नेताले बिगारेको राजनीति सपार्न एउटा आँधीबेहरी ल्याउन जरुरी छ

नेपाल प्राचीन समयदेखि नै निरन्तर युद्धमा छन् । व्यवस्था विरुद्धको आन्दोलन आजपर्यन्त जारी छ । तर, संघर्षका स्वरुप, शैली र त्यसमा प्रयोग हुने प्रविधिमा भने बदलाव आएको छ । प्रविधि बदलिए पनि मानिसहरुको प्रवृति भने फेरिएको छैन । हरेक एक युगले अर्को युगलाई पछार्दै आफ्नो दवदवा कायम गरेको छ । किराती, लिच्छवी, मल्ल, शाह, राणा, […]

सोह्रखुट्टेमा ग्यास पड्किएर आगलागी

  काठमाडौं । सोह्रखुट्टेस्थित एक घरमा ग्यास पड्किएर आगलागी भएको छ । काठमाडौं महानगरपालिका १६ वडा फलफूल चोकमा रहेको नीलकुमारी क्षेत्रीको तीन तले घरको पहिलो तलामा ग्यास सिलिण्डर विस्फोट भएको प्रहरीले जनाएको छ ।  ग्यास पड्किएर भएको आगलागीका कारण घरका भित्ता चर्किएको छ भने ११ जनामध्य ३ को अवस्था जना गम्भीर  घाइते भएका छन् । त्यसमध्ये […]

महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबीच थप ३ वटा विद्युतीय शवदाह निर्माण गर्न सम्झौता

काठमाडौँ । काठमाडौँ महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबीच थप ३ वटा विद्युतीय शवदाह निर्माण गर्न सम्झौता भएको छ। महानगरपालिकाको आर्थिक सहयोगमा पशुपति क्षेत्र परिसरको वागमती पारिपट्टी (तिलगंगामा) थप ३ वटा विद्युतीय शवदाह मेशिनसहित शवदाह गृह निर्माण हुनलागेको हो। बुधबार काठमाडौँ महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबीच सो सम्झौता पत्रमा हस्ताक्षर भएको हो । काठमाडौँ […]

वहराइन राजकुमारसहित १७ जनाले मनास्लु हिमालको गरे सफल आरोहण

काठमाडौं । वहराइन राजकुमारसहित १७ जनाको टोलीले मनास्लु हिमालको सफल आरोहण गरेका छन्। यसअघि लोबुचे हिमालको सफल आरोहण गरेका राजकुमार नासिर बिन हामिद अल खलीफाले आज (बिहीबार) बिहान ८,१५६ मिटरको मनास्लु हिमालको सफल आरोहण गरेका हुन्। कोभिड-१९ माहामारीको समयमा राजकुमार खलीफाले दुईवटा हिमालको सफल आरोहण पूरा गरेका छन्।

बालकले फेसबुकमा पोष्ट गरेको तस्बिरले बागलुङमा ११ थान बन्दुकसहित ११ पक्राउ

बागलुङ । अभिभावककको मोबाइल फोन चलाएका बालकले अनायासै सामाजिक सञ्जालमा पोष्ट गरेको तस्बिर प्रहरीको आँखामा परेपछि बागलुङमा ११ थान बन्दुकसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । पश्चिम बागलुङको तमानखोला गाउँपालिका वडा नं २ बाट बन्दुकसहित ११ जना पक्राउ परेका हुन् । सामाजिक सञ्जालमा तस्बिर देखेपछि इलाका प्रहरी कार्यालय बुर्तिबाङले मङ्गलबार रातभर खानतलासी गरेको थियो […]

दीर्घरोग नरहेका ४९ वर्षे कोरोना संक्रमितको धरानमा मृत्यु

विराटनगर । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एकजनाको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा. आशीष श्रेष्ठका अनुसार बुधबार बेलुका ७ बजे दांग्पा १ तेह्रथुमका ४९ वर्षीय पुरुषको आकश्मिक कक्षमा उपचारका क्रममा मृत्यु भएको हो। निमोनिया देखिएसँगै धनकुटा अस्पतालबाट अशोज २५ गते प्रतिष्ठानको आकश्मिक कक्षमा भर्ना गरिएको उनले जानकारी दिए। अशोज २६ […]

फ्रान्समा फेरि संक्रमण फैलिएपछि पेरिससहित ८ सहरमा कर्फ्यूको घोषणा

फ्रान्सको राजधानी पेरिससहितका ९ शहरमा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि कर्फ्यूको घोषणा भएको छ। राष्ट्रपति इम्यानुएल म्याक्रोँले पेरिस तथा अरु ८ शहरमा रातिको समयमा कर्फ्यू लगाउने घोषणा गरेका हुन् । फ्रान्समा अहिले कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ । राति ९ बजेपछि बिहान ६ बजेसम्म आउँदो शनिबारदेखि चार हप्ताका लागि कर्फ्यू लागु हुने राष्ट्रपति […]

डोनाल्ड ट्रम्पका अर्का छोरालाई पनि भयो कोरोना संक्रमण

काठमाडौं, २९ असोज । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरालाई पनि कोरोना संक्रमण भएको खबर सार्वजनिक भएको छ। ट्रम्पकी पत्नी मेलानियाले आफ्ना १४ वर्षीय छोरा ब्यारनलाई पनि कोरोना संक्रमण भएको र अहिले ठीक भइसकेको जानकारी दिएकी हुन्। राष्ट्रपति ट्रम्प र मेलानिया दुवैलाई कोरोना संक्रमण भएको कुरा त यसअघि नै सार्वजनिक भइसकेको छ। अहिले उनीहरू पनि निको […]

बुधवार कोरोना भाइरस संक्रमणबाट थप १५ जनाको मृत्यु

काठमाडौं, २८ असोज । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । काठमाडौंका ५, मोरङका ३ तथा ललितपुर, भक्तपुर काभ्रे, सुनसरी, स्याङ्जा, नवलपरासी र नवलपुरका एकएक जनाको मृत्यु पुष्टि भएको छ । सामखुसी, काठमाडौंका ७६ वर्षीय पुरषको मंगलबार ग्राण्डी अस्पतालमा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएर १७ […]

ओलीले थपे एकलौटी आफ्ना गुटका तीन मन्त्री, प्रमले सुइको पनि नदिएर मनपरि गरेको भन्दै पार्टीमा आपत्ती

काठमाडौं, २८ असोज । प्रधानन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद हेरफेर गरेका छन् । प्रम ओलीले आफ्नो अधिकार प्रयोग गरेर खाली रहेका तीन वटा मन्त्रालयमा तीन जना मन्त्री थप्नुका साथै केही मन्त्रीहरुको जिम्मेवारी पनि हेरफेर गरेका छन् । डा. युवराज खतिवडाको वहिर्गमनपछि खाली रहेको अर्थमन्त्रालयको जिम्मेवारी आफ्ना निकट रहेका पार्टी महासचिव बिष्णु पौडेललाई दिएका छन् । […]