रेडियो मिर्मिरेकाे आज १५ औं वार्षिकोत्सव मनाइदै

काठमाडौं – पहिलो संविधानसभा निर्वाचन घोषणासँगै स्थापना भएको रेडियो मिर्मिरे ९८.४ ले आज आफ्नो १५ औं वार्षिकोत्सब मनाउँदैछ । उत्पिडितहरुको सशक्त आवाजक रुपमा उभिएकोे यस रेडियोले गएका डेढ दशकमा नेपाली समाजको आर्थिक राजनीतिक सामाजिक र साँस्कृतिक रुपान्तरणका सबै खाले अभियानमा भूमिका निर्वाह गर्दै आएको छ । सुशासन, सुधार, पारदर्शिता, विकास र सामाजिक सुरक्षा जस्ता महत्वपूर्ण […]

ज्योति विकास बैंकको इलाम र कञ्चनबारीमा शाखा विस्तार

इलाम । ज्योति विकास बैंकले इलाम र कञ्चनबारीमा शाखाहरू विस्तार गरेको छ । बैंकिङ्ग पहुँच थप विस्तार गर्दै जनता माझ पुर्‍याउने उद्देश्यका साथ नयाँ शाखाहरू सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । इलाम नगरपालिका–७ इलामबजारस्थित इलाम शाखा र मोरङको विराटनगर महानगरपालिका–३ स्थित कञ्चनबारीमा शाखाको उद्घाटन बैंकका अध्यक्ष हरिचन्द्र खड्काले गरे । समारोहमा बैंकका संचालक समितिका सदस्यहरू, […]

सर्लाहीमा गोली प्रहार गरी एक जनाको हत्या

सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा गोली लागेर एक पुरुषको हत्या गरिएको छ । बुधबार साँझ मलंगवा नगरपालिका ९, कृष्णामती विद्यालय पछाडि गोली चलेको हो । लगतै घटनास्थल पुगेको प्रहरी टोलीले एक पुरुषको घाइते अवस्थामा उद्धार गरेको थियो । गोली लागेर गम्भीर घाइते भएका भारतको सोनबर्सास्थित विष्णुपुर नगरनिगमका ३५ वर्षीय इन्दल महतोको मलंगवास्थित अस्पतालमा मृत्यु भएको […]

निर्वाचन आयोगले हटायो ७१ निर्वाचन अधिकृत

काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नियुक्त ७१ निर्वाचन अधिकृतलाई १० दिन नबित्दै हटाएको छ, सट्टामा नयाँ कर्मचारीलाई ल्याएको छ। आयोगले बुधबार जारी गरेको सूचनाअनुसार यही चैत १३ गते गोरखापत्रमा प्रकाशित निर्वाचन अधिकृतको अनुसूची–१ बमोजिमका ७१ निर्वाचन अधिकृतलाई ‘विभिन्न कारण’ बुधबार (चैत २३ गते) देखि नै हटाइएको हो। […]

दिक्तेलमा प्रशोधन गरिएको पानी वितरण सुरु

खोटाङ । खोटाङको दिक्तेल सहरी खानेपानी तथा सरसफाइ आयोजनाले प्रशोधित पानी वितरण सुरु गरेको छ । नेपाल सरकार, खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजनाको ७० प्रतिशत र उपभोक्ता समितिको ३० प्रतिशत गरी २२ करोड ५५ लाख ५८ हजार ८७९ (भ्याट सहित) रुपैयाँको लागतमा पुरा भएको आयोजनाले उपभोक्तालाई शुद्ध […]

इन्धनको मूल्य फेरी बढ्यो

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रति लिटर ५ रुपैयाँले बढाएको हो । योसँगै अब पेट्रोलको मूल्य प्रति लिटर १६० रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेलको मूल्य प्रति लिटर १४३ रुपैयाँ पुगेको छ । यस्तै, खाना पकाउने ग्यासको मूल्य समेत प्रति सिलिण्डर २५ […]

काठमाण्डौ महानगरले माग्यो ३२ विषयमा विज्ञ

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाको वातावरण तथा कृषि विभागले वातावरणीय अध्ययनका लागि विज्ञहरू माग गरेको छ । आज सार्वजनिक सूचना निकालेर महानगरपालिकाले विभिन्न ३२ विषयमा विज्ञ माग गरेको हो । महानगरको वातावरणीय अध्ययन तथा प्रारम्भिक परीक्षण कार्यविधि २०७८ को दफा १४ मा भएको कानुनी व्यवस्था अनुसार वातावरणीय अध्ययन प्रयोजनका लागि गठन हुने प्राविधिक समितिमा रहने विज्ञको […]

सिलवालको रिट खारेज, राखेप सदस्य सचिवमा घिसिङको लागि बाटो खोल्यो

चैत २२,काठमाडौँ –  राष्ट्रिय खेलकुद परिषद सदस्यसचिवबाट आफुलाई गैरकानुनी रूपमा हटाइएको भन्दै रमेश सिलवालले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको इजलासले आज सिलवालले दायर गरेको रिट खारेज गरेको हो । रिट खारेज भएसँगै सिलवाल राखेप फर्किने बाटो तत्काललाई बन्द भएको छ भने , टंकलाल घिसिङलाई राखेपको […]

चुनावी गतिविधि कार्यक्रमका लागि तोक्यो समय , जत्तिबेला पनि गर्न नपाइने

चैत २२,काठमाडौँ –  निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा चुनावी गतिविधिमा हुने  कार्यक्रमका लागि समय तोकेको छ । आयोगले स्थानीय तह निर्वाचनको सन्दर्भमा आज मंगलबार निर्देशन जारी गर्दै जुलस, प्रचारप्रसार लगाएतका कार्यक्रमका लागि समय तोकेको हो । आयोगले जारी गरेको निर्देशनको १७ औँ नम्बरमा चुनावी कार्यक्रमहरु  ‘जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा प्रचार प्रसारको कार्यक्रम गर्दा […]

जलाशययुक्त आयोजना निर्माणमा अग्रसर हुन निजि क्षेत्रलाइ आग्रह

चैत २२.काठमाडौँ  – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले  निजी जलविद्युत् आयोजना प्रवद्र्धकलाई अर्धजलाशय तथा जलाशययुक्त आयोजना निर्माणमा अग्रसर हुन आग्रह गर्नु भएको  छ । हिमालयन हाइड्रो एक्स्पोको एक सत्रमा विशेष सम्बोधन गर्नुहुँदै  सोमबार सम्पन्न कार्येक्रममा  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलविद्युत् उत्पादनको सन्तुलनका लागि सरकारले कोटा निर्धारण गरेको र सोअनुरूप हाललाई जल प्रवाहमा […]