काठमाडौं उपत्यकामा थपिए १७४६ कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १७४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १४५१, भक्तपुरमा १४३ र ललितपुरमा १५२ गरी जम्मा १७४६ जना संक्रमित थपिएका छन् । यसअघि शुक्रबार (हिजो) काठमाडौंमा ७८४, भक्तपुरमा २४४ र ललितपुरमा ३७४ गरी जम्मा २४०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको […]

टाउको काटेर शिक्षकको हत्या

एजेन्सी । फ्रान्सको राजधानी पेरिसमा टाउको काटेर शिक्षकको हत्या भएको छ। स्थानीय समय अनुसार शुक्रबार साँझ ५ बजेतिर आक्रमणकारीले शिक्षकमाथि चक्कुले आक्रमण गरेपछि टाउको काटिदिएको थियो । आक्रमणकारी भागेपछि मात्रै स्थानीय प्रहरीलाई खबर पुगेको थियो । प्रहरीले आक्रमणकारीलाई पनि गोली हानी मारेको छ। आक्रमणकारीको नाम भने सार्वजनिक गरिएको छैन। फ्रेन्च अखबार ‘ले मोन्दे’ का अनुसार […]

देशभर ३१६७ संक्रमित थपिदा काठमाडौंमा १७४६ जनामा कोरोना संक्रमण

काठमाडौं, १ कार्तिक । शनिवार नेपालमा ३१६७ जनामा कोरोना भाइरसका संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयले देशभरका प्रयोगशालामा १५४३८ नमुना परीक्षण गर्दा पछिल्लो २४ घन्टामा ११६० महिला र २००७ पुरुष गरी ३१६७ जनामा संक्रमण पुष्टि भएको जनाएको हो । संक्रमित मध्ये सबैभन्दा बढी ५० प्रतिशतभन्दा बढी संक्रमित काठमाडौं उपत्यकाकै छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी […]

सांसद र स्वकीय सचिवलाइ तीन करोड सात लाख ५४ हजार दसैँ भत्ता

  कार्तिक १, काठमाडौं ।   मुलुक अहिले कोरामा महामारी संक्रमणको अवस्थाबात गुज्रिरहेको कारण अर्थतन्त्र निकै बिग्रिएको  छ। संबिधानमा रहेको मौलिक हक अन्तरगत जनताले पाउनु पर्ने आधारभूत स्वास्थ्य सेवा पाइरहेको छैन। देशकै जेठो ठुलो अस्पताल वीर अस्पतालमा आम सर्व साधारण बिरामीको उपचारमा नभई नहुने अक्सिजन प्लान्ट बिग्रिएर ६ महिना देखि थन्किएको छ। अस्पताल प्रशासनले ३५ जम्मा […]

शनिबारबाट नेपाल आउने पर्यटकका लागि भीसा अनुमति दिई आवागमन खुल्ला

असोज ३० ,काठमाडौँ। सरकारले विदेशी पर्यटकका लागि कार्तिक १ शनिबारबाट आवागमन खुल्ला गर्ने निर्णय गरेको छ । पर्वतारोही, पदयात्रामा आउने पर्यटकका लागि भीसा अनुमति दिई आवागमन खुल्ला गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भाद्र अन्तिम साता बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै पदयात्रा र हिमाल आरोहरण गर्न आउने पर्यटकका लागि आवगमन खोल्ने […]

बलत्कारी संगठन नै खोलेर फेसबुकमा बलत्कार गर्न जाँदैछु भनेर लेख्ने पक्राउ

काठमाडौं । नेपाल प्रहरीले फेसबुक ग्रुप खोलेर त्यसमा म बलात्कार गर्न निस्कँदै छु भन्ने युवकलाई पूर्वी नवलपरासीबाट पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय साईबर ब्युरोको टोलीले नविन बस्नेतलाई पक्राउ गरेको हो। उनी नवलपरासीकै हुन्। ‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुपमा उनले उक्त स्टाटस लेखेको ब्युरोको प्रमुख नविन्द अर्यालले जानकारी दिए। ‘उक्त फेसबुक ग्रुपमा उनको भूमिका के थियो […]

उपत्यकामा शुक्रबार भेटिए २४०२ जना संक्रमित

काठमाडौँ । काठमाडौँ उपत्यकामा शुक्रबार थप २ हजार ४०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १७८४,ललितपुरका ३७४ तथा भक्तपुरका २४४ जनामा संक्रमण पुष्टि भएको हो। शुक्रबार देशभर ४ हजार ३९२ जना कोरोना संक्रमण पुष्टि भएको छ।

प्रहरीमाथि गोली चलाउने चार सार्वजनिक

वीरगञ्ज । प्रहरीमाथि गोली चलाउने चारजनालाई पक्राउ गरी पर्सा प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ। प्रहरीमाथि गोली चलाउने पर्साको ठोरी गाउँपालिका ४ निवासी ३५ वर्षका कुमार लामा, वर्ष ३८ को सुन बहादुर लामा, वर्ष ३६ को बाबुराम लामा र वर्ष २७ का अमन लामालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो। अवैध सामान तस्करी भइरहेको सूचनाको आधारमा […]

नवरात्रमा कुनै पनि मठमन्दिर शक्तिपीठ खोल्न नदिन गृहको निर्देशन

  काठमाडौं । गृह मन्त्रालयले यस वर्षको नवरात्रमा कुनै पनि मठमन्दिर एवं शक्तिपीठ खोल्न नदिन निर्देशन दिएको छ । मन्त्रालयले सबै स्थानीय प्रशासनलाई परिपत्र जारी गरी मन्त्रिपरिषद्ले मठमन्दिर खोल्ने विषयमा कुनै पनि निर्णय नगरेकोले दसैंमा शक्तिपीठमा नित्यपूजाका लागि बाहेक प्रवेश नदिन निर्देशन दिएको हो । शक्तिपीठ खुला गर्दा कोरोनाको प्रसार झनै बढ्नेबारेमा स्वास्थ्य मन्त्रालयको समेत […]