अन्तर्राष्ट्रिय उडानमा वायुसेवा निगमले थप्यो नयाँ गन्तब्य तालिका

अषार १०, काठमाडौँ / नेपाल वायुसेवा निगमबाट अन्तर्राष्ट्रिय गन्तव्य बढाउँदै लैजान विभिन्न प्रयास थालिएको छ । जस अनुसार दिल्ली सेक्टरका लागि हप्ताको १४ उडान भइरहेकोमा २१ बनाउने योजना अनुसार स्लट प्राप्त भइसकेको  निगमले  सोमबार प्रेस बिज्ञप्ति मार्फत जानकारी गराएको छ । जसअनुसार अब दिल्लीका लागि प्रति हप्ता ११ उडान रहेकोमा हाल १४ पु¥याइएको छ । […]

दैलेखको पेट्रोलियम पदार्थ अन्वेषण गर्न चिनियाँ टोली आउँदै

दैलेख, १० असार । जिल्लाका सिरिस्थान नावीस्थान, कोटिला, धुलेश्वर लगायत क्षेत्रमा रहेको पेट्रोलियम पदार्थ अन्वेषणका लागि चिनियाँ प्राविधिक टोली आउने भएको छ । जमिनमुनिबाट पेट्रोलियम ग्यास निस्किरहेको पञ्चकोशी क्षेत्रमा पेट्रोलियम अन्वेषण औपचारिकरुपमा सुरु गर्न चिनियाँ टोली आउन लागेको हो। नेपाल र चीनबीच लामो छलफलपछि चीनको विशेषज्ञ टोली ग्याँस अन्वेषणका लागि यही असार १५ गते दैलेख […]

राष्ट्रिय शिक्षा ऐनको मस्यौदाः बोर्डको अध्यक्षमा खुला प्रतिस्पर्धा हटाएर सिधै शिक्षासचिव !

काठमाडौं । शिक्षा मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा खुला प्रतिस्पर्धाको व्यवस्था हटाएर सिधै शिक्षा सचिव अध्यक्ष बन्ने व्यवस्था सहित राष्ट्रिय शिक्षा ऐनको मस्यौदा तयार पारेका छन् । हाल अर्थ मन्त्रालयको स्वीकृतिपश्चात् कानुन मन्त्रालयमा रायका लागि पठाइएको ऐनको मस्यौदामा यस्तो व्यवस्थाको प्रस्ताव गरिएको हो । हाल राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष खुला प्रतिस्पर्धाबाट छनोट हुने गरेको छ । […]

विप्लवको बन्द : ठाउँठाउँमा बम, यातायात ठप्प, जनजीवन प्रभावित

काठमाडौं १० असार । सर्लाहीमा प्रहरी कारवाहीमा मारिएका आफ्ना जिल्ला नेता कुमार पौडेलको हत्याको विरोधमा विप्लव समूहले गरेको बन्दको असर शैक्षिक संस्थामा सबैभन्दा बढी परेको छ । शैक्षिक संस्था पूर्णरुपमा बन्द भएका छन् भने लामो दूरीका सवारीसाधन पनि ठप्प छन् । प्रहरीका अनुसार काठमाडौं उपत्यकामा बाहिरबाट आएका सवारी साधन प्रवेश गरेका छन् भने यहाँ पनि […]

आर्थिक कूटनीतिलाई प्राथमिकता ‘सबैसँग मित्रता कसैसँग छैन शत्रुता’- परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौँ, १० असार। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले परराष्ट्र नीतिको सफलता राज्यको एक्लो प्रयासबाट नभई सबै पक्षको सहयोगबाट मात्रै हुने बताएका छन् ।साथै मित्रराष्ट्रसँगको सम्बन्ध विस्तारलाई मन्त्रालयले प्राथमिकतामा राखेको उनको भनाइ थियो । आर्थिक वर्ष २०७६/७७ को विनियोजन विधेयकको मन्त्रालयगत शीर्षकको छलफलमा उठेका प्रश्नको सोमबार जवाफ दिँदै परराष्ट्रमन्त्री ज्ञवालीले आर्थिक कूटनीतिलाई सरकारले प्राथमिकतामा राखेको बताए । आधारभूत […]

