विकासका विषयलाई जोडदार रुपमा राष्ट्रसङ्घमा उठाइँदै

काठमाडौँ, ४ असोज । गत मङ्गलबारदेखि शुरु भएको संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभाअन्तर्गत आगामी सोमबारदेखि शुक्रबारसम्म न्युयोर्कमा हुने उच्चस्तरीय बैठकहरुमा नेपालले विकासका विषयलाई जोडदार रुपमा उठाउने भएको छ । विश्वका १८८ देशका राष्ट्राध्यक्ष वा सरकार प्रमुख वा उपराष्ट्रपति वा उपप्रधानमन्त्री अथवा विदेशमन्त्री र प्रतिनिधिको सहभागितामा हुने जलवायु परिवर्तन, दिगो विकास, विश्वव्यापी स्वास्थ्य सरोकार, दिगो विकासका लागि […]

सफलताको कथा : अपाङ्गताले छेकेन स्वरोजगार बन्न

गलकोट, ४ असोज । दृढ इच्छाशक्ति हुने हो भने शारीरिक रुपमा अशक्त भएका व्यक्तिले समेत सपाङ्ग व्यक्ति सरह आफूलाई अब्बल बनाउन सक्छन् भन्ने उदारण बनेका छन् शारीरिक अपाङ्गता भएका तमानखोला गाउँपालिका–१ बुङगादोभनका धनिराम सुनार । सोह्र वर्षको कलिलो उमेरमा दाहिने खुट्टाले काम गर्न छाडेपछि अपाङ्गता भएका सुनारलाई २४ वर्ष पहिला ल्याएको सिलाइकटाइ तालीमले स्वरोजगार बनाएको […]

बसको ठक्करबाट युवकको मृत्यु

दमौली, ४ असोज । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा आज बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा शहीद लखन गाउँपालिका–२ घर भई आँबुखैरेनी गाउँपालिका–३ बस्ने २८ वर्षीय यमबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पोखराबाट मुग्लिङतर्फ जाँदै गरेको लु१ख ८००२ नं को बसले विपरीत दिशाबाट आउँदै गरेको बा९९प १४७३ नंको मोटरसाइकललाई […]

सूर्योदयमा महोत्सव गरिने

इलाम, ४ असोज । मुलुककै प्रमुख पर्यटकीयस्थलमा पर्ने यहाँस्थित कन्याम, अन्तुलगायतका क्षेत्रको पर्यटकीय प्रचारका लागि आउँदो मङ्सिरमा महोत्सव लगाइने भएको छ । केही समय मात्र प्रदेश नं १ को पर्यटकीय नगरी नामकरण भएको सूर्योदय नगरपालिकाको आयोजनामा महोत्सव गरिन लागिएको हो । भ्रमण वर्ष–२०२० लाई लक्षित गर्दै लाग्ने महोत्सवमा स्थानीय पर्यटकीय क्षेत्रको प्रचार र प्रवद्र्धनका लागि […]

स्वतन्त्र सेनानी गुप्ताको निधन

विराटनगर, ४ असोज । वामपन्थी आन्दोलनका योद्धा एवं विसं २००७ को क्रान्तिका स्वतन्त्र सेनानी रघुनाथ गुप्ताको ९४ वर्षको उमेरमा निधन भएको छ । विराटनगर–१५ निवासी स्व गुप्ता मिर्गौला रोग र मधुमेह रोगबाट पीडित थिए भने उनको शुक्रबार साँझ निधन भएको थियो । स्व मनमोहन अधिकारीको नेतृत्वमा वामपन्थी आन्दोलनमा सक्रिय रुपमा लागेका उनले ऐतिहासिक जुटमिल हडतालमा […]

संविधान जलाएको आरोपमा थारू कल्याणकारी सभाका अध्यक्षसहित तीन पक्राउ

राँझा, ४ असोज । संविधान जलाएको आरोपमा थारू कल्याणकारी सभा बाँकेका अध्यक्षसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । संविधानको विरोध गर्दै प्रदर्शनमा उत्रिएका थारू कल्याणकारिणी सभाका पदाधिकारीले कोहलपुरमा संविधान जलाउन खोजेकाले अध्यक्ष विनोद थारूसहित तीन जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए । संविधानका केही धारा–उपधारा […]

हुम्लामा सञ्चार सेवा अवरुद्ध

हुम्ला, ४ असोज । गत भदौ २० गतेदेखि विद्युत् अवरुद्ध हुँदा तीन दिनदेखि सिमकोटमा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ । विद्युत् अवरुद्धपछि नेपाल टेलिकम शाखाले जेनेरेटर सञ्चालन गरेर सदरमुकाम आसपासलाई सञ्चारमा जोडे पनि तीन दिनदेखि जेनेरेटर बिग्रँदा यहाँका स्थानीय सञ्चारविच्छेद हुन पुगेका छन् । भदौ २० गतेदेखि पेन स्टक पाई र नहर मर्मतका […]

सभामुख महरा कजाकस्तान प्रस्थान

काठमाडौँ, ४ असोज । सभामुख कृष्णबहादुर महरा युरोसियन मुलुकका सभामुखको बैठकमा भाग लिन आज कजाकस्तान प्रस्थान गरेका छन् । छ सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । यहीँ सेप्टेम्बर २२ देखि २५ सम्म कजाकस्तानको अस्तानामा हुने युरेसियन देशका संसदका सभामुखहरुको चौथो बैठकमा सभामुख महरा नेतृत्वको प्रतिनिधिमण्डल सहभागी हुनेछ । प्रतिनिधिमण्डलमा […]

मनसुन लम्बिने, अझै वर्षाको सम्भावना

काठमाडौँ, ४ असोज । नेपालबाट मनसुन अन्त्य हुने समय नजिकिँदै गर्दा मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले मनसुनको समय लम्बिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा र उत्तर प्रदेशको दक्षिणी भागमा एउटा न्यून चापीय प्रणाली विकसित भएकाले अझै वर्षाको […]

भ्रमण वर्षसँगै ‘अम्ब्रेला स्ट्रिट’ सञ्चालनमा आउने

चितवन, ४ असोज । भरतपुर महानगरपालिका–२२ पटिहानीमा निर्माण भइरहेको ‘अम्ब्रेला स्ट्रिट विथ सनसेट भ्यू भ्रमण वर्ष २०२०’ सँगै सञ्चालनमा आउने भएको छ । एक वर्षअघिबाट थालिएको काम अन्तिम चरणमा पुगेको छ । चितवन राष्ट्रिय निकुञ्ज भएर बगेको राप्ती नदीको किनारमा रहेको रमणीय स्थलमा वन, वन्यजन्तु र सूर्यास्तको अवलोकनसँगै थारु समुदायको संस्कृतिसँग रमाउनका लागि स्ट्रिट निर्माण […]