भेनेजुएलामा पूर्वलडाकुकी छोरी डेल्सीले सम्हालिन कार्यकारी राष्ट्रपतिको जिम्मेवारी

काठमाडौं । भेनेजुएलाको कार्यकारी राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले सम्हालेकी छन् । राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाले नियन्त्रणमा लिएर न्यूयोर्कको हिरासतमा राखेपछि उपराष्ट्रपति रोड्रिगेजले कार्यकारी राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी हुन् । समाचार एजेन्सी रोयटर्सका अनुसार, यसअघि भेनेजुएलाको सर्वोच्च अदालतले प्रशासनिक निरन्तरता कायम राख्न र देशको सुरक्षा सुनिश्चित गर्न डेल्सी रोड्रिगेजलाई कार्यकारी राष्ट्रपतिको जिम्मेवारी दिनु आवश्यक भएको जनाएको […]

‘अमेरिकाले भेनेजुएलामा गरेको आक्रमणमा ४० जनाको मृत्यु’

काठमाडौं । अमेरिकाले भेनेजुएलामा गरेको आक्रमणमा कम्तिमा ४० जनाको मृत्यु भएको न्युयोर्क टाइम्सले जनाएको छ । शनिबार अमेरिकाले राजधानी काराकास लगायतका शहरहरूमा आक्रमण गरेर राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएको थियो । उनीहरुलाई अमेरिकाले न्यूयोर्क पुर्‍याएर हिरासतमा राखेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणमा मानवीय क्षति नभएको बताएका थिए । तर न्यूयोर्क […]

नेकपा संयोजक प्रचण्ड आज नयाँदिल्ली जाँदै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड आज भारतको राजधानी नयाँदिल्ली जाँदैछन् । जेनजी आन्दोलनपछि एकीकृत समाजवादीसहितका दलहरु समेटेर नेपाली कम्युनिस्ट पार्टी गठन गरेपछि प्रचण्डको यो पहिलो दिल्ली यात्रा हो । तत्कालीन माओवादी केन्द्र र तत्कालीन एकीकृत समाजवादी लगायत दल निकट प्रवासी संगठनहरुको एकता सन्देश सभालाई सम्बोधन गर्न प्रचण्ड दिल्ली जान लागेको उनको […]

सोलु हाइड्रोले सर्वसाधारणका लागि ८२ लाख कित्ता आइपिओ खोल्ने

काठमाडौ । सोलु हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीहरूमा आईपीओ निष्कासन गरी बाँडफाँड गरेसँगै पुस २९ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २ करोड कित्ता आईपीओ जारी गर्ने अनुमति पाएकोमा आयोजना प्रभावितलाई १ करोड कित्ता र वैदेशिक रोजगारीमा रहेकालाई १० लाख कित्ता निष्कासन गरिसकेको […]

मदुरोलाई उनकै निवासबाट ५ मिनेटमै कसरी नियन्त्रणमा लियो अमेरिकी सेनाले?

एजेन्सी । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अमेरिकाले पक्राउ गरी न्युयोर्क ल्याएको छ। राजधानी कराकसस्थित मदुरोको निवासबाटै उनीहरूलाई अमेरिकी विशेष सेनाले पक्राउ गरेको थियो। मदुरो पक्राउपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार स्थानीय समयअनुसार बिहान ११ बजे फ्लोरिडास्थित उनको निजी क्लब मार-ए-लागोमा पत्रकार सम्मेलन गरेका थिए। पत्रकार सम्मेलनमा ट्रम्प, रक्षामन्त्री पिट हेगसेथ र […]

मादुरो बोकेको विमान न्युयोर्कमा अवतरण, अमेरिकाले भेनेजुएला ‘चलाउने’ ट्रम्पको घोषणा

काठमाडौँ । भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो र उनकी पत्नी सिलिया फ्लोरेस सवार विमान न्युयोर्कको स्टुअर्ट एयर नेशनल गार्ड बेसमा अवतरण गरेको छ । अमेरिकी सञ्चारमाध्यम सीबीएसका अनुसार विमान अवतरण गरेलगत्तै कानुन कार्यान्वयन निकायका अधिकारीहरू विमानभित्र प्रवेश गरेका थिए । न्युयोर्कमा अवतरण गरेको मादुरो सवार विमानसँग सम्बन्धित दृश्यहरु सार्वजनिक भएको छन् । जहाँ हल्का निलो रङको लुगा […]

सर्लाहीमा वन हेरालुको विभत्स हत्या

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–२ राईटरखोरमा सागरनाथ वन विकास परियोजनामा कार्यरत एक वन हेरालु (चौकीदार)को विभत्स हत्या भएको छ। परियोजनामा ज्यालादारीमा काम गर्दै आएका राईटरखोरका ४७ वर्षीय रामईश्वर महतोको टाउको काटिएको अवस्थामा शव फेला परेको हो। महतोको शव घरदेखि करिब ५ सय मिटर टाढा जंगलभित्र भेटिएको स्थानीयले बताए । जंगलभित्र रुख काटिएको आवाज सुनेपछि महतो […]

भेनेजुएला : बोलिभार, ह्युगो चाभेज र मादुरोको देश

काठमाडाैं । दक्षिण अमेरिकी देश भेनेजुएला स्वतन्त्रता सेनानी सिमोन बोलिभार, समाजवादी नेता ह्युगो चाभेज र वर्तमान राष्ट्रपति निकोलस मादुरोको राजनीतिक विरासतका कारण विश्व राजनीतिमा विशेष महत्व राख्ने देश हो। भेनेजुएलाको राजनीति केवल सत्ताको संघर्ष मात्र नभई विचार, आन्दोलन र जनसमर्थनको निरन्तर बहसको केन्द्र बन्दै आएको छ । सन् १९९९ मा सत्ता सम्हालेका राष्ट्रपति ह्युगो चाभेजले […]

रवि, कुलमान र बालेनबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने, उपसभापति एवं ऊर्जामन्त्री कुलमान घिसिङ र नेता एवं काठमाडौंका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ । उनीहरूबीच शनिबार भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा समानुपातिकको बन्दसूचीमा देखिएका समस्या, पार्टी समायोजनको खाका, पार्टीको कामलाई अगाडि बढाउने लगायतका विषयमा छलफल भएको निकटस्थ स्रोतले जानकारी दिएको छ । त्यस्तै, रास्वपासँग एकता गरेको […]

भेनेजुएलाका उपराष्ट्रपतिले मागिन् राष्ट्रपति मदुरो जीवित रहेको प्रमाण

काठमाडौँ । भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोद्रिगेजले राष्ट्रपति निकोलस मदुरो जीवितै रहेको प्रमाण माग गरेकी छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा सफलतापूर्वक सैन्य आक्रमण गरेको र त्यहाँका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरेको भनेपछि उपराष्ट्रपति रोद्रिगेजले मदुरो जीवितै रहेको प्रमाण माग गरेकी हुन्। एक सरकारी रेडियोसँगको कुराकानीमा उपराष्ट्रपति रोद्रिगेजले मदुरोलाई राखिएको स्थान र उनी जीवितै रहेको प्रमाण […]