साइप्रस शृङ्खलाबद्ध हत्या: नेपाली महिलासहित सात जनाको हत्या गर्ने पूर्वसैनिकलाई ‘सातवटा जन्मकैद’

पाँच विदेशी महिला र दुई बालबालिकाको नियतवश हत्या गरेको अभियोगमा ग्रिसेली मूलका साइप्रसका एक सैन्य अधिकृतलाई दोषी ठहर गर्दै सातवटा आजीवन कारावासको सजाय सुनाइएको छ। उनले हत्या गरेकामध्ये एक महिला नेपाली नागरिक थिइन्। उनले हत्या गरेका दुई बच्चा छदेखि आठ वर्षका थिए। नेपाली महिलाको नाम अस्मिता खड्का बिष्ट भएको बताइएको छ। उनको गत वर्ष हत्या भएको […]

गुठी विधेयक खारेजीको माग गर्दै फेरी चर्कियो आन्दोलन( फोटो फिचर / भिडियो )

काठमाडौँ, १०, असार । सरकारले संसदमा पेश गरेर फिर्ता लिएको गुठी विधेयक खारेज गर्नुपर्ने मागसहित सोमबार काठमाडौं, ललितपुर ,किर्तिपुर लगाएतका स्थानमा बिरोध र्ह्याली निकालिएको छ । गुठी विधेयक खारेजीको माग राख्दै आएको राष्ट्रिय पहिचान संरक्षण संघर्ष समिति र नेवार समुदाय छाता संगठन नेवा दे दबु: सम्मिलित समाज तथा गुठिले १२ स्थानमा साँझ बिरोध र्ह्याली गरेका […]

इजिप्टमा महिलाहरू किन खान थाले यौन इच्छा बढाउने ‘फिमेल भायग्रा’ ?

इजिप्ट महिलामा यौनेच्छा बढाउने औषधिको उत्पादन र वितरण गर्न अनुमति दिने पहिलो अरब राष्ट्र बनेको छ। “मलाई निद्रा र रिङ्गटा लागेजस्तो भयो र मुटुको ढुकुढुकी बढ्यो।” ‘फिमेल भायग्रा’ भनिएको औषधि सेवन गरेपछि लेलाले यस्तो अनुभव गरिन्। महिलाका लागि बनाइएको सो औषधिको रासायनिक नाम फ्लिब्यान्सेरिन हो। पहिलो पटक सो औषधिले तीन वर्षअघि अमेरिकामा प्रयोगको अनुमति पाएको […]

शाकिबले रेकर्डको वर्षा गर्दा बंगलादेशसंग अफगानिस्तान पराजित

इंग्ल्याण्डमा जारि आईसीसी एकदिवसीय विश्वकप अन्तर्गत ३१ औं खेलमा बंगलादेशले अफगानिस्तानलाई ६२ रनले पराजित गरेको छ। जितसंगै बंगलादेश विश्वकप अंकतालिकाको पाँचौ स्थानमा उक्लेको छ र सेमीफाइनल पुग्ने सम्भावनालाई जिवितै राखेको छ। ७ खेलमा बंगलादेशले ३ जित, ३ हार र १ नतिजाविहिन अंकसहित ७ अंकनै बटुलेको छ। प्रतियोगितामा यस अघि बंगलादेशले वेस्ट इन्डीज र दक्षिण अफ्रीकालाई […]

मन्त्री यादव भेट्न सिंहदरबार पुगेका कपास उद्योगीको ज्ञापनपत्र खोसियो

कठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवलाई मन्त्रालयमा समय लिएर भेट्न पुगेका नेपाल कपास उद्योग तथा सिरक डसना व्यवसायी महासंघको पदाधिकारीको ज्ञापनपत्र खोसिएपछि आक्रोशित उनीहरुले मागको बेवास्ता गरेकाले आफूहरु प्रतिकारमा उत्रने चेतावनी दिएका छन् । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी महासंघले अवैधानिक घुम्ती उद्योग रोकेर कारबाही नगरे आफूहरुले अवैधानिक कार्यविरुद्ध प्रतिकारमा उत्रन वाध्य […]