नेप्सेमा मंगलबार लाग्यो उकालो

काठमाडौं, ७ माघ । साताको तेस्रो दिन मंगलबार शेयर बजार सामान्य उकालो लागेको छ । नेप्से परिसूचक ३.३६ अंकले बढेर १३२०.४७ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.२६ प्रतिशतले बढी हो । सामान्य अंकले बढेको बजारमा कूल एक अर्ब ५१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ४६ […]

करको सास्तीमा सर्वसाधारण, एउटा खसीको कर एक सय

बैतडी, ६ माघ । स्थानीय सरकारले लगाएको करको सास्तीमा सर्वसाधारण पर्न थालेका छन् । स्थानीय सरकारले सडकमा ढाट नै तेस्र्याएर पशु निकासीमा चर्को कर असुल्न थालेका हुन् । त्यसरी लगाइएको कर खसीबोकामा एक सय रुपियाँ, राँगाभैँसी र तरकारीमा पाँच सय रुपियाँ छ । स्थानीय सरकारले निकासी कर लिन ठाउँठाउँमा ठेक्का नै दिएको छ । ठेकेदारले […]

काठमाडौं विमानस्थलदमा बुद्ध र यति एयरका विमान आपसमा ठोक्किए

काठमाडौं, ६ माघ । त्रिभुवन विमानस्थलमा यती र बुद्ध एयरका दुई विमान आपसमा ठोक्किएका छन् । जनकपुर जान लागेको बुद्ध एयरको विमानले रोकिराखेको यती एयरलाइन्सको विमानलाई ठक्कर दिएको हो। विमान ठोक्किँदा दुवै विमानमा सामान्य क्षति भएको विमानस्थलका प्रवक्ता चन्द्रलाल कर्णले जानकारी दिए। विमान ठोक्किए पनि विमानस्थलका अन्य उडानहरू सुचारु रहेको पनि कर्णले जानकारी दिए।

सिटिजन्स बैंकको नाफा ६८ करोड ७७ लाख रुपैयाँ

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आर्थिक वर्षको पहिलो ६ महिनामा करिब ६९ करोड रुपैयाँ नाफा कमाएको छ । दोस्रो त्रैमासमा वाणिज्य बैंकहरुमध्ये नै पहिलोपटक वित्तीय विवरण सार्वजनिक गर्दै सिटिजन्सले यो अवधिमा ६८ करोड ७७ लाख रुपैयाँ खुद मुनाफा कमाएको जनाएको हो । यो अघिल्लो वर्षको नाफाको तुलनामा करिब ११ प्रतिशत कम हो । अघिल्लो वर्ष सो […]

लगातार परेको पानीले नौ करोडको इँटा नष्ट

भक्तपुर, ५ माघ। दुईदिन लगातार परेको पानीले भक्तपुरका ६२ इँटाभट्टामा पोल्न तयारी अवस्थामा राखिएका लाखौँ इँटा नष्ट भएका छन्। उता, भक्तपुरका इँटा व्यवसायीहरुले भने पानीले नष्ट इँटा को क्षतिपूर्ति स्वरुप नगरपालिकाले वार्षिक रुपमा लिँदै आएको कर छुट गर्न माग गरेका छन् । बिहीबार रातीदेखि शुक्रबार मध्यरातीसम्म परेको हिउँदे वर्षाका कारण इँटा उद्योगमा करोडौँ रुपैयाँको क्षति […]

लगातारको वर्षाले रूरू महोत्सव प्रभावित, लाखौँको क्षति

पाल्पा, ३ माघ । बिहीबारदेखि परेको वर्षाले पाल्पा, गुल्मी र स्याङ्जाको संगम रूरू क्षेत्रमा चलेको महोत्सव प्रभावित बनेको छ । वर्षासँगै रिडी खोला बढेपछि पाल्पा र गुल्मीतर्फ राखेको २० भन्दा बढी स्टलमा क्षति पुगेको छ । केही पसल राख्न नमिल्ने गरी नै बगाएको छ । रिडी खोलाले कतिपय स्टलका सामान पनि बगाएको छ । केही […]

ग्यास खपत एक दशकमा चार गुणा बढ्यो

काठमाडौँ, २ माघ । पछिल्लो एक दशकमा मुलुकमा खाना पकाउने एलपी ग्यासको खपत चार गुणाले बढेको छ । सहरी क्षेत्रमा मात्र नभएर ग्रामीण क्षेत्रसम्म प्रयोग बढ्दै गएकाले ग्यास खपत उच्च दरमा वृद्धि भएको हो । नेपाल आयल निगमको तथ्याकंअनुसार आर्थिक वर्ष २०६५र६६ मा १ लाख १५ हजार ८१३ टन खपत भएकामा आव २०७५र७६ सम्ममा ४ […]

चुहावटमा गएको कर रकम ७ अर्बभन्दा बढी भएको आधिकारिक अनुमान

काठमाडौं, २ माघ। दश वर्षअघिको मूल्य अभिवृद्धि र आय कर सम्बन्धि विवादको सुनुवाइ पुस २७ आइतबारबाट सर्वोच्च अदालतमा सुरू भई भोलीपल्ट सोमबार फैसला भयो । भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर्स प्रालि, शंकर अक्सिजन ग्यास प्रालि, अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्स, एआइटी प्रालि, महेश बानियाँ, होटल एभरेष्ट इन्टरनेशनलको सुनुवाइ आइतबारबाट सुरू भएको थियो । आन्तरिक राजस्व कार्यालय, […]

सुन चाँदीको मूल्य आज यथावत

काठमाडौँ, २ माघ। नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । बुधबार तोलामा ७४ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो । यस्तै तेजावी सुन ७४ हजार ४०० मा कारोबार भएको छ । यस्तै चाँदी तोलामा ८८५ रुपैयाँमा कारोबार भएको छ । बुधबार पनि चाँदी सोही मूल्यमा […]

नेप्से २० अङ्कले लाग्यो उकालोतिर

काठमाडौं, १ माघ । पुस मसान्तमा घटेको शेयर कारोवार मापक नेप्से परिसूचक माघको पहिलो दिन २० अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक २०.८५ अङ्कले बढेर एक हजार २८४.२३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ४.६८ अङ्कले बढेर २७८.९७ मा पुगेको छ । परिसूचक २० अङ्कले बढ्दा कारोवार रकम भने […]