमार्गमा सन् २०२० मा ५० हजार पदयात्री

पोखरा, ७ साउन । तनहुँको दुलेगौंडाबाट स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दूरीको सहस्राब्दी पदमार्ग मिलेनियम ट्रेकमा सन् २०२० मा न्यूनतम ५० हजार पदयात्री हिँडाउने लक्ष्यका साथ काम थालिएको छ । नेपाल सरकारद्वारा घोषित ‘भिजिट नेपाल २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेका अवस्थामा मिलेनियम ट्रेक व्यवस्थापन समितिले उक्त लक्ष्य सार्वजनिक गर्दै पूर्वाधार निर्माणलगायतमा […]

मुक्त कम्लहरीले परिचयपत्र नपाउँदा समस्या

भीमदत्तनगर, ७ साउन । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरका मुक्त कम्लहरीले परिचयपत्र नपाउँदा विभिन्न समस्याबाट पीडित बनेका छन् । कैलालीमा तीन हजार र कञ्चनपुरमा सात सय मुक्त कम्लहरी रहेको मुक्त कम्लहरी विकास मञ्चका केन्द्रीय अध्यक्ष सुनिता चौधरीले जानकारी दिईन् । “कैलालीमा चार सय र कञ्चनपुरमा तीन सय मुक्त कम्लहरीले मात्रै परिचयपत्र पाएका छन्”, अध्यक्ष चौधरीले […]