विमलको कप्तानीमा नेपाल अाज युएर्इसँग भिड्दै

काठमाडौं, ३१ असार । विमल घर्ती मगरकाे कप्तानीमा रहेकाे नेपालकाे अन्डर २३ टिम र युएर्इबीच अाज बेलुका भिडन्त हुने भएकाे छ । एएफसी यू–२३ च्याम्पियनसिप क्वालिफायर्सअन्तर्गत समूह डी को पहिलो खेलमा नेपाल र युएई भिड्ने भएका हुन् । अल अइनस्थित ताहोनोनविन मोहम्मद स्टेडियममा याे खेल हुँदैछ । नेपाली समयअनुसार बेलुकी ८ः१० बजे हुने खेलमा नेपालले […]

११ एअाइजीसहित थुप्रै डिअाइजी र डिएसपी बनाउँदै गृहमन्त्री जनार्दन

काठमाडौँ, ३१ असार । नेपाल प्रहरीमा एकैसाथ ११ जना एअाइजी हुने भएका छन् । गृहमन्त्रालयले प्रहरीका विभिन्न पदमा बढुवाका लागि तयारी समेत गरिरहेकाे छ । स्राेतका अनुसार अाइतबारसम्म गृहले बढुवाका लागि सबै नामावली किनारा लगाउनेछ । प्रहरीमा एआइजी र डीआइजी पदमा रिक्त रहेका ठाउँमा बढुवाको प्रक्रिया अगाडि बढाइएकाे गृहमन्त्रालयले जनाएकाे छ । स्राेतका अनुसार बढुवा […]

साउन १२ गते अब मादल प्रतियोगिता हुँदै

पोखरा, ३१ असार । नेपाली लोकगीतकर्मी कल्याण शेरचनको ७१ औँ जन्मजयन्तीका अवसरमा आगामी साउन १२ गते राष्ट्रिय खुला मादल वादन प्रतियोगिता आयोजना गरिने भएको छ । स्व शेरचनको स्मृतिमा लोकसंस्कृति र लोकबाजाको संरक्षण गर्ने उद्देश्यले सांस्कृतिक संस्थान र कल्याण शेरचन स्मृति प्रतिष्ठानले काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा सो प्रतियोगिता आयोजना गर्न लागेको शुक्रबार यहाँ आयोजित पत्रकार […]

स्थानीय तहमा शिक्षाका कर्मचारी खटाउन सुरु, कार्यक्षेत्रमा अन्योल

काठमाडौँ, ३१ असार । शिक्षा मन्त्रालयले काठमाडौँ महानगरपालिकासहित विभिन्न स्थानीय तहमा आफ्ना कर्मचारी पठाउन सुरु गरेको छ । कर्मचारीले सरुवा पूर्व कार्यक्षेत्र र अधिकार स्पष्ट पार्न माग गरेपनि त्यसबारे निर्णय नहुँदै कर्मचारी स्थानान्तारण सुरु भएको छ । मन्त्रालयले बिहीबार र शुक्रबारको निर्णयबाट निर्वाचन सम्पन्न भएका पाँच महानगरपालिकासहित अन्य उपमहानर, नगरपालिका र गाउँपालिकामा क्रमशः कर्मचारी पठाउन […]

याैन धन्दामा सम्लग्न हाेटल सञ्चालकसहित तीन पक्राउ

दाेलखा, ३१ असार । दोलखा सदरमुकाम स्थित चरिकोटको एक होटलमा विगत ६ महिनादेखि लगातार यौन धन्दा चलाएको भन्दै प्रहरीले होटल सञ्चालक सहित ३ जनालाई पक्राउ गरेको छ । दोलखाका प्रहरी प्रमुख डिएसपी रामेश्वर कार्कीका अनुसार चरिकोट स्थित बसपार्कमा ‘तहल्का’ नामको होटल सञ्चालन गरेर बसेकी तामाकोशी गाउँपालिका-३ जफे स्थायी घर भएकी तारा काफ्लेले विगत ६ महिनादेखी […]

