घँसियारन समुदायको पुख्र्यौली पेशा सङ्कटमा

नेपालगञ्ज, ४ असोज । एक/दुई कोठाको कुचुक्क परेको ‘खपडा’ ले खाएको सानो घरमा अटसमटस गरी जीवन निर्वाह गर्नु यहाँका घँसियारन समुदायको नियति नै बनेको छ । पुख्र्यौंलीदेखि नेपालगञ्ज उपमहानगरपालिका–८ र १३ मा बसोवास गर्दै आएका घँसियारन समुदायको जीवन निर्वाहको मुख्य स्रोत ‘घाँस’ हो । घरका महिलाहरु दिनभरि घाँसको खोजीमा भौँतारिन्छ । अरूका घरआँगन र सार्वजनिक […]

बल्ल पुग्यो जाजरकोट अस्पतालमा औषधि

जाजरकोट, ३ असोज । औषधि अभाव भएको तीन हप्तापछि जाजरकोटमा औषधि पुगेको छ । औषधि अभाव हुँदा उपचारमा परेको समस्यका बारेमा पटकपटक समाचार प्रकाशित भएपछि प्रदेशसभा सदस्य गणेशप्रसाद सिंह र कृष्ण शाह आज गाडीमा औषधि लिएर जिल्ला अस्पताल पुगेका हुन् । दैनिक ठूलो सङ्ख्यामा उपचारका लागि बिरामी भए पनि औषधि नपाउँदा रित्तो हात फर्कने गरेको […]

महानगरका ३३ वडामा डेङ्गु नियन्त्रण कार्ययोजना

कास्की, ४ असोज । गण्डकी प्रदेश सरकारले डेङ्गुको सङ्क्रमण बढ्दै गएपछि पोखरा महानगरका ३३ वटै वडामा मन्त्री तथा प्रदेशसभा सदस्यहरुलाई सहजकर्ताको जिम्मेवारी तोकेर नियन्त्रण कार्ययोजना निर्माण गरिएको छ । सामाजिक विकास मन्त्रालयले ‘घर परिवार र सम्पूर्ण समुदायको सहभागिता, डेङ्गुमुक्त गण्डकी प्रदेश हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित वडास्तरमा कार्ययोजना निर्माण गरेर नियन्त्रणको अभियान शुरु गरेको हो । […]

नयाँ बसपार्क क्षेत्रमा वृक्षरोपण

काठमाडौँ, ४ असोज । नयाँ बसपार्कस्थित मित्रनगरमा वृक्षरोपण गरिएको छ । मित्रनगर विकास तथा सुधार समितिको आयोजनामा आज बिहान चक्रपथ क्षेत्रदेखि म्हैपी मितेरी पुलसम्म वृक्षरोपण गरिएको हो । वृहत् वृक्षरोपण कार्यक्रमको उद्घाटन गर्दै काठमाडौँ क्षेत्र नं ६ का सांसद भीमसेनदास प्रधानले यो वर्षलाई सरकारले वृक्षरोपण वर्ष घोषणा गरे पनि वृक्षरोपण कार्य प्रभावकारी हुन नसकेको बताए […]

सेनाका पाइला अब आर्थिक अनुशासन र लोकतान्त्रिकरणतर्फ…

काठमाडौँ, ४ असोज । मुलुकको प्रमुख सुरक्षा अङ्गका रुपमा रहेको नेपाली सेनाले पाइला आर्थिक अनुशासन, लोकतान्त्रिकरण, पारदर्शीता र व्यावसायिकतालाई विशेष प्राथमिकता दिएको छ । जनताको विश्वास र भरोसाको सङ्गठनभित्र मौलाउँदै गरेको विकृति र विसङ्गतिलाई अन्त्य गर्ने सोचका साथ वर्तमान सैनिक नेतृत्व साङ्गठनिक सुधारमार्फत राष्ट्रिय सुरक्षाको जग बलियो बनाउने आधार निर्माणमा लागेको छ । सेनाले गुनासो […]

राजधानीमै पाइँदैन सूचना

काठमाडौँ, ४ असोज । गाउँ ठाउँमै सिंहदरबार पुगेपछि सहजै सेवा सुविधा पाउने आशामा बसेका नागरिकले सामान्य कामका लागि पनि हैरानी व्यहोर्न बाध्य हुनुपरेको गुनासो गरेका छन् । राजधानीको उत्तरपूर्वी भेगमा रहेको गोकर्णेश्वर नगरपालिकामा चार महीनादेखि सूचनाको हकसम्बन्धी ऐन, २०६४ अनुसार सूचना माग गर्दासमेत पाउन नसकिएको पीडित लालकृष्ण मिश्रले बताए । गत जेठ २१ गते वडा […]

सफलताको कथा : जसले विदेश त्यागेर कृषि रोजे

बागलुङ, ४ असोज । “विदेशको चक्करमा चार वर्ष भौँतारिएँ, कहिले काठमाडौँ त कहिले दिल्ली धाउँदा पैसा उड्यो, पढाइ पनि बिग्रियो”, ३४ वर्षीय विष्णु थापाले आफ्नो नमिठो विगत कोट्याए । गलकोट नगरपालिका–७ मल्म, टोकरीका थापालाई शुरुमा विसं २०६५ तिर कोरियाको मोहले तान्यो । स्नातकको पढाइ बीचमै छाडेर भाषा पढ्न थाले । कोरियाको सपना टुट्यो । मन […]

चैतमा काम सक्ने गरी योजना

चितवन, ४ असोज । आर्थिक मसान्तको समयमा वर्षात् हुने र निर्माणका काम कमजोर हुने भएपछि यहाँको कालिका नगरपालिकाले चैत मसान्तमा काम सक्ने गरी योजना अघि बढाएको छ । आर्थिक मसान्त चैतलाई मानेर निर्माणका कामलाई गति दिन लागिएको हो । नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठका अनुसार समय छँदैछ भन्दै कामलाई असार मसान्तसम्म पु¥याउने परिपाटी अन्त्य गर्दै चालू […]

लोकपर्व जितियाको व्रत आजदेखि शुरू

जनकपुरधाम, ४ असोज । मैथिल समुदायका महिलाको महान् लोकपर्व जितियाको व्रत आजदेखि शुरू भएको छ । यस व्रतमा थुक पनि निल्न नहुने र ३६ घण्टा निराहार उपवास व्रतमा बसी व्रतलाई खण्डित पनि गर्न नपाउने नियम रहेकाले यो पर्वलाई कठोर पर्वका रूपमा पनि लिइन्छ । पण्डित गणेश झाका अनुसार आज शनिबार सूर्योदय भएदेखि शुरू भएको यो […]

गर्मी छल्दै, सूर्योदय हेर्दै

इलाम (अन्तुडाँडा), ४ असोज । झण्डै ५० किलोमिटरको दूरीमा तराई क्षेत्रमा प्रचण्ड गर्मी हुँदा अन्तुडाँडामा भने शितलो वातावरण छ । तराईका विभिन्न भागबाट गर्मी छल्नका साथै सूर्योदयको मनोरम दृश्य अवलोकन गर्न आउने पर्यटकका कारण पछिल्ला वर्षमा अन्तुडाँडाको पहिचान नै बदलिएको छ । इलामको सूर्योदय नगरपालिका–५ स्थित यो ठाउँमा पर्यटकको बढ्दो चापसँगै यतिखेर ४५ घरवास (होमस्टे) […]