स्थानीय तहको आन्तरिक आम्दानी ४२ करोड

दमौली, ४ असोज । जिल्लास्थित दश स्थानीय तहले आन्तरिक स्रोतबाट ४२ करोडभन्दा बढी आम्दानी गरेका छन् । चार नगरपालिका र ६ गाउँपालिकाले आर्थिक वर्ष ०७५÷७६ मा कूल ४२ करोड ५५ लाख ८३ हजार २६९ आन्तरिक स्रोतबाट आम्दानी गरेका हुन् । स्थानीय तहहरुले सम्पत्ति, भूमि, घर बहाल कर, ढुङ्गा गिट्टीको बिक्री÷ठेक्का, नक्सापास दस्तुर, सिफारिसलगायतबाट आन्तरिक आम्दानी […]

चाडपर्व लक्षित अपराध नियन्त्रणका लागि कार्ययोजना

मुसिकोट, ४ असोज । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले चाडपर्व लक्षित अपराध नियन्त्रण कार्ययोजना शुक्रबार सार्वजनिक गरेको छ । आउँदै गरेको दशैँ, तिहार र छठपर्वमा हुन सक्ने आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न बीस बुँदे कार्ययोजा सार्वजनिक गरेको हो । नागरिकको जीउधनको सुरक्षा तथा शान्तिपूर्ण वातावरण कायम राख्न विशेष सुरक्षासहितको योजना बनाइएको प्रहरी नायब उपरीक्षक सुमित खड्काले […]

युद्धमा फक्रेका तर शान्तिमा बिर्सिएका कलाकारको कथा

क सले भन्छ क्रान्ति यहाँ सफल हुँदैन ? क्रान्तिकारी आशावाद केन्द्रीय भाव रहेको यो गीत नसुन्ने क्रान्तिकारीहरु सायदै होलान् । जनयुद्धकालमा लाखौं जनमनले क्रान्तिकारी आवेग र उत्साहका साथ गुनगुनाएको यो गीत त्यो बेला खुब लोकप्रिय थियो । प्रदेश नं. ५ का सभामुख एवं गीतकार पूर्ण घर्ती ‘आयाम’ को रचना रहेको यो गीत गायक एवं संगीतकार मोहित […]

श्रीमानलाइ हत्या गरेर सेफ्टी ट्याङ्कीमा हालेकाे भन्दै श्रीमती पक्राउ

परासी, ४ असोज । श्रीमानकाे हत्या गरेको अभियोगमा श्रीमतीसहित दुई जनालाई पश्चिम नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ । बिगत १५ दिनदेखि बेपत्ता रामग्राम नगरपालिका–३ घोडपाली निवासी ४१ वर्षीय तारा भनिने रवीन्द्रप्रसाद पाण्डेयको खोजतलासको क्रममा शुक्रबार घरछेउकै हरिसुशील आधारभूत विद्यालयको सेफ्टीट्याङ्कीमा सडेको अवस्थामा शव फेला परेपछि प्रहरीले हत्यामा सङ्लग्न रहेको अभियोगमा उनकै श्रीमती र अर्काे एक […]

सर्लाही प्रहरीलाई पूर्व सांसद साहले दिए ६० वटा साइकल

सर्लाही क्षेत्र नम्बर ३ का पूर्व सांसद नरेन्द्र साहले सर्लाही प्रहरीका लागि साइकल प्रदान गरेका छन् । साहले २० वटा प्रहरी युनिटलाई ६० थान साईकल प्रदान गरेका हुन् । शुक्रबार एक कार्यक्रमका बीच पूर्व सांसद साहले ती साइकलहरु हस्तान्तरण गरे । बरहथवा नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष राम कैलाश मुखियाको अध्यक्षता एवम जिल्ला […]

मुख्यमन्त्री राउत र महन्थ ठाकुरले मधेश अलग देश हुनसक्ने भन्दै दिए यस्तो चेतावनी

जनकपुरधाम, ३ असोज । नयाँ संविधान जारी भएको दिनलाई ठूलो तामझामका साथ मनाइरहँदा यसको विरोधमा पनि चर्का आवाज उठेका छन् । राजधानीमै कालो जुलुस निकालिएको छ भने नयाँ संविधानको विरोधमा आवाज उठाउँदै आएको दुई नम्बर प्रदेशमा देश नै अलग हुनसक्ने नारा लागेको छ । संविधान दिवसकै दिन दुई नम्बर प्रदेशका मुख्यमन्त्री र दुई नम्बर प्रदेशमा […]

घरवास सञ्चालन गरेर आम्दानी गर्दै मुक्त कमैया महिला

कञ्चनपुर, ३ असोज । आर्थिकरूपमा विपन्न कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका मुक्त कमैया महिलाले विजयसाल सामुदायिक घरवास ९होमस्टे० सञ्चाल गरी आम्दानी लिन थालेका छन् । आन्तरिक पर्यटक घरवासमा आउन थालेपछि मुक्त कमैया महिलाले मासिक रुपमा रु ३० हजारभन्दा बढी आम्दानी गर्न थालेका हुन् । बास बस्न आउने पर्यटकलाई रोजेअनुसारको थारू परिकार पस्किने गरिएको छ । पतौला, […]

कालो टिसर्ट र कालै ब्यानरमा असोज तीन, कालो दिन भन्दै निस्कियो जुलुस

काठमाडौं, ३ असोज । नयाँ संविधान जारी भएको आजको दिन अर्थात असोज ३ लाई सरकारले भव्य रुपमा मनाइरहँदा काठमाडौंमा यो दिनलाई कालो दिन भन्दै कालो टिसर्टधारीहरुले जुलुस निकालेका छन् । बाक्लो सुरक्षा व्यवस्था गरिएको देशको राजधानीको मध्य मुटु वसन्तपुरदेखि इन्द्रचोक, असन क्षेत्रमा ठूलो जुलुस निकालेर ‘असोज तीन, कालो दिन’ भन्ने नारा लगाइएको हो । यसले […]

चीन र कोरियाद्वारा संविधान दिवसको शुभकामना

काठमाडौँ, ३ असोज । संविधान दिवसका अवसरमा चीन र गणतन्त्र कोरियाका राष्ट्रपतिले नेपाल सरकार र नेपाली जनतामा हार्दिक शुभकामना व्यक्त गरेका छन । चीनका राष्ट्रपति सी चिनफिङ र गणतन्त्र कोरियाका राष्ट्रपति मुन जेइनले आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई बेग्लाबेग्लै बधाई तथा शुभकामना सन्देश पठाउँदै अति निकटको पारस्परिक सम्बन्धलाई अझ प्रगाढ बनाउन आफूहरु क्रियाशील रहेको बताएका छन […]

संविधान दिवस नेपाली जनताको राष्ट्रिय उत्सव हो : प्रधानमन्त्री

काठमाडौँ, ३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका आप्mनै प्रतिनिधिहरुद्वारा लेखिएको मूल कानून–संविधान जारी गरी भएको ऐतिहासिक दिनको सन्दर्भमा सबैप्रति शुभकामना व्यक्त गरेका छन । पाँचौँ संविधान तथा राष्ट्रिय दिवसका अवसरमा नेपाली सैनिक मञ्च, टुँडिखेलमा आज आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस वर्षदेखि संविधान दिवसलाई सरकारी वा राजकीय दिवस जस्तो होइन, आम […]