एमाले केन्द्रीय निर्वाचन कमिटी सदस्य पौडेलद्वारा पार्टी परित्याग

बुटवल । नेकपा एमाले केन्द्रीय निर्वाचन कमिटी सदस्य खुमाकान्त पौडेलले पार्टी परित्याग गरेका छन् । पौडेल रुपन्देही क्षेत्र नं २ अन्तर्गत तिलोत्तमा नगरपालिका ३ का बासिन्दा पौडेलले पार्टी जिल्ला अध्यक्ष यज्ञ गैरेलाई सम्बोधन गरी राजीनामा पत्र लेखेका छन् । राजीनामा पत्रमा पौडेलले पछिल्लो समय पार्टीमा मौलाएको अधिनायकवाद, नातावाद, खोक्रो राष्ट्रवाद, भ्रष्टाचार, गाली बेइज्जती संस्कृति, मोलाहिजा […]

ट्रम्पको धम्की- जसले ग्रिनल्याण्ड कब्जाको विरोध गर्छ, त्यसलाई भन्सार शुल्क लगाउँछु

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डलाई अमेरिकामा गाभ्ने अमेरिकी निर्णयविरुद्ध बोल्ने देशहरूलाई खुला धम्की दिएका छन्। ट्रम्पले कुनै पनि देशले ग्रिनल्याण्ड कब्जा गर्ने उनको योजनामा साथ नदिए ती देशहरूमाथि अत्यधिक भन्सार शुल्क लगाउने बताएका छन्। ट्रम्पले शुक्रबार ह्वाइट हाउसमा आयोजित एक बैठकमा उक्त अभिव्यक्ति दिएका हुन् । यद्यपि, उनले कुन-कुन देशमाथि भन्सार शुल्क लगाइनेछ […]

कांग्रेस बैठकका ६ बुँदे निर्णय सार्वजनिक (पूर्णपाठ)

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले गरेका ६ बुँदे निर्णय सार्वजनिक गरिएको छ। शनिबार सभापति गगन थापाको सभापतित्वमा नयाँ बानेश्वरमा बसेको बैठकले निर्वाचन आयोगको पछिल्लो निर्णयलाई स्वागत गर्दै पार्टी एकता, आगामी निर्वाचन र पूर्वसभापति शेरबहादुर देउवाको भूमिका लगायतका विषयमा निर्णय गरेको हो। बैठकपछि पार्टी प्रवक्ता देवराज चालिसेले सार्वजनिक गरेको निर्णयअनुसार कांग्रेसले निर्वाचन आयोगको निर्णयलाई […]

एकता र सद्भाव कायम राख्दै पार्टीलाई नयाँ उचाइमा पुर्‍याउन कांग्रेस केन्द्रीय समिति बैठकको अपिल

काठमाडौँ । नेपाली कांग्रेसले एकता र सद्भाव कायम राख्दै पार्टीलाई नयाँ उचाइमा पुराउन देशभरका नेता तथा कार्यकर्तालाई अपिल गर्ने निर्णय गरेको छ । शनिबार काठमाडौंमा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीभित्रको एकता, आपसी सद्भाव र सहकार्यबाटै निर्वाचन लगायतका चुनौतीहरू सामना गर्न सकिने भन्दै एकता र सद्भाव कायम राख्दै अघि बढ्न देशभरका नेता तथा कार्यकर्तालाई अपिल […]

देउवाले अभिभावकको भूमिका निर्वाह गर्ने अपेक्षा छ : कांग्रेस सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा लगायतका नेताहरुबाट अभिभावकको भूमिका निर्वाह हुने अपेक्षा गरेको बताएका छन् । शनिबारको केन्द्रीय समिति बैठकअघि पत्रकारहरुसँग कुरा गर्दै थापाले देउवासहित वरिष्ठ नेता शेखर कोइराला र कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायतबाट अभिभावक र संरक्षकको भूमिका निर्वाह हुने अपेक्षा गरेको बताएका हुन् । कांग्रेसका विमती […]

सर्वोच्च अदालत जाने कांग्रेस देउवा समूहको निर्णय

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले कानूनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको छ । आज बसेको बैठकले आधिकारिकताबारे निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने निर्णय गरेको नेता प्रकाशशरण महतले जानकारी दिए । ‘कानूनी उपचार र राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेका छौं’, नेता महतले भने, ‘ हामी भोलि (आइतबार)सर्वोच्च जान्छौं ।’ नेता महतले […]

टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ

काठमाडौं । आगामी फेब्रुअरी-मार्चमा भारत र श्रीलंकामा हुने आईसीसी टी-२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार एक कार्यक्रमको आयोजना गरी नेपाली टोलीको बिदाइ गरेको हो । नेपाली टोलीले विश्वकप अघि श्रीलंका र भारतमा गएर अभ्यास शृंखला पनि खेल्ने भएकाले टोलीलाई आज नै बिदाइ गरिएको हो […]

टिकट बाँड्न कांग्रेसले बनायो संसदीय बोर्ड

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार चयन गर्न संसदीय बोर्ड गठन गरेको छ। पार्टीको विधानअनुसार संसदीय बोर्ड गठन गरिएको कांग्रेसले जनाएको छ। पार्टीका तल्ला निकायहरूको सिफारिसका आधारमा अब यो संसदीय बोर्डले उम्मेदवारहरू चयन गर्नेछ। उपसभापति विश्वप्रकाश शर्माका अनुसार १६५ क्षेत्रमै कांग्रेसले उम्मेदवारी दिनेछ। उम्मेदवारी दर्ता माघ ६ गते छ। कांग्रेसले सभापति गगन थापा, उपसभापतिहरु […]

सञ्चारमन्त्री खरेल भन्छन् : संसदमा जाने रहर छ, चुनाव लड्छु

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा आफू पनि उम्मेदवार बन्ने बताएका छन्। शनिबार ललितपुरको महालक्ष्मीस्थानमा आयोजित नेपाल पत्रकार महासंघको एशोशियट प्रदेश समितिको दोस्रो सम्मेलनमा बोल्दै मन्त्री खरेलले आगामी निर्वाचनमा आफू पनि उम्मेदवार बन्ने बताएका हुन्। ‘अबको चुनाव कहीँ न कहीँ प्रतिनिधित्व गरी लड्छु। संसदमा जाने मेरो […]

मस्कको एआई कम्पनीमाथि उनकै छोराकी आमाले हालिन् मुद्दा

वासिङ्टन डीसी । अमेरिकी खर्बपति व्यापारी एलन मस्कका एक सन्तानकी आमाले उनको कृत्रिम बौद्धिकता कम्पनीमाथि मुद्दा हालकी छिन् । एक्सएआई कम्पनीको एआई च्याटबोट ग्रोकले आफ्नो अश्लील डिपफेक तस्बिर बनाएको भन्दै एश्ले सेन्ट क्लेयरले न्यूयोर्कमा मुद्दा दायर गरेकी हुन् । ग्रोकले आफ्नो सहमति बिना यौनजन्य डीपफेक तस्बिरहरू बनाएको उनको आरोप छ । ग्रोकले वास्तविक व्यक्तिहरूलाई डिजिटल […]