मैत्री बहुउद्देश्यीय सहकारी संस्था बाट पाँच लाख चोरी

तम्घास, १५ पुस । गुल्मी बलेटक्सारमा रहेको मैत्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट पाँच लाख रुपैयाँ चोरी भएको छ। संस्थाको उपशाखा कार्यालयमा तोडफोड गरी रकम चोरी भएको मुख्य शाखा तम्घासका व्यवस्थापक अर्जुन आर्चायले बताए।

उनका अनुसार कार्यालयको गेटसँगै नगद राखेको दराज तोडफोड गरी पाँच लाख रुपैयाँ सोमबार राति चोरी भएको हो। जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले चोरी भएको जानकारी आएपछि तत्काल प्रहरीको टोली खटाई अनुसन्धान भइरहेको जानकारी दिए।

Loading...