रास्वपा र विवेकशीलको एकता घोषणा सभा भोलि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच आइतबार एकता हुने भएको छ । पार्टी एकताका लागि आइतबार एकता घोषणा सभा राखिएको छ । आइतबार दिउँसो २ बजे राष्ट्रियसभा गृहमा एकता घोषणा सभा आयोजना गरिएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए । शुक्रबार साँझ बसेको रास्वपा केन्द्रीय समितिको विशेष बैठक (भर्चुअल) ले विवेकशील पार्टीसँग […]

बलामीका दुई कृति बजारमा

काठमाडौ । गजलकार रीता बलामीको ‘आभासपुञ्ज’ गजलसङ्ग्रह र ‘बालमञ्जरी’ बालकवितासङ्ग्रह विमोचन भएको छ । प्रज्ञाभवनको लेखनाथ सभाकक्षमा कार्यक्रमका प्रमुख अतिथि एवम् वरिष्ठ गीतकार प्राडा कृष्णहरि बराल र अन्य अथितिले संयुक्तरूपमा उनको गजलसङ्ग्रह आभासपुञ्जको विमोचन गरे । वरिष्ठ कवि स्नेह सायमीको संयोजकत्वमा रातोघर र कार्डिनल इन्टरनेशनल बोर्डिङ हाइस्कुलद्वारा आयोजित सो विमोचन कार्यक्रममा ‘बालमञ्जरी’ को विमोचन प्रमुख […]

रोटरी क्लब अफ भादगाउँद्वारा निर्मित प्रहरी भवन हस्तान्तरण

Rotary club of Bhadgau

भक्तपुर । जेनजी आन्दोलनकारीले गत भदौ २४ गते जलाएको भक्तपुर-१ सल्लाघारीस्थित प्रहरी बिट रोटरी क्लब अफ भादगाउँले निर्माण गरी शनिबार स्थानीय प्रहरी प्रभाग कटुन्जेलाई हस्तान्तरण गरेको छ ।   समुदाय–प्रहरी साझेदारी सुदृढ गर्दै प्रभावकारी सेवा पहुँच विस्तार गर्ने उद्देश्यले भवन निर्माण गरी हस्तान्तरण गरिएको स्थानीयसमेत रहेका क्लबका पास्ट प्रेसिडेन्ट प्रकाश थापाले बताएका छन् ।   […]

आज दाङको देउखुरीमा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा हुँदै

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले आज लुम्बिनी प्रदेश स्थित दाङको देउखुरीमा एकता सन्देश सभा गर्ने भएको छ । नेकपा गठनपछि देशभर एकता सन्देश सभा गर्ने निर्णय बमोजिम आज देउखुरीमा सन्देश सभा हुन लागेको हो । सभालाई संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाललगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसअघि नेकपाले शुक्रबार धनगढीमा […]

एघारौँ महाधिवेशनका लागि एमालेमा आज देशैभरि प्रतिनिधि छनौट हुँदै

काठमाडौँ । एघारौँ महाधिवेशनका लागि नेकपा एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दैछ । एमाले केन्द्रीय कार्यालयका अनुसार मङ्सिर ११ गते सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि निर्वाचनका लागि उम्मेदवारी मनोनयन भएको छ । सहमति नजुटेका क्षेत्रहरूमा आज बिहान ८ बजे देखि निर्वाचन सुरु भएको छ । निर्वाचनको समयमा अधिकांश क्षेत्रमा दिउँसो २ बजेसम्म राखिएको छ । विभिन्न […]

एनपीएलमा आज लुम्बिनी र पोखरा तथा सुदूरपश्चिम र जनकपुरबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ अन्तर्गत आज सुपर स्याटरडे दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भइरहेको लिगमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच पहिलो खेल हुनेछ । यो खेल बिहान सवा ११ बजे सुरु हुनेछ । अंकतालिकामा बटम हाफमा रहेका लुम्बिनी र पोखरा दुवैका लागि आजको खेल महत्वपूर्ण हुनेछ […]

पत्रकार आचार्यको असामयिक निधन

कालिकोट । सडक दुर्घटनामा परी पत्रकार वीरेन्द्र आचार्यको असामयिक निधन भएको छ । प्रेस सेन्टर नेपाल कालीकोटका अध्यक्ष समेत रहेका रेडियो तिला आवाजका स्टेसन म्यानेजर पत्रकार आचार्य सवार स्कुटीलाई मोटरसाईकलले ठक्कर दिदाँ उनको ज्यान गएको हो । वीरेन्द्रनगर नगरपालिकाको २ मा दुर्घटना भएको र उपचारको क्रममा सुर्खेत अस्पतालमा उनको ज्यान गएको प्रहरीले जनाएको छ । […]

धनगढी पुगेर प्रचण्डले भने : २६ भदौको राति देश डुब्योडुब्यो भन्ने अवस्था देखेर आयौं

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गत २६ भदौको राति देश डुब्योडुब्यो भन्ने अवस्था देखेर आएको बताएका छन् । कैलालीको धनगढीमा शुक्रबार आयोजित एकता सन्देशसभालाई सम्बोधन गर्दै प्रचण्डले संविधान च्यातिने, गणतन्त्र मासिने अवस्था नजिक पुगेर मुलुक फर्किएको बताएका हुन् । ‘अहिले मुलुक २१ फागुनको निर्वाचनतर्फ उन्मुख भइरहेको छ । यो अवस्था आउन […]

एनपीएलमा काठमान्डुको तेस्रो जित, चितवन ५३ रनले पराजित

काठमाडौँ । काठमान्डु गोर्खाजले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ । शुक्रबार भएको खेलमा काठमान्डुले चितवन राइनोजमाथि ५३ रनको जित निकालेको हो । त्रिवि क्रिकेट मैदानमा काठमान्डुले दिएको १४३ रनको लक्ष्य पछ्याएको चितवनले १७ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ८९ रन बनायो । चितवनका लागि देव खनाल […]

भक्तपुर नगरव्यापी प्याब्सन फुटसल प्रतियोगितामा मोर्डन स्कुल प्रथम

भक्तपुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) अन्तर्गतका विद्यालयबीच भएको भक्तपुर नगरव्यापी फुटसल प्रतियोगितामा भनपा–१ नपली, सृजनानगरस्थित मोर्डन स्कुलले शानदार जीत हात पार्दै प्रथम स्थान हासिल गरेको छ। फाइनल खेलमा मोर्डन स्कुलले सूर्योदय स्कुललाई ०–४ गोलको प्रभावशाली अन्तरले पराजित गर्दै उपाधि जितेको सह–प्राधानाध्यापक  साजन कस्पालले जानकारी दिए। त्यसैगरी, न्यातापोला स्कुलले सनसाइन स्कुललाई हराउँदै […]