चितवनमा कोरोनाबाट थप दुईजनाको मृत्यु

चितवन । कोभिड–१९ को सङ्क्रमणबाट चितवनमा थप दुई सङ्क्रमितको मृत्यु भएको छ। चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचारका क्रममा ती सङ्क्रमितको कोरोनाबाट ज्यान गएको हो। चितवन मेडिकल कलेजमा उपचारका क्रममा गुल्मीका सङ्क्रमितको मृत्यु भएको हो। मृत्यु हुनेमा गुल्मीका ४८ वर्षीय पुरुष रहेको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए। निमोनियाका बिरामी उनलाई कात्तिक […]

दशैंका अवसरमा कांग्रेसले यो वर्ष चियापान नगर्ने

काठमाडौँ । नेपाली कांग्रेसद्वारा कोजाग्रत पूर्णिमाका दिन आयोजना गरिँदै आएको शुभकामना आदान–प्रदान तथा चियापान समारोह यस वर्ष नहुने भएको छ। कोभिड—१९ का कारण यो वर्ष उक्त कार्यक्रम आयोजना नगरिने निर्णय भएको कांग्रेसले जानकारी दिएको छ। वि.सं. २०३३ सालमा जननायक बी.पी. कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष नेपाली कांग्रेसले […]

जनार्दन शर्मासहित परिवारका तीन जनालाई कोरोना संक्रमण

काठमाडौँ । पूर्वमन्त्री जनादर्न शर्मालाई कोरोना संक्रमण भएको छ। नेकपाका नेता शर्माले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्। उनले आफूसँग केही समय यता सम्पर्कमा आएका व्यक्तिलाई कोरोना परीक्षण गरी ढुक्क रहन आग्रह गरेका छन्। नेता शर्माकी श्रीमतीलाई पनि कोरोना संक्रमण भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ । साथै शर्माका भाई तथा नेकपाका नेता […]

देशभर २२२५ जना कोरोना संक्रमित भेटिँदा उपत्यकामा १११० जनामा संक्रमण पुष्टि

काठमाडौं, ८ कार्तिक । पछिल्लो २४ घन्टामा थप २२२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका प्रयोगशालामा १३,८४६ जनाको नमूना परीक्षण गर्दा २२२५ जना संक्रमित देखिएका हुन् । स्वास्थ्य मन्त्रालयले शनिवार भेटिएका संक्रमित मध्ये सबैभन्दा बढी काठमाडौं उपत्यकामा रहेको जनाएको छ । शनिवार उपत्यकामा १११० जना संक्रमित भेटिएका छन् […]

सुन्धाराको मस्जिदमा डोजर लगाएर तोडफोड गरेको आरोपमा एक ब्यक्ति पक्राउ

काठमाण्डौं ।  सुन्धारास्थित धरहरा पछाडी रहेको मुसफिर मदिनी मस्जिदमा दिनदहाडै डोजर लगाएर एक समुहले तोडफोड गरेको आरोपमा एक व्यक्तिलाइ प्रहरीले पक्राउ गरेको छ। शनिबार बिहान जुजुकाजी महर्जनको समूहले डोजर लगाएर मस्जिद अगाडिको भाग तोडफोड गरेको थियो । महर्जनलाई आजै प्रहरीले पक्राउ गरेको छ । करीब सय बर्ष पुरानो यो मस्जिद भत्काउन भूमाफियाहरुले पटक पटक धम्की […]

मृगौला पीडितलाई प्रवासी नेपालीको आर्थिक सहयोग

काठमाडौं । लामो समयदेखि दुबै मृगौला पीडित भई उपचाररत प्युठानका प्रकाश बिक्रम जिसीको उपचारका लागि प्रवासी नेपालीहरु जुटेका छन् । कपिलवस्तुको बाणगंगामा डेरामा बस्दै आएका जिसीको उपचारकालागि अमेरिकामा बस्दै आएका प्रवासी नेपालीले आर्थिक सहयोग गरेका हुन् । अमेरिका निवासी मनोज कार्कीलगायतले भर्खरै जिसीको उपचारका लागि पठाएको ७३ हजार ७ सय ५६ रुपैया पीडितलाई हस्तान्तरण गरिएको […]

यसरी भित्र्याइयो हनुमानढोका दशैँ घरमा फूलपाती (फोटोहरु)

काठमाडौं । गोरखाबाट पठाइएको फुलपाती हनुमानढोकास्थित दशैघरमा भित्र्याइएको छ । नवरात्रीको सातौं दिन अर्थात फुलपातिको दिन प्रत्येक वर्ष यसरी नै गोरखाबाट ल्याइएको फुलपाती भित्र्याउने गरिन्छ । फुलपातीका दिन सबै हिन्दुहरुको घरघरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याउने चलन छ । शुक्रबार गोरखाबाट पठाइएको फुलपाती लिन गुरुजुको पल्टन सहितको लावालस्कर जमलमा पुगि डोलामा राखि फूलपाती हनुमानढोका […]

देशभर ४४९९ जनामा संक्रमण, उपत्यकामा मात्र २७२०

काठमाडौं, ७ कार्तिक । शुक्रबार नेपालमा थप ४४९९ जना कोरोना भाइरसका संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका प्रयोगशालामा १६८६३ नमूना परीक्षण गर्दा १६९० महिला र २८०९ पुरुष गरी ४४९९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो। संक्रमित मध्ये सबैभन्दा बढी संक्रमित काठमाडौं उपत्यकामै रहेका छन् । उपत्यकामा शुक्रबार २७२० जनामा संक्रमण […]

सत्तारुढ नेकपाका दुई समूहबीच झडप, जिल्ला सदस्यको मृत्यु

काठमाडौं, ७ कार्तिक । पर्सामा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपामा दूई समूहवीच झड्प हुँदा पार्टी जिल्ला सदस्यको मृत्यु भएको छ। पर्साको विन्दवासिनी गाउँपालिका–५मा बिहीबार आयोजित शपथग्रहण कार्यक्रममा झड्प हुँदा घाइते भएका सोही गाउँपालिकाका सचिव तथा जिल्ला समिति सदस्य मुकेश चौरसियाको शुक्रबार उपचारका क्रममा मृत्यु भएको हो। गाउँपालिकाको शपथग्रहण कार्यक्रममा केही व्यक्ति प्रवेश गरी व्यानर […]

कर्णाली प्रदेशका मुख्यमन्त्री विरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव १८ सांसद उपस्थित बैठकले ग¥यो अस्वीकृत

काठमाडौं, ७ कार्तिक । कर्णाली प्रदेशक संसदीय दलका नेता महेन्द्रबहादुर शाही विरुद्ध ल्याइएको अविश्वास प्रस्ताव फेल भएको छ। शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीसमेत रहेका शाहीविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव अस्वीकार गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री केपी शर्मा ओली समर्थक सांसदहरुले बहिष्कार गरेको संसदीय दलको बैठक प्रदेश संसदीय दलको कार्यालयमा बसेको थियो। ३३ प्रदेश सांसदमध्ये […]