काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल टेलिकममा विदेशी रणनीतिक साझेदार नल्याउने बताएका छन्। टेलिकमको १५औं वार्षिकोत्सवमा बोल्दै मन्त्री बास्कोटाले सो धारणा व्यक्त गरेका हुन् । रणनीतिक साझेदारका लागि सम्पत्ति तथा दायित्वको मूल्यांकन भइरहेका बेला मन्त्री बास्कोटाले भने रणनीतिक साझेदार आवश्यक नरहेको बताएका हुन । मन्त्री बास्कोटाले विदेशी रणनीतिक साझेदार ल्याउनु भनेको हात्तीलाई […]

नेपाल टेलिकमले पोस्टपेडका लागि रोमिङ धरौटी घटायो

काठमाडौं । नेपाल टेलिकमले प्रिपेड ग्राहकका लागि पनि अन्तर्राष्ट्रिय रोमिङ कल सेवा सुरु गर्ने भएको छ। अहिले पोस्टपेड ग्राहकका लागि मात्रै दिइएको यस्तो सुविधा अब प्रिपेडमा पनि सुरु गरिने टेलिकमले जनाएको छ। टेलिकमले पहिलो चरणमा प्रिपेड ग्राहकका लागि भारत र चीनमा यो सेवा उपल्बध गराउने तयारी गरेको छ। आफ्नो १५ औँ वार्षिकोत्सवमा कम्पनीले यो जानकारी […]

शिक्षकलाई कम्प्युटर हार्डवेयर तथा सफ्टवेयर तालिम

पाल्पा, २१ माघ । पाल्पाको रम्भा गाउँपालिकाकाले सामुदायिक विद्यालयका शिक्षकका लागि आधारभूत कम्प्युटर तालीम सञ्चालन गरेको छ । आइतबारदेखि शुरु भएको सो तालीममा कम्प्युटर हार्डवेयर तथा सफ्टवेयरसम्बन्धी आधारभूत सीप सिकाइने छ । तालीममा हुँगी, फोक्सिङकोट तथा पिपलडाँडाका २६ शिक्षक तथा प्रधानाध्यापक सहभागी छन् । गाउँपालिकाका सूचना प्रविधि अधिकृत सुरज पाठक र स्रोतव्यक्ति विश्वराज ज्ञवालीले सहजीकरण […]

सातै प्रदेशमा नेपाल टेलिकमले फोरजी सेवा विस्तार गर्ने

काठमाडौँ । नेपाल टेलिकम सातै प्रदेशमा फोरजी सेवा विस्तार गर्ने भएको छ। टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यका अनुसार फोरजी÷एलटिइ सेवा विस्तारका लागि आइतबार सम्झौता भएको हो। यसअघि संसद्को अर्थ समिति, विकास तथा प्रविधि समिति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्राप्त निर्देशन तथा सार्वजनिक खरीद ऐन र कम्पनीको आर्थिक विनियमावलीमा रहेको व्यवस्थाको अधिनमा रहेर देशभर चाडो […]

क्यान मेलामा ड्रोन र रोबोटसहित नयाँ प्रविधिप्रति अत्यधिक आकर्षण

काठमाडौँ, १९ माघ । भृकुटीमण्डपमा जारी सूचना प्रविधिसम्बन्धी ‘क्यान इन्फोटेक’ मेलामा नौला प्रविधि अवलोकनार्थ सर्वसाधारणको आकर्षण बढ्दो छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घले यही माघ १५ गतेदेखि आयोजना गरेको २५औँ क्यान मेला तीन दिनमै डेढ लाखभन्दा बढीले अवलोकन गरेका छन् । दैनिक जीवनमा प्रविधिको प्रयोगलाई प्राथमिकता दिएका कारण पनि अवलोकनकर्ता विगतमा भन्दा बढी आकर्षित […]

