काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ। जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ। गण्डकी प्रदेशका केही स्थानहरूमा, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी […]
समाचार
आज साउने सङ्क्रान्ति मनाइँदै, दक्षिणायन सुरु
काठमाडौँ । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदै छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले […]
सात दलका महिला नेतृहरुको यस्तो निर्णय
काठमाडौं, असार ३२ । सात प्रमुख राजनीतिक दलका महिला संगठनहरूको संयुक्त बैठकले पछिल्लो समयमा बढ्दो महिला हिंसा, बलात्कार, हत्या, अपहरणजस्ता घटनाको विरोध गर्दै तीन बुँदे निर्णय सार्वजनिक गरेको छ। काठमाडौंको कोटेश्वरस्थित नेकपा माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा बसेको संयुक्त बैठकले पहिलो बुँदामा महिलामाथि भइरहेका हत्या, बलात्कार, अपहरण र हिंसाका घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै त्यसमा संलग्न दोषीमाथि […]
मन्त्रिपरिषदका २९ निर्णय सार्वजनिक
काठमाडौँ । सरकारले प्रत्येक वर्षको साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउने भएको छ। असार २३ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। बैठकका निर्णयहरू सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सरकारले नेपाल राष्ट्र बैंकबाट एक हजार रुपैयाँ दरको नयाँ बैंक नोट प्रकाशनको लागि बैंक नोटको चित्र र आकार स्वीकृत […]
राष्ट्रियसभामा अल्पमतमा पर्यो ओली सरकार, जसपाद्वारा समर्थन फिर्ता
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि राष्ट्रियसभामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । जसपा नेपालको बुधबार बसेको संसदीय दल बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि राष्ट्रियसभामा अल्पमतमा परेको हो । भूमि विधेयकमा समेटिएका विषयवस्तुमाथि असहमति जनाउँदै जसपा नेपालले समर्थन फिर्ता लिएको हो । […]
नवनियुक्त सामान्य प्रशासन मन्त्री न्यौपानेले लिइन् शपथ
काठमाडौँ । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले शपथ लिएकी छन् । बुधबार राष्ट्रिपति कार्यालय सितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई शपथ ग्रह गराएका हुन् । उनी मंगलबार सामान्य प्रशासन मन्त्रीमा नियुक्त भएकी थिइन् ।
घुससहित मेयर रंगेहात पक्राउ
सिराहा । सिराहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह तेली एक लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन्। बुधबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दीबासस्थित कार्यालयबाट खटिएको टोलीले साहलाई नगरपालिका कार्यालयबाटै घुससहित नियन्त्रणमा लिएको हो। भुक्तानी प्रक्रिया अगाडि बढाउने क्रममा उपभोक्ता समितिबाट घुस माग्दै गरेको सूचनाको आधारमा निगरानीमा राखिएको र सोही क्रममा एक लाख रुपैयाँ लिँदै […]
मधेशमा वारुणयन्त्रमार्फत खानेपानी बाँड्दै प्रदेश सरकार
जनकपुरधाम । वीरगञ्जलगायतका विभिन्न क्षेत्रमा देखिएको खानेपानी संकट समाधानका लागि मधेश प्रदेश सरकारले वारुणयन्त्र परिचालन गरेको छ । बुधबार बिहान मुख्यमन्त्री सतिशकुमार सिंहले ८ वटा वारुणयन्त्र प्रभावित क्षेत्रमा पठाउँदै सरकार नागरिकको समस्या समाधानमा समर्पित रहेको बताएका छन् । प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको निर्णयअनुसार प्रदेश सरकारसँग रहेका ८ वटा वारुणयन्त्रहरू अति प्रभावित क्षेत्रमा पठाइएको हो […]
साउनमा ब्याजदर घट्ने
काठमाडौं । जेठ र असार महिनामा स्थिरजस्तै रहेको ब्याजदर साउन महिनाका लागि फेरि घटेको छ । नेपाल राष्ट्र बैंकको दबाबपछि अधिकांश बैंकहरूले साउन महिनाका लागि घटाएर निक्षेप ब्याजदर सार्वजनिक गरेका छन् । राष्ट्र बैंकले गत शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै नीतिगत दरलाई ५ बाट ४.५ प्रतिशतमा झारेको घोषणा गर्यो । त्यस्तै स्थायी तरलता सुविधा दर […]
भरतपुरको सिमलतालबाट त्रिशूलीको किनारमा खस्यो भारतीय नम्बर प्लेटको मिनी ट्रक
मकवानपुर । भरतपुरको सिमलतालबाट एउटा भारतीय नम्बर प्लेटको मिनी ट्रक त्रिशूली नदी किनारमा खसको छ । नारायणगढ–मुग्लिङ सडक खण्ड अन्तर्गत पर्ने भरतपुर२९ सिमलतालबाट मिनी ट्रक त्रिशूली नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। नारायणगढबाट काठमाडौँतर्फ आउँदै गरेको यूपी ३२ जेड एन ७८८३ नम्बरको मेवा बोकेको मिनी ट्रक त्रिशूली नदी किनारमा खसेको हो । […]











