जसपा नेता वीरेन्द्र महतो जनमत पार्टी प्रवेश, सिराहा-४ बाट चुनाव लड्न पाए टिकट

काठमाडौँ । अशोक राई नेतृत्वको जसपाका नेता डाक्टर वीरेन्द्र महतो जनमत पार्टीमा प्रवेश गरेका छन् । पार्टी प्रवेशसँगै उनले सिराहाको क्षेत्र नम्बर ४ बाट चुनाव लड्न टिकट पाएका छन् । जसपाबाट रेनु यादवलगायत जसपा नेपालमा आए पनि वीरेन्द्र महतो तटस्थ रहेका थिए । क्षेत्र नम्बर ४ मा जसपा नेपालबाट राजकिशोर यादवले दाबी गरेका छन्।  त्यहाँ […]

आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा समूह

काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत पुगेको छ । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूह सर्वोच्च अदालत पुगेकाे हाे । नेता पूर्णबहादुर खड्काको नेतृत्वमा रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेको अधिवक्ता लक्ष्मी दाहाल रावलले जानकारी दिइन् । उनका अनुसार रिट निवेदन दर्ता हुने प्रक्रियामा रहेको छ […]

राष्ट्रियसभाको पहिलो बैठक पाँच मिनेट बसेर स्थगित

काठमाडौँ । राष्ट्रियसभाको पहिलो बैठक पाँच मिनेट बसेर स्थगित भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट आह्वान भई आजका लागि बोलाइएको बैठक पाँच मिनेटमा स्थगित भएको हो । आजको बैठकमा शून्य समय, विशेष समय वा कुनै पनि एजेन्डा थिएनन् । दुई वटा शोक प्रस्ताव पारित गरेपछि सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठक स्थगित गरेका छन् । अब […]

प्रलोपा कैलालीको सिफारिसमा जनयुद्धका डाक्टरदेखि युवा व्यवसायीसम्म

धनगढी । प्रगतिशील लोकतान्त्रिक पार्टीले कैलालीबाट आगामी निर्वाचनको लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । पुस २८ गते जिल्ला पार्टीले कैलाली निर्वाचन क्षेत्र नं. १, २, ३ र ५ बाट आगामी फागुन २१ ग्ते हुन लागेको प्रतिनिधिसभा निर्वाचनको लागि उम्मेदवारको नाम केन्द्रमा पठाएको हो । जिल्ला प्रमुख लक्षिराम चौधरी र इन्चार्ज विमला सिंहले कैलाली निर्वाचन […]

आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपालले थाइल्यान्डलाई दियो १२३ रनको लक्ष्य

काठमाडौं । आईसीसी महिाल टी-२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा नेपालले थाइल्यान्डलाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा अलआउट हुँदै १२२ रन बनायो । नेपालका लागि बिन्दु रावलले सर्वाधिक ४४ रन बनाइन् । सम्झना खड्काले ११ बलमा २६ रन बनाइन् । रुबिना क्षेत्रीले दुई छक्का र […]

मेयर पदबाट राजीनामा दिँदै बालेन, आजै रास्वपा बैठकमा सहभागी हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आज पदबाट रानीनामा दिँदै छन् । केहीबेरमा राजीनामा दिएर उनी आज दिउँसो २ बजे बस्ने रास्वपाको केन्द्रीय कमिटी बैठकमा सहभागी हुने तयारीमा छन् । रास्वपाको केन्द्रीय कमिटी बैठकबाट प्रतिनिधि सभा सदस्य निर्वाचनको उम्मेदवार टुंगो लगाइँदै छ । उम्मेदवार टुंगो लगाएर सभापति रवि लामिछाने र बालेन आजै जनकपुर जाने […]

आधिकारिकता दाबी गर्दै कांग्रेसको देउवा समूह आज सर्वोच्च जाँदै

काठमाडौं । नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूह सर्वोच्च अदालत जाँदै छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज सर्वोच्च अदालतमा रिट दर्ता गर्न जाने बताए । देउवा समूहको शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध राजनीतिक र […]

एमालेले आज काठमाडौंमा प्रदर्शन गर्दै, केपी ओलीले सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन एवम् जनसभा गर्ने भएको छ । एमाले बागमती प्रदेश कमिटीको आयोजनामा आज दिउँसो काठमाडौंको भृकुटीमण्डपमा निर्वाचनकेन्द्रित जनप्रदर्शन आयोजना गरेको हो । भृकुटीमण्डपबाट सुरु हुने जनप्रदर्शन प्रज्ञाभवन कमलादीमा पुगेर जनसभामा परिणत हुने प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुंगेलले जानकारी दिए । मध्यान्ह १२ बजेदेखि हुने प्रदर्शनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले […]

बागमती प्रदेशको पुँजीगत खर्च ६ महिनामा ९ प्रतिसत मात्र

काठमाडौं । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनाको अवधिमा पुँजीगततर्फ निकै न्यून अर्थात् आठ दशमलव ९९ प्रतिशत मात्र खर्च गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयको तथ्याङ्कअनुसार साउनदेखि पुससम्मको अवधिमा कुल बजेटको १४ दशमलव १० प्रतिशत मात्र खर्च भएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई दशमलव १७ […]

एमालेले पनि अघि सार्यो आफ्नो प्रधानमन्त्री

काठमाडौँ । नेकपा एमालेले आगामी प्रतिनिधिसभा निर्वाचनमा अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने स्पष्ट राजनीतिक सन्देश अघि सारेको छ। शनिबार सम्पन्न सचिवालय बैठकले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा औपचारिक रूपमा अगाडि सार्दै पार्टी पूर्ण बहुमतसहित सरकार गठन गर्ने लक्ष्यमा दृढतापूर्वक अघि बढ्ने निर्णय गरेको सचिव महेश बस्नेतले बताएका छन् । बैठकले सोही निर्णयअनुसार देशभरका अधिकांश […]