वर्षकै अवधिमा नेप्सेमा भारी वृद्धि, कारोबार रकम सवा अर्बमाथि

काठमाडौं, २७ पुस । धितोपत्र बजारमा पछिल्लो एक वर्षको अवधिमा नेप्से परिसूचकमा आज सबैभन्दा बढी वृद्धि भएको छ । सन् २०२० को शुरुआतसँगै उकालो लागेको शेयर कारोबारमा मापक नेप्से परिसूचक ‘बुलिस ट्रेण्ड’ पछ्याउँदै करिब ४३ अङ्कले वृद्धि भएको छ । प्रतिशतका आधारमा आजको वृद्धि ३.५१ हो ।  नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ४२.६१ विन्दुले बढेर […]

सुन्तला उत्पादनबाट जिल्लामा १० करोडभन्दा बढी नगद भित्रिने अनुमान

काठमाडौं, २७ पुस। रैनादेवी छहरा–४ अम्लावासका युवा कमल घिमिरेलाई सुन्तला बजार पठाउन हतारो छ  । उनको परिवार सुन्तला बगानमा खटिएको छ । टिप्न, बोक्न, ग्रेडिङ गर्न, क्यारेटमा मिलाउन र बजार पठाउने काममा उनीहरू लागिपरेका छन् । उनको बगानका पाँच सयभन्दा बढी बोटमा फल लागेका थिए । सिजन ढिला भइसक्यो । अझै पनि बोटमै सुन्तला रहिरहे अर्को वर्ष फल कम […]

सुन तस्करी बढ्दो क्रममा

काठमाडौँ, २७ पुस । नेपाली बजारमा सुनको मूल्य उकालो लागेसँगै तस्करी भएर भित्रने क्रम पनि बढेको छ । विगत तीन महिनामा सुनको मूल्य उकालो लागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तस्करी भएर आएको सुन पक्राउ पर्ने क्रम पनि बढेको छ । गत असोजदेखिको तथ्याङ्क हेर्दा त्रिभुवन विमानस्थलमा असोजमा दुई हजार ३७ ग्राम तस्करीको सुन पक्राउ परेको थियो […]

घट्यो सुनको मूल्य

  काठमाडौँ, २४ पुस । बिहिबार सुनको मूल्य एक हजारले घटेको छ। बुधबार प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहिबार प्रतितोला ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुन ७२ हजर २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै, बुधबार प्रतितोला ९२० रुपैयाँमा कारोबार […]

तीन किलो नक्कली सुनसहित नयाँ बसपार्कबाट भारतीय नागरिक पक्राउ

काठमाडौं, २५ पुस । नेपाल प्रहरीले तीन किलोग्राम नक्कली सुनसहित एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले तीन किलोग्राम नक्कली सुनसहित भारतीय नागरिक मोहनलाल गुजरातीलाई आज बिहान गोंगबु नयाँ बसपार्कबाट पक्राउ गरेको हो । वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले नक्कली सुनको सिक्का बोकेर हिँडेको अवस्थामा गुजरातीलाई पक्राउ गरेको जानकारी दिए […]

कृषि विकास बैङ्क ह्याकिङ प्रकरण: एक करोड रुपैयाँसहित फरार दीपक नेपाल पक्राउ

काठमाडौं, २० पुस । कृषि विकास बैङ्कको क्रिडेन्सियल ह्याकिङ गरी एक करोड रकमसहित फरार रहेका दीपक नेपाललाई प्रहरीले पक्राउ गरेको छ । ४३ वर्षीय नेपाललाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गत पुस १८ गते पक्राउ गरेको थियो । महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसारका अनुसार उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ […]

सुन अहिले सम्मकै महँगो तोलाको कति हेर्नुहोस !

काठमाण्डौ, १८ पुस । सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । सुनको भाउ शुक्रबार तोलाको ७४ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको भाउ शुक्रबार एकै दिन तोलामा एक हजार रुपैयाँ बढेर अहिले सम्मकै महँगो अर्थात् तोलाको ७४ हजार ५ सय रुपैयाँ पुगेको हो । अमेरिका र इरानबीच तनाव […]

फेरि समातियो बसपार्कबाट साढे २ किलो सुन

काठमाडौँ, १६ पुस । धनगढीको बसपार्कबाट २ किलो ४ सय ग्राम सुनसहित एक जना पक्राउ परेका छन् । प्रहरीले पक्राउ परेको व्यक्तिको नाम सार्वजनिक गरेको छैन् ।जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी सुदीप गिरीका अनुसार धनगढी बसपार्कबाट उक्त परिमाणको सुन समातिएको भएपनि पक्राउ परेको व्यक्तिको नाम तत्कालै सार्वजनिक गरिएको छैन् । घटनामा थप व्यक्ति पनि रहेको […]

मैत्री बहुउद्देश्यीय सहकारी संस्था बाट पाँच लाख चोरी

तम्घास, १५ पुस । गुल्मी बलेटक्सारमा रहेको मैत्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट पाँच लाख रुपैयाँ चोरी भएको छ। संस्थाको उपशाखा कार्यालयमा तोडफोड गरी रकम चोरी भएको मुख्य शाखा तम्घासका व्यवस्थापक अर्जुन आर्चायले बताए। उनका अनुसार कार्यालयको गेटसँगै नगद राखेको दराज तोडफोड गरी पाँच लाख रुपैयाँ सोमबार राति चोरी भएको हो। जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रमुख […]

वीरगञ्ज महानगरका कर्मचारी १५ हजार घुससहित पक्राउ

वीरगञ्ज, १४ पुस् । वीरगञ्ज महानगरपालिकाको कार्यालयका एकजना कर्मचारी घुससहित पक्राउ परेका छन् । कार्यालयको लेखा फाँटमा कम्प्युटर अपरेटरको रुपमा कार्यरत राकेशकुमार जयसवाललाई अख्तियारले १५ हजार घुससहित नियन्त्रणमा लिएको हो । राकेशलाई अख्तियारको टोलीले कार्यकक्षबाटै नियन्त्रणमा लिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका प्रमुख शिव काफ्लेले भने वीरगञ्जमा अपरेशन चलाएको तर थप विवरण […]