जाँचबुझ आयोगले गुण्डु पुगेर ओलीसँग लियो ‘लिखित स्टेटमेन्ट’

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ आयोगसमक्ष आफ्नो स्टेटमेन्ट दिएका छन् । आयोगको टोलीले ओलीलाई पत्र काटेको र पत्र बुझ्नासाथ उनी आफ्नो भनाई राख्न तयार भएको आयोगसम्बद्ध स्रोतले बतायो । ‘त्यसपछि आयोगको टोली उहाँको स्टेटमेन्ट लिएर फर्किएको हो ।’ स्रोतले भन्यो । आयोगको टोली पत्र लिएर ओलीलाई भेट्न गएको थियो । […]

अतिरिक्त स्वास्थ्य सचिव बन्न दर्जन बढी डाक्टरको दौडधुप

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त रहेको अतिरिक्त स्वास्थ्य सचिव एक पदका लागि दर्जन बढी कर्मचारीले आवेदन दिएका छन्। मन्त्रालयको बढुवा समिति सचिवालयले गत २८ मंसिरमा १५ दिनको समयसीमा तोकेर योग्यता पुगेका इच्छुक कर्मचारीलाई आवेदन आह्वान गरेको थियो। अतिरिक्त स्वास्थ्य सचिव रहेका टंकप्रसाद बाराकोटीले कार्यकालको दुई वर्ष बाँकी रहँदै गत कात्तिक १९ मा पदबाट […]

चिकित्सक संघको निर्वाचन रोक्न अन्तरिम आदेश

ललितपुर । उच्च अदालत पाटनले नेपाल चिकित्सक संघको निर्वाचन तत्कालका लागि रोक्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय ऋषिराम निरौला र दीपक खनालको संयुक्त इजलासले निर्वाचन प्रक्रिया नियमअनुसार पूरा नभएको ठहर गर्दै हाललाई निर्वाचन नगर्न तथा नगराउन आदेश दिएको हो। सोमबार निषेधाज्ञा सम्बन्धी रिटमाथि सुनुवाइ गर्दै अदालतले उक्त अन्तरिम आदेश सुनाएको हो। डा. अजय कुमार […]

समानुपातिकको बन्दसूची रुजु गर्ने काम सकियो, २७ गतेसम्म गल्ती सच्याउने समय

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ राजनीतिक दलहरूले बुझाएको बन्द सूचीसम्बन्धी कागजातको रुजु सम्पन्न गरेको छ । आयोगका तथ्यांक शाखाका निर्देशक पूर्णबहादुर घर्तीमगरका अनुसार पुस १६ गतेदेखि २० गतेसम्म दलहरूको बन्दसूचीमा रहेका कागजातहरूको जाँच गरिएको हो । रुजु गर्नेक्रममा देखिएका कैफियतहरू छुट्याएर सम्बन्धित राजनीतिक दललाई आइतबार साँझसम्म पत्रमार्फत जानकारी गराइने उनले जानकारी दिए । कागजात नपुगेका, […]

पदाधिकारी संख्या बढाउने रास्वपा केन्द्रीय समिति बैठकको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पदाधिकारीको संख्या थप गर्ने निर्णय लिएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले ४ जना पदाधिकारी थप गर्ने निर्णय गरेको हो । उपसभापति, महामन्त्री, सहमहामन्त्री र सहप्रवक्ता एक/एक जना थप गर्ने निर्णय भएको प्रवक्ता मनिष झाले जानकारी दिए । पार्टी एकीकरण एवं विस्तारको क्रममा पार्टीले […]

बयानका लागि जाँचबुझ आयोगले केपी ओलीलाई काट्यो पत्र

काठमाडौँ । जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ । सार्वजनिक रुपमै बयान दिन नजाने, किन जाने ? भन्दै प्रतिवाद गरिरहेका ओलीलाई आयोगले पत्र पठाएको हो । आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेको छ । लेखकको बयान सकिएसँगै पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको […]

घेरा र उकेरा लगाउनेबाट माथि उठ्न देउवालाई कोइरालाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य दिनेश कोइरालाले नियमित वा विशेष महाधिवेशनको विवादको जरा सभापति शेरबहादुर देउवा भएको बताएका छन् । सभापति देउवाले पद आशक्ति नदेखाए पार्टीभित्रको विग्रह समाप्त हुने कोइरालाले देउवालाई पत्र लेखेर बताएका छन् । ‘नेतृत्व हस्तान्तरण गर्नुहोस्, शक्ति र आशक्तिको काम नगर्नुहोस् । आफू एक कदम पछि हटेर पार्टी एकतालाई दुई कदम […]

दिल्ली उड्नुअघि प्रचण्ड र ओलीबीच २५ मिनेट एक्लाएक्लै वार्ता

काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच एक्लाएक्लै भेटवार्ता भएको छ। आइतबारै दिल्ली जान लागेका संयोजक प्रचण्डसँग एमाले अध्यक्ष ओलीले २५ मिनेट एक्लाएक्लै भेटवार्ता गरेका हुन्। प्रचण्डका प्रेस संयोजक गोविन्द आचार्यका अनुसार उनीहरूबीच च्यासलस्थित एक घरमा भेटवार्ता भएको हो। ‘उहाँहरूबीच च्यासलमा २५ मिनेट एक्लाएक्लै भेट भएको छ,’ उनले भने ‘उहाँहरूबीच […]

केकेआरबाट मुस्ताफिजुरलाई निकालेपछि बंगलादेशले विश्वकपका खेल भारतबाट श्रीलंकामा सार्न गर्‍यो माग

काठमाडौँ । बंगलादेश र भारतबीचको बिग्रँदो राजनीतिक सम्बन्धका कारण बंगलादेशले आगामी टी–२० विश्वकपका आफ्ना खेलहरू भारतबाट श्रीलंका सार्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) सँग माग गर्ने भएको छ। टी-२० विश्वकप २०२६ का खेल भारत र श्रीलंकामा हुँदैछन्। यो विवादको मुख्य कारण इन्डियन प्रिमियर लिग (आइपिएल) को टोली कोलकाता नाइट राइडर्स (केकेआर) बाट बंगलादेशी तीव्र गतिका बलर […]

मधेस प्रदेशका निलम्बित सांसद सिंहविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै

काठमाडौँ । मधेस प्रदेशका पूर्व राज्यमन्त्रीसमेत रहेका निलम्बित सांसद सरोज कुमार सिंहसहित १६ जनाविरुद्धको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ । विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । मधेस प्रदेशका पूर्व राज्यमन्त्रीसमेत रहेका सरोज कुमार सिंहविरुद्ध ३८ लाख ५० हजार ३ सय १९ रुपैयाँ […]