अमेरिकी सरकारी सम्पत्ति चोरी र जासुसी गरेको आरोप लागेका स्नोडनलाई रुसले दियो पीआर

एजेन्सी । अमेरिकाको नेसनल सेक्युरिटी एजेन्सीका अति गोप्य सामग्री सार्वजनिक गरेका एडवर्ड स्नोडेनलाई रुसले स्थायी बसोबासको अनुमति दिएको छ। उनले रुसमा स्थायी बसोबासको अनुमति स्नोडेनका वकिल अनातोली कुचेरेनाले जनाएका छन्। अमेरिकी सरकारले आम नागरिकमाथि जासुसी गरेको सूचना सार्वजनिक गरेयता स्नोडेन रुसमा बस्दै आएका छन्। रुस सरकारले उनलाई शरण दिएको थियो। ३७ वर्षीय स्नोडेनविरुद्ध अमेरिकामा जासुसी […]

अब हुम्लाका जनप्रतिनिधिले पाउने भए १३ प्रकारका सेवा सुविधा

हुम्ला । हुम्लाका स्थानीय तहका जनप्रतिनिधहरूले अब पुनः तेह्र प्रकारका सेवा सुविधाहरू आ.व.२०७७/०७८ साउनबाट पाउने भएका छन् । कर्नाली प्रदेश सरकारले २०७७ असार ३० गते प्रकाशित गरेको प्रदेश राजपत्रको खण्ड ३ अतिरिक्ताङ्क २ले यो वाधा अडकाउ फुकाएको छ । एक वर्षदेखि सर्वोच्चमा परेको रिट निवेदन किनारा लागे लगतै कर्नाली प्रदेश सरकारबाट जारी गरिएको राजपत्रमा उल्लेख […]

तातोपानी नाका दशैँ पछि बात खुल्ने

काठमाडौं ।  तीन सातादेखि बन्द रहेको तातोपानी नाका दशैंपछिमात्र सञ्चालनमा आउने तातोपानी भन्सार कार्यालयले बताएको छ ।स्थानीयस्तरमा भएको अनौपचारिक छलफल पछि चिनियाँ पक्ष नाका खुलाउन सहमत भएको छ। आवश्यक तयारी गर्दा दशैंपछिमात्र नाका खुल्ने भएको हो । तीन महिना बन्द भएर गएको असोज १९ गते नाका खुलेर सामान ‘लोड’ गर्न चीनमा गएका सातजना नेपाली कामदारलाई […]

एकैदिन अहिलेसम्मकै धेरै ५७४३ जना कोरोना संक्रमित भेटिए, आधाभन्दा बढी काठमाडौंमा

काठमाडौं, ५ कार्तिक । नेपालमा एकैदिन अहिलेसम्मकै धेरै कोरोना भाइरसका संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा ५७४३ जना कोरोना भाइरसका संक्रमित फेला परेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका प्रयोगशालामा २०७४२ नमूना परीक्षण गर्दा २१५१ महिला र ३५९२ पुरुष गरी ५७४३ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । स्वास्थ्य मन्त्रालयले सबैभन्दा बढी […]

केही घन्टाका लागि मात्र सुटुक्क किन आए भारतीय जासुसी संस्था ‘रअ’का प्रमुख गोयल

काठमाडौं, ५ कार्तिक । अन्तर्राष्ट्रिय जासुसी संस्था रिसर्च एण्ड एनालाइसिस विङ्ग ‘रअ’का प्रमुख सामान्तकुमार गोयल काठमाडौँ आएका छन्। उनी बुधवार दिउसो १ बजे भारतीय वायुसेनाको विमानमा चढेर काठमाडौं एअरपोर्टमा ओर्लिएका हुन् । यही कार्तिक १८ गते भारतीय सेनाका प्रमुख मनोजमुकुन्द नरवाणे नेपाल भ्रमणमा आउँदैछन् । नरवाणेको उक्त भ्रमणअघि विभिन्न कुराहरु मिलाउन गोयल नेपाल आएको बुझिएको […]

कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट सुरु गर्ने राष्ट्रिय परीक्षा वोर्डको घोषणा

काठमाडौं, ५ कार्तिक । राष्ट्रिय परीक्षा बोर्डले कोरोनाको महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ। बुधबार बोर्डले आगामी मंसिर ९ गतेबाट परीक्षा सञ्चालन गर्नेगरी नयाँ परीक्षा तालिका सार्बजनिक गरेको हो। गत वैशाख ८ गतेका लागि तय भएको परीक्षा कोरोनाको महामारीका कारण रोकिएको थियो। कक्षा १२ मा देशभरबाट ४ लाख ३२ हजार […]

बाह्र सय वर्ष पुरानो हल्जी गुम्बाका टावाहरूलाई बन्दोवस्ती सामानहरूको अभाव

हुम्ला । हुम्ला–हुम्ला नाम्खा गापाको उच्चस्थानमा रहेको १२ वर्ष पुरानो गुम्बाका पुजारी तथा गुम्बाको पूजाआजाका लागि बस्ने ब्रह्मचारी अर्र्थात टावाहरुलाई यो वर्ष खाद्यान्न, नुन, तेल तथा गुम्बाको पूजाआजाका लागि चाहिने बन्दोबस्तीमा सामानहरुको अभाब रहेको छ । मासिक दुई लाखसम्म खर्च लाग्ने यो गुम्बामा हाल स्थानीय गाउँलेहरुमो दान, दातव्य, ध्वाँगे अर्थात् पारिवारिक दान र टावाहरुले गर्ने […]

हुम्लामा चार अलपत्र बालबालिकाको उद्दार गरी अविभावकहरूको जिम्मा

हुम्ला । सहारा अन्तिराष्ट्यि बालगृह र केअर बालगृह काठमाण्डौंमा अलपत्र परेका हुम्लाका चार बालबालिकाहरूलाई हिमाली नवीन समाजको सहजीकरणमा उद्दार गरी जिल्ला प्रशासन कार्यालय हुम्लाको रोहवरमा अविभावकहरूलाई जिम्मा लगाईको छ । लामो समयदेखि बालबालिको उद्दारको काममा लागेको हिमाली नवीन समाजले बालबालिको क्षेत्र विभिन्न प्रकारका काम गर्दै आएको छ । विशेषतः बालबालिकाको उद्दार र पुर्नःमिलनको काममा उदाहरणीय […]

कोरोनामा सरकारको निर्णयः जनतामाथि गम्भीर घात

काठमाडौं । समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने घोषणा गरेर निर्वाचित भएको वर्तमान सरकारले पछिल्लो समय आफ्नो सो घोषणालाई चुनौती दिने गरी कोरोना भाइरस परिक्षण गर्न गरिने पीसीआर र त्यसबाट पत्ता लाग्ने संक्रमितहरुको उपचार सरकारले निःशुल्क नगर्ने निर्णय गरेको छ । यो त एउटा सानो उदाहरण हो । यो सरकार बनेदेखि यता करिव पछिल्ला तीन वर्षमा […]

सहायक निरीक्षक बिक र प्रहरी जवान साँउदको हत्या गरेको अभियोगमा ७ जना पक्राउ

अस्थाई प्रहरी पोष्ट जुगेडा कैलालीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोबिन्द बिक र प्रहरी जवान रामबहादुर साँउदको हत्या गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका-१० बस्ने ३१ वर्षीय पर्कु भन्ने रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भन्ने सुरेश राना, २५ वर्षीय गब्बर भन्ने राज कुमार राना, २२ […]