काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । दोस्रो केन्द्रीय कमिटी बैठक ललितपुरको एकान्तकुनास्थित मेजेस्टिक ग्रेन्ड पार्टी पार्टी प्यालेसमा बसेको हो ।
बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तयारी र रणनीतिका विषयमा छलफल हुनेछ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावलक्षित निर्देशन दिने बताइएको छ ।
बैठक आज एकै दिनमा सक्ने तयारी गरेको नेताहरूले बताएका छन् । ११औँ महाधिवेशनपछिको दोस्रो केन्द्रीय कमिटी बैठकका धेरै कार्यसूची नभएकाले एकै दिनमा सक्ने तयारी भएको केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिए ।







