सातौँ राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौं, १ माघ । ‘सर्वाङ्गीण विकासका लागि योग’ भन्ने नाराका साथ सातौँ राष्ट्रिय योग दिवस देशभर भर्चुअल माध्यमबाट विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण बढ्न थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवस भर्चुअल माध्यमबाट गर्न निर्देशन गरेको छ । योगको नियमित अभ्यास गर्नेमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने भएकाले कोरोनाबाट बच्नसमेत सहयोग […]

डेल्टाको तुलनामा ओमिक्रोनबाट मृत्यु हुने खतरा ९१ प्रतिशत कम

काठमाडौं, १ माघ । फेरि एकपटक विश्वभर कोरोनाको महामारी फैलिएको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको तेस्रो लहर सुरु भएपछि यसले विश्व समुदायलाई त्रसित पारेको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाप केन्द्रहरुका अनुसार ओमिक्रोन भेरियन्ट भने डेल्टाको तुलनामा कमजोर छ । ओमिक्रोन भेरियन्टको संक्रमणबाट मृत्यु हुनेको संख्या डेल्टाको तुलनामा ९१ प्रतिशत कम भएको पाइएको […]

दैनिक कति कपसम्म चिया-कफी पिउँदा राम्रो ?

  काठमाडौं, १ माघ । चिया वा कफी सेवन नगर्ने मानिस शायदै भेटिएलान् । कसै–कसैलाई चिसो मौसममा चिया वा कफी नपिइकन जाँगर नै चल्दैन । तर ठिक्क मात्रामा चिया-कफी पिउँदा हुने फाइदा र अत्यधिक सेवन गर्दा हुने बेफाइदाबारे सबैलाई थाहा नहुन सक्छ । लामो समयदेखि कफी र चिया सेवनबाट हुने फाइदारबेफाइदाबारे विभिन्न अध्ययन हुँदै आएका […]

माघ २ गतेदेखि कोराना विरुद्धको बुस्टर डोज खोप दिइने

काठमाण्डौं । माघ २ गतेदेखि अग्रपंक्तिमा खटिने व्यक्तिहरुलाई कोभिड–१९ विरुद्धको बुस्टर मात्रा खोप दिइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पुस २८ गते बसेको मन्त्रीस्तरीय बैठकले सो निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार माघ २ गतेदेखि अग्रपंक्तिमा खटिने र माघ १४ गतेदेखि ६० वर्ष र त्योभन्दा माथिको […]

सीमा नाकामा स्वास्थ्य सुरक्षा जाँच कडाइ

पुस ३०, काठमाडौँ  ।  नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर बढेसँगै अन्तरदेशीय सीमा नाकामा स्वास्थ्य सुरक्षा जाँच कडा पारिएको छ । भारततर्फका प्रायः नाकामा सुरक्षा जाँच कडा पारिएका छन् । चीनतर्फका सीमा नाकाबाट केही मालवाहक कन्टेनर भित्रिनेबाहेक मानिसको आवतजावत बन्द छ । प्रदेश २ का महोत्तरीको जलेश्वर भिठ्ठामोड, पर्साको वीरगञ्ज, रौतहटको गौर, सिरहाको माडर र औरहीस्थित नाकामा हेल्पडेस्क स्थापना […]

नेपाल कोरोना नियन्त्रण गर्न असफल भएको ह्युमन राइट्स वाचको दावी

काठमाडौं । मानव अधिकारको विश्वव्यापी अवस्था सम्बन्धमा सार्वजनिक प्रतिवेदनले नेपालमा सरकारको असंवेदनशीलता र अक्षमताले कोरोना महामारीको दोस्रो लहरमा धेरै नागरिककको मृत्यु भएको औंल्याएको छ। अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले सरकार संवेदनशील र सक्रिय भएको भए धेरै जना संक्रमितलाई मृत्युको मुखमा पुग्नबाट बचाउन सकिने दाबी गरेको हो। ‘कोभिड–१९ महामारीमा पूर्वतयारी […]

त्रिवि शिक्षण अस्पतालका ६० जना स्वास्थ्यकर्मीमा संक्रमण

पुस २९,काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत ६० जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ । स्वास्थ्यकर्मि नै धेरै संख्यामा संक्रमित भएपछि अस्पताल दिदै आएको सेवा समेतमा प्रभावित हुन गएको छ । अस्पतालका अनुसार मेडिकल आईसीयू वार्डबाट संक्रमण फैलिएपछि जनशक्ति नपुग हुँदा बिरामीले पाउनु पर्ने  स्वास्थ्य सेवामा  प्रभाव परेको छ । अस्पताल र प्रयोगशालाहरूमा महामारीका […]

ओमिक्रोनले माथिल्लो श्वासप्रश्वास नलीमा सङ्क्रमण

काठमाडौं, २८ पुस । कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टा भेरियन्टभन्दा बढी सङ्क्रामक रहेको बताइएको छ । ओमिक्रोन भेरियन्टले मानिसको स्वास्थ्यमा जटिलता कम गराए पनि सङ्क्रामक दर गुणात्मक रुपमा फैलिने बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले ओमिक्रोन भेरियन्टको अन्य भेरियन्ट जस्तै मानिसमा लक्षण हुने गरेको बताए, ‘अहिले गरिरहेका अणुवांशिक अध्ययन […]

ओमिक्रोन बढी सङ्क्रामक : खोप लगाउन र स्वास्थ्य मापदण्ड पालन गर्न आग्रह

चितवन, २८ पुस । कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप नलगाउनेहरूमा यसको जोखिम बढी हुने चिकित्सकहरूले बताएका छन् । खोप नलगाउने व्यक्तिमा तत्काल रोगको सङ्क्रमण हुनसक्ने उनीहरूको दाबी छ । भरतपुर अस्पतालका अध्यक्ष फिजिसियन डा भोजराज अधिकारीले खोप (भ्याक्सिन) नलगाएको समुदायमा कोरोना भाइरस सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोनको बढी खतरा हुने बताए ।   अहिलेसम्मको अध्ययनले खोप लगाएको […]

आठ हप्ताभित्र आधा युरोप ओमिक्रोनको चपेटामा पर्ने डब्लुएचओको चेतावनी

काठमाडौं ः विश्व स्वास्थ्य संगठनले आगामी छ देखि आठ हप्ताभित्र आधा युरोप कोरोना भाइरसको चपेटामा आउने बताएको छ। डब्लूएचओले चेतावनीसहितको यो अनुमान सन २०२२ को पहिलो हप्तामा युरोपमा देखिएका ७० लाख संक्रमितहरूलाई आधार मानेर गरेको बीबीसीले जनाएको छ। सन् २०२२ को पहिलो हप्तामा ७० लाख नयाँ संक्रमित थपिएका छन्। दुई हप्ताको अन्तरमा संक्रमितको संख्यामा दोब्बरभन्दा […]