खैरोहिरोईनसहित पनौतीका कारोबारी पक्राउ

काभ्रे । खैरोहिरोईन जस्तो देखिने पदार्थ सहित पनौतीबाट एक मानिस पक्राउ परेका छन् । उनी लागू औषध  खैरोहिरोईन कारोबारी भएको अभियोगमा पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा नकुलप्रसाद तिमिल्सिना रहेका छन् ।लागूऔषध ब्यूरोमा लागु औषध खैरो हेरोईन सहित पक्राउमा परेका मनोज जोसिले सोधपुछका क्रममा आफ्नो साथबाट बरामद भएको लागु औषध खैरो हेरोईन काभ्रेपलाञ्चोक पनाैति न.पा. वडा न-५ बस्ने नकुल प्रसाद तिमिल्सिना सँग खरिद गरी ल्याएको  बताए पछि पक्राउ गरिएको काभ्रे प्रहरीका सूचना अधिकारी रहेका डिएसपी राजकुमार श्रेष्ठले जानकारी गराए ।

बुधबार दिउँसो करिब ३ बजे बजेको समयमा लागूऔषध ब्यूरोबाट खटिएको प्रहरी टोली, जि.प्र.का. काभ्रेपलाञ्चोक र ई.प्र.का. बनेपाबाट संयुक्तरूपमा खटि गएको प्रहरी टोलीले खानतलासी गर्दा तिमिल्सिनाको घरमा फ्रिज भित्र लुकाई छिपाई राखेको अन्दाजी ३८ ग्राम खैरो हिरोईन जस्तो देखिने पदार्थ फेला पारी पक्राउ गरिएको प्रहरीले प्रष्ट पारेको छ ।

उनलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि ई.प्र.का. बनेपामा राखिएको बताइएको छ ।

Loading...