ललितपुर । संयुक्त जिल्ला बजार अनुगमन समिति ललितपुरले चापागाउँ दोबाटोस्थित भाटभटेनीलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ। ललितपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी गिता घिमिरेको नेतृत्वमा खटिएको संयुक्त बजार अनुगमन समितिले सोमबार अनुगमन गर्दा भाटभटेनीमा म्याद उल्लेख नगरिएको तथा मापदण्डअनुसार प्याकेजिङसमेत नगरिएको इम्लीको अचार फेला परेको थियो। ‘म्याद उल्लेख नगरिएको इम्लीको आचार भेटिएपछि एउटा प्याकेज […]
समाचार
सुकुटे पुगे प्रचण्ड, भोली फर्कने
काठमाडौं, २९ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् । साेमवारका लागि तय भएकाे पदाधिकारी बैठक स्थगित गरी अध्यक्ष प्रचण्ड सुकुटे पुगेका हुन् । सो क्रममा सिन्धुपाल्चोक पार्टीका नेता नेता कार्यकर्ता, जनप्रतिनिधि र सुरक्षा अधिकारीसँग बाढीपहिरो प्रभावित क्षेत्रको पुनर्निर्माण लगायतका विषयमा जानकारी लिएका थिए । भोलि हुन गइरहेको सातौ […]
राष्ट्रपति पौडेलले जारी गरे ४ अध्यादेश, एक अझै बाँकी
काठमाडौं, २९ पुस । राष्ट्रपति रामचन्द्र पौडेल गत पुस २६ गते सरकारले सिफारिस गरेका ४ अध्यादेश जारी गरेका छन् । सोमबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम केपी ओली सरकारले सिफारिस गरेका ४ अध्यादेशहरू जारी गरेका हुन् । राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको बिज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले सुशासन प्रवर्धन […]
माओवादी केन्द्र निकट कर्मचारी संगठनको सिटिइभिटि अध्यक्षमा पराजुली
नेकपा(माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद(सिटिइभिटि) केन्द्रीय समितिमा नयाँ नेतृत्व निर्वाचित भएको छ । शनिबार सानोठिमीमा सम्पन्न चौथो केन्द्रीय महाधिवेशनबाट रामकृष्ण पराजुलीको नेतृत्वमा ३३ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नेत्रबहादुर खत्री निर्वाचित हुँदा उपाध्यक्ष (खुला) केशरमान बुढाथोकी, उपाध्यक्ष(महिला) सुनिता गौतम र अन्य दुई उपाध्यक्षमा […]
गणतन्त्र सिंहदरबारमा बस्नेहरुबाटै खतरामा : सांसद श्रेष्ठ
बागमती प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री गंगानारायण श्रेष्ठले संघीय लोकतान्त्रिक गणतन्त्र सिंहदरबारमा बस्नेहरूबाट नै खतरामा रहेको बताएका छन् । सांसद श्रेष्ठले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सिन्धुलीको सातौं साधारण सभा तथा पाँचौ जिल्ला अधिवेशन उद्घाटन गर्दै सिंहदरबारमा बस्नेहरुबाट नै संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा रहेको खुलासा गरेका हुन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको चार पिल्लरको रुपमा […]
भक्तपुर प्याब्सनको अध्यक्षमा राजन कस्पाल
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को भक्तपुर जिल्लामा नयाँ नेतृत्व निर्वाचित भएको छ । प्याब्सन भक्तपुरकाे १६ औँ अधिवेशनले राजन कस्पालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । अध्यक्ष निर्वाचित कस्पाल मोर्डन बोर्डिङ स्कूल, दधिकोटका संचालक/प्रिन्सिपल हुन् । अधिवेशनले वरिष्ठ उपाध्यक्षमा निलेश आचार्य र अर्को उपाध्यक्ष पदमा बिजय कर्माचार्यलाई निर्वाचित गरेको छ । उनीहरू […]
काठमाडौं इन्जिनियरिङ कलेज कालिमाटीमा तीन दिने प्रदर्शनी, आज अन्तिम दिन
काठमाडौं इन्जिनियरिङ कलेज, कालिमाटीले तीन दिने बृहत प्रदर्शनी आयोजना गरेको छ । प्रदर्शनीको आज अन्तिम दिन हो । बिहीबारबाट शुरु सो प्रदर्शनी शनिवार साँझ सकिँदैछ । ‘दृष्टि ३.०’ नाम दिइएको प्रदर्शनीमा कलेजले इन्जिनियरिङ क्षेत्रमा आफ्नो आविस्कार, प्रयोग, ज्ञान र सीपलाई प्रदर्शन गरिरहेको छ । कलेजका अध्यक्ष तथा प्राचार्य प्राध्यापक इ. हिरेन्द्रमान प्रधानले एकेडमीक नतिजा उत्कृष्ट […]
कफी र ग्रीन टी मध्ये कुन पिउँदा मुटु बलियो ? अध्ययन यसाे भन्छ
काठमाडौं, २७ पुस । विश्वमा उच्च रक्तचाप र उच्च रक्तचापका बिरामीको संख्या बढ्दै गएको छ । जसका कारण मुटु रोगीको संख्या पनि ह्वात्तै बढेको छ । सही जीवनशैली र खानपानले यस रोगबाट बच्न सकिन्छ । कफी र ग्रीन टीको सेवन मुटुको स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । तर धेरैजसो मानिसहरु ग्रिन टी वा कफी कुन […]
वकिल एल्विन ब्राग, जसका कारण ट्रम्प अपराधी प्रमाणित भए
न्युयोर्क, २७ पुस । इतिहासमा पहिलो पटक अभियोजक एल्भिन ब्रागले अमेरिकी राष्ट्रपतिलाई सजाय दिने उपलब्धि हासिल गरेकी छिन् । अभियोजक सरकारी वकिल हुन्, जसले सरकारको तर्फबाट मुद्दा पेश गरेकी थिइन् । र, उनी त्यसका लागि लामो समय देखी लडेकी पनि थिइन् । संदिग्ध अपराधी (जो यस मामलामा ट्रम्प थिए) विरुद्ध अभियोग लगाउने जिम्मेवारी अभियोजकको हो। […]
निर्माण कम्पनीले नै गरे नगरकोट सडक निर्माणको सम्झौता रद्द
भक्तपुरको कमलविनायक–नगरकोट सडक सुधार एवम् बिस्तारको जिम्मा पाएको नेपाली निर्माण कम्पनी सैलुङ्ग कन्सट्रक्सन (एससीसीपीएल) र भारतीय निर्माण कम्पनी एआईपिएल आफैंले सम्झौता रद्द गरेका छन् । कम्पनीको तर्फबाट बिहिवार प्रेस विज्ञप्ती जारी गर्दै उक्त सडक निर्माणको सम्झौता रद्द गरेको घोषणा गरिएको हो । निर्माण कम्पनीले पटक पटक म्याद थप गर्दा पनि तोकिएको समयमा निर्माण सम्पन्न नगरेको […]










