परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बङ्गलादेश प्रस्थान

काठमाडौं, ५ फागुन । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बङ्गलादेशका विदेशमन्त्री डा. एके अब्दुल मोमेनको निमन्त्रणमा उक्त देशको तीन दिने औपचारिक भ्रमणमा आज बिहान ढाकातर्फ प्रस्थान गरेका छन् । मन्त्री ज्ञवालीका साथ परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी र उक्त मन्त्रालयका सहसचिव यज्ञबहादुर हमाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका […]

काठमाडौंमा बिजुलीका तार भूमिगत बनाउन शुरु, प्रधानमन्त्रीद्वारा शुभारम्भ

काठमाडौं, ५ फागुन । विकासका काम अगाडि बडिरहदा प्रधानमन्त्री ओलीले सञ्चारमाध्यमले विकास निर्माणको काम भइरहेको नदेखेको र बाँसुरी बजाएको मात्र देखेको भन्दै गुनासो पोखेका छन् । विद्युत प्राधिकरणले आज (सोमबार) देखि काठमाडौँ उपत्यकामा विजुलको तार भूमिगत गर्ने कामको सुरुआत गर्दैछ।सोमबार बिहान काठमाडौंमा जमिनमुनी तार बिछ्याउने कामको शुरुवात गर्दै उनले सञ्चारमाध्यमसँग गुनासो गरेका हुन् । उनले […]

मैले चिन्न नसकेका मेरा बा

बा ! अर्थात परिवारको ज्येष्ठ सदस्य, परिवारको अभिभावक हुन बा,पारिवारिक समस्याका समाधान कर्ता हुन बा,आर्थिक संकटका पहिचान कर्ता हुन बा,परिवारमा आफुलाई सर्वश्रेष्ठ व्यक्तिको उपाधी हासिल गर्ने अधिकार केवल बालाई मात्र छ अरुलाई छैन । समस्या पर्यो भने बालाई आसुँको वर्षात आउन कुनै युद्ध,दुख,पीडा नै आवश्यक पर्दैन बस यति भए पुग्छ । पारिवारिक पिडालाई लिएर खाइन […]

पूर्व उपसभामुख शिवमाया तुम्बाहाङ्फे बनिन् कानुनमन्त्री, आजै सपथ

काठमाडौं, ५ फागुन । पूर्व उपसभामुख शिवमाया तुम्बाहाङ्फे कानुन न्याय तथा संसदीय मामिला मन्त्री बन्ने भएकी छिन् । तुम्बाहाङ्फेले सोमबार दिउँसो साढे ३ बजे राष्ट्रपति भवन शीतल निवासमा सपथग्रहण गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री केपी शर्मा ओलीकाका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । यसअघि उपप्रधानमन्त्री समेत रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजीनामा दिएपछि […]

विद्युत् प्राधिकरणले वितरणतर्फको चुहावटलाई एकल अङ्कमा झार्न सफल

काठमाडौँ, ५ फागुन । नेपाल विद्युत् प्राधिकरणले वितरण प्रणालीमा रहेको चुहावटलाई एकल अङ्कमा झार्न सफल भएको छ । गत साउन अन्त्यसम्ममा रहेको ११.२८ प्रतिशतमा रहेको वितरण प्रणालीको चुहावटलाई छ महिनाभित्र ९.७८ मा झार्न सकिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणले अबको छ महिनाभित्र ८.५ प्रतिशतमा समेट्ने लक्ष्य राखेको छ । १५.३२ प्रतिशत रहेको समग्र […]

जिन्दगीको जंगलमा हराइरहेका मधुको मुटु छुने कथा

  ‘चार दिनसम्म पानी मात्र खाएर पनि बाँचिदोरहेछ सर ।’ रानीवनको छेउमा एक बिहान उनले मसँग भने । फेरि थपे, ‘जीवन साँच्चै रबर हो । निक्कै चाम्रो छ ।’ उनी अर्थात खेल क्षेत्रमा बेग्लै पहिचान निर्माण गरिसकेका गुरु तथा प्रशिक्षक मधु लामा । अचेल कहिलेकाही आफ्नै विगततिर फर्कदा गम खान्छन् । उनी आफ्नो अतित् सम्झन्छन् […]

अझै पनि समाजबाटै उपेक्षित हुनु दुःखद् विषय, वडा सदस्यहरू नै छुवाछुतबाट पीडित

गुल्मी, ५ माघ । नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा भएको पनि धेरै वर्ष भईसक्यो वि.सं. २०६३ जेठ २१ गते जनआन्दोलन पछिको पुनस्र्थापित संसदले नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो । तर धुर्कोट गाउँपालिकाका वडा सदस्यहरूले छुवाछुतबाट आफूहरू पीडित भएको बताएका छन् । सदरमुकाम तम्घासमा रेसुङ्गा दलित महिला सञ्जालद्वारा आयोजित दलित महिला प्रतिनिधिका चुनौति विषयक […]

कोरोनाबिरुद्धको संघर्षमा एक्यबद्धता

फागुन ४ ,ललितपुर । मित्रराष्ट्र चीनको उहान लगायतका शहरहरुमा कोरोना भाईरस बिरुद्धको तीव्र संघर्षमा एक्यबद्धता जनाउन पाटन दरबार स्क्वायरमा एक कार्यक्रमको आयोजना गरिएको छ । प्रकोपबाट पीडित बिरामीको शिघ्र स्वास्थ्य लाभको कामना र दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै अरनिको सांस्कृतिक एवं ब्यावसायिक प्रवर्द्धन समाजले उक्त कार्यक्रमको आयोजना गरेको आज पाटन दरवार क्षेत्रमा एक कार्यक्रमको […]

प्रधानमन्त्री द्वारा दमक–चिसापानी–रवि कालोपत्र सडक शिलान्यास

दमक, ०४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले दमक–चिसापानी–रवि कालोपत्र सडकको आज शिलान्यास गरेका छन ।दमकदेखि दक्षिणी इलाम र पाँचथर जोडिएको सो मार्गमा बन्ने कालोपत्र सडकको उनले शिलान्यास गरेका हुन । विसं २०४७ देखि शुरु भएको ४७ किलोमिटर लामो निर्माणाधीन सो सडकको तीन खण्ड कालोपत्रको काम अघि बढेको छ । सडक डिभिजन कार्यालय दमकका प्रमुख […]

गैरकानुनि रुपमा कोरिया पुगेका सय भन्दा बढी नेपाली पक्राउ

४ फाल्गुन । कोरियन अध्यागमन विभागले नक्कली परीक्षार्थी खडा गरी कोरिया भाषा पास गरी कोरिया छिरेका कामदारहरुलाई धमाधम पक्राउ गर्न थालेको छ । हालसम्म एक सयभन्दा बढी नेपालीलाई पक्राउ गरेर नेपाल फर्काउन सुरु गरेको छ । यसरी नक्कली परीक्षार्थी खडा गर्नेलाई पक्राउ गर्न थालेसँगै परीक्षा दिनेलाई समेत कारबाही गर्ने अध्यागमनले जनाएको छ । नक्कली परीक्षार्थी […]