बहिष्कार गर्नुपर्छ रातहरू

चकमन्न रात, सुनसान मौनता अनि जुनकिरीको सहारामा उज्यालो खोज्दै हिडेका छन केही मान्छेका पाइलाहरू आज वस्तीतिर ।। एउटै सपना छ, हरेक मान्छेसँग युगौंदेखीको सपना अर्थात उज्यालो देख्ने सपना उज्यालो बाँड्ने सपना उज्यालो साँच्ने सपना ताकि भोली कहिल्यै बस्न नपरोस अँध्यारोभित्र सधै सधै झै गुम्सिएर काला रातहरूमा ।। किनकि, यहाँ हरेक रात, बलात्कृत हुन्छन रहरहरू प्रताडित […]

म अब लेख्दिन

  बिन्ती हजुर, मलाई माफ गर्नुहोस भयो ! म अब लेख्दिन ।। मैले त, वस्तिका भोकहरू नाङ्गो पैतलाका डोबहरू उमेर छँदैका वुढ्यौली बैंसहरू जिर्ण रहरहरू र खण्डहर सपनाहरू अलिकति विश्वास, अपेक्षा अनि भरोसा तिमी प्रतिको लेखेको न हुँ त्यही नै विरोध हुन्छ भने हजुरका लागी मलाई माफ गर्नुस महाशय भयो ! अब म लेख्दिन ।। […]

गाँउमा डोजर आयो र सम्बृद्धि आयो

गाँउमा डोजर आयो र सम्बृद्धि आयो पोहोर बारी बगायो अहिले घर बगायो ।। दुई भाई छोरा मलेशिया पठाएदेखि त आज गरीबले नि झुपडिमा टिन छायो ।। भाषण सुनेर तालिमात्रै के पिटेकोथ्यो सब तपाईकै लागि हो आश्वासन पायो ।। बल्ल-बल्ल गाउँ छिरेको सिँहदरबारले भटमास र गुन्द्रुकमा पनि कर लायो ।। एकछाक मासु खान रहर गर्यो छोराले […]

अविश्रान्त अपराजेय यात्री

गजल आफू आफ्नै मालिक हुँदैन जो ऊ साँचो दास हुन्छ तीन त्रिलोक चौधै भुवन जिते पनि उदास हुन्छ सिकारी भएको छ मान्छे अचेल सिकार पनि आफै विश्वास नभएको प्रेमको डुङ्गा डुब्ने सधैं त्रास हुन्छ खुशी खोज्दै पुतलीझैं जिन्दगी कैैले यता कैले उता मनमा मङ्गल भए ढुङ्गामा नि देउताको बाँस हुन्छ धर्मको पसलमा आस्थाको व्यापार मौलाएर […]

‘दुई ढुङ्गाको तरुल जस्तो जिन्दगानी’

 निर्दोष नेपाल- दुइ ढुंगाको तरुल जस्तो भएको छ जिन्दगानी !! बाच्न गरेको कबुल जस्तो भएको छ जिन्दगानी !! भमरा आउछ चुस्छ जान्छ प्रतिकार गर्न सक्दैन उ !! हो मेरो यिनै फुल जस्तो भएको छ जिन्दगानी !! हिजो एक दुख थियो आज दस थपियका छन् !! उमेरको महशुल जस्तो भएको छ जिन्दगानी !! गय पनि नगय […]

भूतको ताण्डव

बालुवाटारको बाँसघारीबाट फुत्त निस्केको मुलुकमारा रॉके भूत चकमन्न मध्यरातमा देशै भर आगो सल्काउन भस्मासुर शैलीमा राँको लिएर छिर्छ शीतले दरबार र,लगाउँछ मुलुक भरी डडेलो चण्ड-मुण्ड र मतियारहरूसंग उसको अपवित्र साँठगाठ छ बलिदान पछि ल्याइएको अबोध संबिधानमाथि बलात्कार गरेर छाति फुलाउँदै पाखण्डअी प्रलाप गाउँदै नग्न नृत्याङ्गनाको नाङ्गो नाच नाचेर हल्लाउँदै छ स्वाभिमानी नेपालको झण्डा बित्पाते भएर […]

मलाई नेता बन्ने हुटहुटि चल्यो

मलाई नेता बन्ने हुटहुटि चल्यो मेरो घरमा अभाव र भाेकमरि थियोे तर आएर भन्दियाे अभाव र भाेकमरिलाई परिपुर्ति गर्ने अान्दोलन मार्फत लडेर मात्रै प्राप्त हुन्छ मेरी आमा विरामि थिईन् हामी भेटाउन चाहान्थेउ आमालाई निकाे पार्ने अस्पताल तर उ आएर भन्दियाे तपाईंकाे आमाकाे उपचार राज्यको लापरबाहीले नभएको हाे त्यसैले यसका विरुद्धमा बाेल्नुपर्छ म हिड्दै थिए न्याय […]

भीममल्लहरू मारिएको यो देशमा

सतिले सरापेका यो देशमा भीममल्लहरू मारिएको यो देशमा भीमसेन थापाहरू सेरिएको यो देशमा दण्डित हुनु पर्न मान्छे सम्मानित हुन्छन् सम्मानित हुनु पर्ने मान्छे दण्डित हुन्छन् जेल जानु पर्ने मान्छे जेलर हुन्छन् जेलर हुनु पर्ने मान्छे जेल जान्छन् देशभक्तहरू फुकी फुकी हिंड्नु पर्दछ यहाँ लुकी लुकी बस्नु पर्दछ यहाँ देशघातीहरू त खुल्लमखुल्ला ढुकी ढुकी बसेका हुन्छन् […]

अचेल मलाई फूलहरुसँग रिस उठ्छ

मलाई अचेल, फूलहरुसँग रिस उठ्छ अर्थात बगैचाका फूलहरुसंग किनकि, मान्छे देख्नै हुँदैन मुस्कुराईदिन्छन बेमतलव ।। के काम छ र यी फूलहरूको न त भोक टर्छ न न्यानो दिन्छन फूलहरुले घरदेखी परसम्म, मन्दिरदेखी मसानसम्म पिछा नछाड्ने फूलहरू कोरोना भाईरस जस्तै छन हेर्दै भयानक र डरलाग्दा ।। फूलहरूले त, सुवास दिनु पर्ने हो खुसीमा मुस्कुराउनु पर्ने हो […]

चीट आपूर्ति गर्ने नाथुरामहरू

आठ पी.एचको फ्लोराइडयुक्त दाँतले ङिच्च हाँस्छ हुम्ला चामलको बोरामा चुलिएको विकास वस्तुविनियम गरेर कुन्तरे दाईको दाउराको भारीसँग थाकेको छ ! थाकेको छ ! ! त्यो बुढो धुपीकोरुख हेर्दा हेर्दा खस्न थालेको केशहरू छ्या ! दुर्गन्धयुक्त खैरेना दाँत यी सिमकोटीहरूका– गोड्दा गोड्दै रक्सीको भेलले डुबेर रक्सीमय भएको छ–जग्गा ! चुकिलो चुकिलो शिक्षाको अनुहार घ्याम्पेभुँडीले खाएर गुरुको […]