पाँचै आयुक्तलार्इ करोडका गाडी किन्न टेन्डर आह्वान

काठमाडौं, ३१ असार । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवसहित पाँचैजना आयुक्तका लागि महँगो गाडी खरिद गर्न निर्वाचन आयोगले टेन्डर आह्वान गरेको छ। तत्काल नयाँ गाडी आवश्यक नभएको र प्रक्रिया नपुर्‍याई महँगो गाडी खरिद गर्न नहुने अडान राखेका सचिव गोपीनाथ मैनालीलाई आयोगबाट सरुवा गरेपछि टेन्डर आह्वान गरिएको छ। प्रमुख निर्वाचन आयुक्त यादवसहित आयुक्तहरूको दबाबमा सचिव मैनालीलाई […]

अान्दोलन लम्बिएपछि दार्जिलिङमा खाद्य संकट बढ्यो

झापा, ३१ असार । दार्जिलिङमा अनिश्चितकालीन हडताल सुरु भएको शुक्रबार महिना दिन पुग्यो। ‘पहाडकी रानी’ भनिने दार्जिलिङ ‘युद्ध भूमिजस्तो’ देखिएको छ। सहरभरि हतियारधारी सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ। हडतालका कारण सिंगो दार्जिलिङको जनजीवन प्रत्यक्ष प्रभावित छ। आन्दोलनकारी अझै हडताल फिर्ता लिने पक्षमा छैनन्। ‘आन्दोलन गन्तव्यमा नपुगेसम्म हडताल जारी राख्ने पक्षमा छन् जनता,’ आन्दोलन अघि बढाउन बनेको […]

चीनमा ७५ हजार र जापानमा ७४ हजार विस्थापित

एजेन्सी । भीषण वर्षापछि आएको बाढीपहिरोमा परी चीनमा ७५ हजार जना र जापानमा ७४ हजार जना विस्थापित भएका छन् । उत्तरी चीनको जिलिन प्रदेश अन्तर्गत पर्ने योङजी जिल्लामा बाढी पहिरोका कारण ७५ सयभन्दा बढी घर क्षतिग्रस्त भएका छन् भने ७५ हजार बासिन्दा विस्थापित भएका छन् । मुसलधारे वर्षा गत बिहीबार बिहान ९ बजेतिर सुरु भएको […]

तीन घन्टा पैदल हिडेर स्कूल पुग्छन बालबालिका

काठमाडाैं, ३० असार । कक्षा १ मा पढ्ने सोनाम तामाङ दिनहुँ हिँडेर विद्यालय पुग्छन् । ६ वर्षीय सोनामलाई गोकर्णेश्वर महादेव मन्दिरबाट स्कुल पुग्न डेढ घण्टा लाग्छ । फर्किन त्यति नै समय लाग्छ । दिनमा तीन घण्टा हिँडेर सुन्ताखानको भीमदेव आधारभूत स्कुल पुग्छन् उनी । उनका दुई दिदी पनि हिँडेरै स्कुल जान्छन् । ८ वर्षीया दिदी […]

विमान दुर्घटनाको छानबिन औपचारिकता मात्रै सीमित

काठमाडाैं, ३० असार । सामान्यतया नेपालमा जहाज दुर्घटनापछि गठन हुने छानबिन आयोगका प्रतिवेदन औपचारिक कार्यक्रम आयोजना गरी सार्वजनिक गर्ने परम्परा छ । त्यसक्रममा मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, निजी क्षेत्रका वायुसेवा कम्पनी तथा सरोकारवाला निकायलाई आमन्त्रण गरिन्छ । आयोगले अध्ययनका क्रममा तयार पारेको प्रतिवेदनमाथि व्यापक छलफल भई विभिन्न सुझाब कार्यान्वयनको प्रतिबद्धता व्यक्त गरिन्छ । तर, […]