साना किसान विकास लघुवित्तले १४.२५ प्रतिशत बोनस शेयर वितरण गर्ने

काठमाडौ । “साना किसानको समृद्धि : कृषिको रुपान्तरण र उद्यमशिलताको विकास” भन्ने नाराका साथ स्थापित साना किसान विकास वित्तीय संस्था लिमिटेडले १४.२५ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेकाे छ । काठमाडौँमा सम्पन्न संस्थाकाे २४ औँ वार्षिक साधारणसभाले सो निर्णय गरेको हो ।    “यस वित्तीय संस्थाको २४औं वार्षिक साधारण सभामा शेयरधनीहरुलाई लगानीको प्रतिफल स्वरुप […]

केन्द्रीय सदस्यलाई प्रमाणपत्र बाँडेर सकियो एमाले बैठक

काठमाडौँ । पार्टी नियमावली संशोधन, राष्ट्रिय महाधिवेशनमा भएको खर्चका जानकारी, केन्द्रीय सचिवालय बैठकले गरेका निर्णयहरूको अनुमोदन र केन्द्रीय सदस्यहरूलाई प्रमाणपत्र वितरण गरेर नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो बैठक सकिएको छ । ललितपुरको एकान्तकुनास्थित मेजेस्टिक ग्रेन्ड पार्टी पार्टी प्यालेसमा बसेको बैठकले अध्यक्षले राखेको समसामयिक प्रस्ताव पारित गर्दै सकिएको एमाले प्रचार विभाग प्रमुख मीनबादुर शाहीले जानकारी दिए […]

रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा, जनार्दनलाई के भने ?

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाका आउँदो निर्वाचन रुकुम पूर्वबाट लड्ने घोषणा गरेका छन् । रुकुम पश्चिममा अहिले चलिरहेको नेकपाको एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले आउँदो चुनाव रुकुम पूर्वबाट लड्ने घोषणा गरेका हुन् । ‘अहिलेको चुनाव रुकुमबाटै लड्छु । म पूर्वी रुकुमबाट लड्ने छु,’ उनले भने, ‘पूर्वी रुकुमबाट चुनाव लड्ने […]

पुरानै घर फर्कन कुलमानलाई सहयात्रीको सुझाव

Saral sahayatri paudel

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग कुरा नमिलेपछि कुलमान घिसिङ अलग्गिएको चर्चा चुलिँदै जाँदा नेपाली कम्युनिष्ट पार्टीका नेता सरल सहयात्रीले उनलाई पुरानै पार्टीमा फर्कन सार्वजनिक अपिल गरेका छन् । सहयात्रीले सामाजिक सञ्जालमार्फत भावनात्मक र राजनीतिक सन्देश दिँदै कुलमानलाई आफ्नै घर फर्कन आग्रह गरेका हुन् । कुलमानलाई सुझाव दिदै सहयात्रीले भने, “आत्मकेन्द्रीत अहंकार त्यागेर प्रतिबद्धतामा उभिनुभयो […]

कुलमानबारे पार्टीमा रविको ब्रिफिङ : हरेक दिन नयाँ भाग मागेको माग्यै गरेपछि अघि बढ्न सकिएन

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले उज्यालो नेपाल पार्टीसँग भाँडिएको एकता प्रक्रियाबारे पार्टी बैठकमा ब्रिफिङ गरेका छन् । भर्चुअल माध्यमबाट केहीबेरअघि सुरु भएको रास्वपाको आकस्मिक सचिवालय बैठकको सुरुमै सभापति रवि लामिछानेले कुलमान पक्षले ल्याएका पछिल्ला मागहरूबारे ब्रिफिङ गरेका थिए । सचिवालयले उज्यालो नेपाल पार्टीसँग गरेको सहमति अनुमोदन नगर्ने निर्णय पनि भएको छ । उक्त निर्णयमा […]

तनहुँको शुक्लागण्डकीमा ३ जनाको शव फेला, हत्याको आशङ्का

पोखरा । तनहुँको शुक्लागण्डकीमा एकैदिन ३ जनाको शव फेला परेको छ । दुई पुरुष र एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । शुक्लागण्डकी नगरपालिका ५ कसेरीस्थित शुक्लागण्डकी नगरपालिकाको फोहोर मैला प्रशोधन केन्द्रमा दुई जना पुरुषको शव फेला परेको हो । मृतकमध्ये शुक्लागण्डकी नगरपालिका–११ राइपुरका नारायण विकको पहिचान खुलेको छ । फोहोर मैला केन्द्रमै […]

रविसँग एकता भाँडिएपछि कुलमानले आफैलाई घोषणा गरे उज्यालो नेपालको अध्यक्ष

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता भाँडिएपछि कुलमान घिसिङले आफैलाई उज्यालो नेपाल पार्टीको अध्यक्ष घोषणा गरेका छन्। निवर्तमान ऊर्जामन्त्री घिसिङ यसअघि उज्यालो नेपाल पार्टीका संरक्षक थिए भने पार्टीका अध्यक्ष अनुपकुमार उपाध्याय थिए। उज्यालो नेपालका प्रवक्ता राजु थापाले कुलमान अब पार्टीको अध्यक्ष बनेको र यसलाई केन्द्रीय समिति बैठकले अनुमोदन गर्ने जानकारी दिए। उज्यालो नेपालको केन्द्रीय समिति […]

इरानलाई ट्रम्पको चेतावनी : प्रदर्शनकारीमाथि दमन भए कारबाही गर्छौं

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सरकार ‘गम्भीर संकटमा’ परेको बताएका छन् । ट्रम्पले पछिल्ला केही हप्तामा प्रदर्शनकारीहरूले विभिन्न सहरहरूमा नियन्त्रण जमाएको उल्लेख गर्दै भनेका छन्, ‘यसरी अवस्था बदलिन्छ भन्ने कसैले कल्पना पनि गरेको थिएन ।’ उनले इरानको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको बताउँदै सरकारले पुनः प्रदर्शनकारीमाथि दमन बढाए कडा कारबाही गर्ने चेतावनी दिएका छन् […]

एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । दोस्रो केन्द्रीय कमिटी बैठक ललितपुरको एकान्तकुनास्थित मेजेस्टिक ग्रेन्ड पार्टी पार्टी प्यालेसमा बसेको हो । बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तयारी र रणनीतिका विषयमा छलफल हुनेछ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावलक्षित निर्देशन दिने बताइएको छ । बैठक आज एकै दिनमा […]

राष्ट्रपति पौडेल भेट्न कांग्रेस सभापति देउवा शीतल निवासमा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन् । आफ्नो निवास महाराजगन्जमा आफूलाई भेट्न आएका पार्टीभित्रको इतर समूहका नेता डा.शेखर कोइरालासँगको भेटघाट छोट्याएर देउवा राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका हुन् । भेटघाटको विषय के हो भन्ने खुलेको छैन । कांग्रेसभित्र विशेष महाधिवेशनको विवाद चलिरहेको र राष्ट्रपति पौडेल पनि […]