अमेरिका र चीनबीच सम्बन्ध अझ चिसिदै, हुवावे विरुद्ध अमेरिकाद्वारा ठगी मुद्दा दायर

अमेरिकाको न्याय विभागले चिनियाँ टेलिकम जाइन्ट हुवाई तथा हुवाईकी प्रमुख फाइनान्स अफिसर मेङ्ग वान्खाविरुद्ध ठगीको मुद्दा दायर गरेको छ । अमेरिकाको टि मोबाइलको प्रविधि चोरी गरेको, बैंक तथा वायर फ्रड गरेको र न्याय प्रक्रियामा अवरोध गरेकोसहितका आरोप लगाइएको हो । मेङ्गलाई गएको डिसेम्बरमा अमेरिकाको आग्रहमा क्यानडाको प्रहरीले भ्यानकुभरमा पक्राउ गरेको थियो । अमेरिकाले इरानमाथि लगाएको […]

अन्तर्राष्ट्रिय कल बाइपास गर्ने भारतीयलाई समात्यो प्रहरीले

नेपालगञ्‍ज, १६ माघ । अन्तर्राष्ट्रिय कल बाइपास गर्ने धन्दामा लागेका एकजना भारतीय नागरिकलाई बाँके प्रहरीले पक्राउ गरेको छ। भारत मध्यप्रदेश जबलपुर जिल्लाका ३१ वर्षीय ओरुप चटर्जीलाई नाकामा रहेको इलाका प्रहरी कार्यालयले विभिन्न उपकरणसहित पक्राउ गरेको हो। कोहलपुर क्षेत्रमा बसेर विद्युतीय चोरी गरेका उनी भारत फर्किने क्रममा नाकामा पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज […]

नेपालमा बढे इसेवामार्फत कारोवार गर्नेहरु

काठमाडौँ, १२ माघ । इन्टरनेट सेवा (इसेवा) बाट आर्थिक कारोवार गर्नेको सङ्ख्यामा क्रमशः वृद्धि हुँदै आएको छ । नेपालमा पहिलोपटक इसेवा सञ्चालन गर्दै आएको हात्तीसारस्थित इसेवा प्रालि,का अनुसार ७५ लाख व्यक्तिले उक्त सेवा लिइरहेका छन् । कम्पनीका अध्यक्ष विश्वास ढकालले इसेवाको देशभर ४५ हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेको बताए । इसेवाको मोबाइल एप्स् […]

के मोवाइलको ब्याट्री छिटो छिटो सकिएर हैरान हुनुहुन्छ, यस्तो गर्नुहोस

मोबाइलको ब्याट्री धेरै समय नचल्ने समस्याले कतिपय मानिस हैरान छन्। उनीहरूले आफ्नो मोबाइल फोनको ब्याट्री जोगाउन अनावश्यक समयमा इन्टरनेट पनि बन्द गर्छन्। तैपनि ब्याट्री धेरै समयसम्म चल्दैन। मोबाइलको ब्याट्री धेरै समय चल्दैन भनेर हैरान नहुनुस्। मोबाइलको सेटिङबाट ब्याट्रीलाई धेरै समयसम्म चल्ने बनाउन सकिन्छ। यसका लागि यो प्रक्रिया छ। मोबाइल फोनको सेटिङ अप्सनमा जानुस्। त्यसपछि ब्याट्री […]

विद्युत प्राधिकरणको निर्णयप्रति इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको कडा आपत्ती

काठमाडौं, ३ माघ । नेपाल विद्युत प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले प्रयोग गर्दै आएको पोलहरुको भाडा दर अस्वभाविक रुपमा बढाएपछि कम्पनीहरुले त्यसको विरोध जनाएका छन् । इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको राष्ट्रिय सञ्जाल इन्टरनेट सर्भिस प्रोभाइडर एशोसियसन नेपाल (इस्पान)ले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी विद्युत प्राधिकरणको यो निर्णयले सरकारले लिएको डिजिटल नेपाल निर्माण गर्ने अभियानमा ठूलो […]