संजीप शुभचिन्तक, भक्तपुर । भक्तपुरको भक्तपुर-१ सल्लाघारीस्थित १०८ रोपनी खुला मैदान हजारौं मानिसले भरिभराउ भएको छ । देशविदेशबाट १५ हजार बढी मानिसहरु आध्यात्मिक साधनाका लागि मैदानमा भेला भएका छन् । सदगुरु सुदीक्षा जी महाराजको सानिध्यतामा शनिवारबाट शुरु हुने दुई दिने ‘२३ औं निरंकारी सन्त समागम’ मा सरिक हुन मानिसहरु भेला भएपछि खुला चौरमा बेग्लौ रौनक […]
समाचार
एमालेलाई नटेर्ने शक्ति सिद्धिने अध्यक्ष ओलीको उद्घोष
कञ्चनपुर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई नटेर्नेहरू सिद्धिने ठोकुवा गरेका छन्। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ६ मा आज आयोजित भवन उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो ठोकुवा गरेका हुन्। उनले कांग्रेसप्रति लक्षित गर्दै एमालेलाई नटेर्ने शक्ति सिद्धिने प्रष्ट पारे। ‘एमाले एउटा यस्तो शक्ति हो, जसलाई पुरै आँखा चिम्लेर नकार्छु, टेर्दिनँ […]
सांस्कृतिक एकताको स्तम्भ जो कहिल्यै बिचलित बनेनन्
भक्ती रिजाल, सर्लाही । समयको चक्रलाई उधिनेर हराएको चिज खोजे जस्तै गरी खोज्न थालियो भने त्यसको अन्तर्य सम्म पुग्न नसकिएला तर समयको सापेक्षतालाई स्विकार्न सकियो भने जीवन बाच्न कठिन नहुने रहेछ । त्यसो त आफू बाच्नु मात्रै पनि जीवन होइन, जो समाजको लागि बाच्छ उसको जीवन समाजकै उदाहरणीय बन्न जान्छ । यस्तै उदाहरणीय जीवन बाचिरहेका […]
खैरोहिरोईनसहित पनौतीका कारोबारी पक्राउ
काभ्रे । खैरोहिरोईन जस्तो देखिने पदार्थ सहित पनौतीबाट एक मानिस पक्राउ परेका छन् । उनी लागू औषध खैरोहिरोईन कारोबारी भएको अभियोगमा पक्राउ परेका हुन् । पक्राउ पर्नेमा नकुलप्रसाद तिमिल्सिना रहेका छन् ।लागूऔषध ब्यूरोमा लागु औषध खैरो हेरोईन सहित पक्राउमा परेका मनोज जोसिले सोधपुछका क्रममा आफ्नो साथबाट बरामद भएको लागु औषध खैरो हेरोईन काभ्रेपलाञ्चोक पनाैति न.पा. […]
प्रधानमन्त्री प्रचण्डलाई बिश्वासको मत प्राप्त
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभामा आज भएको मतविभाजनमा कूल २६८ मध्ये विश्वासको पक्षमा १५७ मत प्राप्त गर्नुभएको छ भने विपक्षमा ११० मत परेको छ । मत दिन्न भन्नेमा एक मत परेको छ । नेकपा(एमाले), नेकपा(माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), जनता समाजवादी पार्टी, नेकपा(एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टीका सांसद एवं […]
गठबन्धनकै पक्षमा भक्तपुर कांग्रेसका सभापति एवं सांसद दुर्लभ थापा
भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य एवं नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले नेकपा(माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)संग आफ्नो सहकार्य जारी रहने जनाएका छन् । केन्द्रमा गठबन्धन टुटेपनि जिल्लामा आफूले गठबन्धन नतोड्ने उनले बताएका हुन् । लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार भई प्रतिनिधि सभा सदस्य निर्वाचित भएको भन्दै उनले आफू एक्लै […]
राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित
भक्तपुर, २९ फागुन । राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन् । उनी प्रधानमन्त्री पुष्पकमल दाहाद प्रचण्डका भाइ हुन् । मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा सत्ता गठबन्धनको तर्फबाट गोपी सार्की अछामीले पेस गरेको नारायण दाहाललाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो । उक्त प्रस्तावलाई मतविभाजनमार्फत् निर्णयार्थ प्रस्तुत गरिएको थियो । मतविभाजनको […]
अनेसासले आठौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन पर्तुगलमा सम्पन्न गर्यो
मार्च ८-१०, २०२४ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को आठौँ अन्तर्राष्ट्रिय साहित्य सम्मेलन अनेसासका अध्यक्ष गोवर्द्धन पूजाको सभापतित्वमा पोर्चुगलको राजधानी लिस्बनमा सम्पन्न भएको छ । तीन दिन सञ्चालन भई आइतबार सम्पन्न सम्मेलनले आठबुँदे लिस्बन घोषणापत्रसमेत जारी गरेको छ । सम्मेलनले विश्वभर नेपाली भाषा र साहित्यको संरक्षण र संवर्द्धन गर्नुपर्नेमा जोड दिएको छ । यस्तै नेपाली […]
राष्ट्रियसभा अध्यक्षका लागि आज मतदान हुदैँ
राष्ट्रियसभाको भावी अध्यक्षका लागि आज मतदान हुदैँछ । संसद सचिवालयले हिजो सार्बजनिक गरेको उम्मेदवारीको अन्तिम नामावली अनुसार नेकपा माओवादी केन्द्रका उम्मेद्वार नारायणप्रसाद दाहाल र नेपाली कांग्रेसका उम्मेद्वार युवराज शर्मा बिचमा प्रतिस्पर्धा हुदैछ । संसद सचिवालयका अनुसार बिहान ११:०० बजे निर्वाचन प्रकिया सुरू हुनेछ । संसद सचिवालयका अनुसार सत्ता पक्षको तर्फबाट राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार दाहाल […]
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन एस सहमत, रास्वपाको ह्विप
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गर्दै सोहीअनुुसार मत दिन आफ्ना सांसदहरुमा ह्विप जारी गरेको हो । प्रधानमन्त्री प्रचण्डले संसदमा आफूलाई विश्वासको मत दिन भन्दै प्रस्ताव राख्ने दिन अनिवार्य उपस्थित हुन र […]











