भीमफेदी कारागारमा एक थुनुवाको लडेर मृत्यु

हेटौंडा, ११ माघ। शौचालय जाने समयमा लडेका एक थुनुवाको मृत्यु भएको छ । मकवानपुरको भीमफदी गाउँपालिकामा रहेको भीमफेदी कारागारमा लागू औंषध मुद्दामा सजाय काटिरहेका बारा जिल्लाका गढीमाई नगरपालिका–१० का ४५ वर्षीय अजयप्रसाद जैसवालको मृत्यु भएको हो। कारागार प्रमुख मदन लामा थिङका अनुसार सोमबार बिहान शौचालय जाँदा लडेर बेहोस भएका जैसवाललाई भीमफेदीमा सामान्य उपचार गरी थप […]

बारामा दुलाहा–दुलही बोक्ने रथले किचेर दुई जनाको मृत्यु, १२ घाइते

वीरगञ्ज, ११ माघ । बाराको आदर्शकोतवाल गाउँपालिकामा दुलाहा(दुलही बोक्ने रथले किचेर दुई जनाको मृत्यु भएको छ । आदर्शकोतवाल गाउँपालिका–३ बत्रा बस्ने २५ वर्षीया बालकुमारी देवी राम र १६ वर्षीया निलम कुमारी रामको मृत्यु भएको वडा अध्यक्ष धर्मेन्द्र यादवले जानकारी दिए । रथ अचानक तीव्र गतिमा कुदेको र अगाडी रहेका मानिसहरुलाई किच्दा दुई जनाको घटनास्थलमै मृत्यु […]

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ को माघ

माघ १०,काठमाडौँ – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ। महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले आज विज्ञप्ति जारी गर्दै कोरोना महामारीबीच व्यवसायीले बैंक तथा वित्तीय संस्थाको ब्याज एवम् किस्ता बुझाउन नसकेको उल्लेख गर्दै गत असारदेखि हालसम्म पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेका हुन् । बिज्ञप्तिमा भनिएको […]

सुनाकोठीको चोरिएको मूर्ति खोज्न अनुसन्धान टोली गठन

ललितपुर, १० माघ । ललितपुरको सुनाकोठीबाट चोरिएको बालकुमारी माईको मूर्ति खोजीका लागि लागि पाँच सदस्यीय अनुसन्धान टोली गठन गरिएको छ । प्रहरी नायव निरीक्षक दीपक भारतीको संयोजकत्वमा उक्त अनुसन्धान टोली गठन गरिएको प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए । उनले भने, ‘प्राविधिक सहित अनुसन्धानका लागि टोली गठन गरेका छौं, अनुसन्धानका टुल्सहरु प्रयोग […]

नालामा फसेर गैंडा मरेको विषयमा अनुसन्धान गर्न सहायक वार्डेनलाई जिम्मा

चितवन । सडकको नालामा फसेर दुर्लभ एकसिंगै गैंडा मरेको विषयमा अनुसन्धान गर्न चितवन राष्ट्रिय निकुञ्जले सहायक वार्डेन (संरक्षण अधिकृत)लाई जिम्मेवारी तोकेको छ । अनुसन्धान गर्न सहायक वार्डेन राजु घिमिरेलाई जिम्मेवारी दिइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्याले जानकारी दिए । निर्माणाधीन ६ लेनको गोन्द्राङ-पुलचोक सडकको प्रहरी चेकपोष्ट टिकौली जंगल नजिक नालामा फसेर आइतबार एउटा भाले […]

यी पाँच प्रमुख कारणले नेपालको अर्थतन्त्र जोखिममा रहेको विश्व आर्थिक मञ्चको पहिचान

काठमाडौं । विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमिक फोरम) ले सन् २०२२ मा नेपालका लागि पाँचवटा जोखिम पहिचान गरेको छ। यस वर्ष मञ्चले सार्वजनिक गरेको ‘ग्लोबल रिस्क रिपोर्ट’ले नेपाल विभिन्न पाँच कारणले जोखिममा पर्न सक्ने चेतावनी दिएको छ। मञ्चका अनुसार जोखिम १ अन्तर्गत नेपालले काम गर्ने उमेरका जनसङ्ख्या लागि कामको सम्भावना र मापदण्डको संरचनात्मक ह्रासको सामना […]

शेखर पक्षको भर्चुअल भेला: गठबन्धनलाई चुनावसम्म लैजान नहुने निष्कर्ष

काठमाडौं, १० माघ । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सत्तारूढ गठबन्धनसँग मिलेर चुनाव जाने तयारी गरिरहेको भन्दै कांग्रेसका संस्थापनइतर समूहले आक्रोश पोखेको छ। नेता शेखर कोइरालाले आफ्नो समूहका नेताहरूसँग त्यसबारे सोमबार भर्चुअल रूपमा संवाद गरेका छन्। सभापति देउवा गठबन्धनसँग मिलेर चुनावमा जान खोजिरहेको विषयमा कोइरालाले नेताहरूको राय लिएका थिए। ‘आफ्ना केही नजिकका मानिसहरूलाई […]

कर्णालीका मुख्यमन्त्री शाहीको सम्पत्ति : ५६ तोला सुन, ठाउँ–ठाउँमा जग्गा

सुर्खेत, १० माघ । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री भएको करिब चार महिनापछि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा राखिएको सम्पत्ति विवरणअनुसार ५६ तोला सुन, २ किलो चाँदी, ९५ लाखको कार र ठाउँ–ठाउँमा जग्गा रहेको उल्लेख गरिएको छ । हुम्लाको सिमकोट ६ […]

चोरीका आरोपीलाई मुद्दा नचलाइ छाडेको अभियोगमा इन्स्पेक्टरको जिम्मेवारी खोसियो

काठमाडौं, १० माघ । महानगरीय अपराध अनुसन्धान महाशाखाअन्तर्गत रहेर प्रहरी परिसर, ललितपुरमा कार्यरत प्रहरी निरीक्षक सानुकान्छा रम्तेल जिम्मेवारीबाट हटाइएका छन् । चोरीको घटनामा आरोपीलाई मुद्दा नचलाइ छाडेको अभियोगमा छानविनका लागि उनलाई जिम्मेवारीबाट हटाइएको महाशाखाका एसएसपी वसन्तबहादुर कुँवरले बताए । प्रहरीका अनुसार ललितपुरको गोदावरीमा सुजन बराइलीले सञ्चालन गरेको सुन पसलमा केही अघि चोरी भएको थियो । […]

दाङ कारागारबाट भागेका कैदी नाइके भारतमा पक्राउ

दाङ । घोराही कारागारबाट भागेका कैदी यमराज परियार पक्राउ परेका छन्। उनलाई भारतबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। एक महिना पहिले कारागारबाट अस्पताल जाने भनी निकालिएका परियार भागेका थिए। उनलाई जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द रिजालको कमान्डमा खटिएको प्रहरी टोलीले भारतबाट पक्राउ गरेको हो। कारागारबाट अस्पताल लैजाने भनेर उनलाई प्रहरी […]