एकाबिहानै जानकी मन्दिरको आरतीमा पुगेर बालेन गरे पूजा, त्यसपछि शहिदको शालिकमा माल्यार्पण

धनुषा । काठमाडौँ महानगरपालिकाका पूर्वमेयर तथा रास्वपा नेता बालेन्द्र शाह (बालेन) आज बिहानै जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिर पुगेका छन्। मन्दिरमा नियमित हुने बिहानी आरतीमा सहभागी हुन बालेन त्यहाँ पुगेका हुन्। जानकी मन्दिर दर्शनका क्रममा बालेन एक्लै थिएनन्, उनीसँगै प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंह पनि उपस्थित थिए। दुवै जनाले सँगै बसेर आरती अवलोकन गर्नुका साथै पूजाअर्चना […]

नर्सिङ परिषद सदस्यमा पत्रकार निर्जला कक्षपती नियुक्त

Nirjala kakshapati

काठमाडौं । नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल नर्सिङ परिषद् (Nepal Nursing Council) को सदस्य पदमा शिक्षा पत्रकार निर्जला कक्षपतीलाई नियुक्त गरेको छ । अन्तरिम सरकारकी स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा शर्मा गौतमस्तरीय निर्णयबाट शुक्रबार कक्षपतीलाई परिषद्को सदस्यमा नियुक्त गरिएको हो । उनलाई नेपाल नर्सिङ परिषद् ऐन २०५२ को दफा ५ उपदफा १ […]

गोरखा–२ मा बाबुराम भट्टराईले लेखनाथ न्यौपाने र मिलन चक्रेसंग प्रतिस्पर्धा गर्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने भएका छन् । भट्टराईले सामाजिक सञ्जालमार्फत आफू उम्मेदवारी दिने निर्णयमा परेको जानकारी गराएका छन् । गोरखा–२ बाट प्रगतिशिल लोकतान्त्रिक पार्टीको चुनाव चिन्हमा उम्मेदवारी दिने निर्णयमा पुगेको उनले बताएका छन् । ‘गोरखा–२ का पार्टीसाथीहरू, आम मतदाता, अन्य दलभित्रका समेत शुभचिन्तकहरूको जोडबल र देशको अन्योलपूर्ण […]

सर्वोच्चले उल्ट्याइदियो नदी किनाराको २० मिटर मापदण्डको फैसला

काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाका बागमती लगायत नदी किनारमा प्रचलित मापदण्डबाहेक थप २० मिटर क्षेत्र छोड्नुपर्ने यसअघिको फैसला उल्ट्याइदिएको छ । न्यायाधीशहरू सुनीलकुमार पोखरेल, बालकृष्ण ढकाल र नृपध्वज निरौला सम्मिलित पूर्ण इजलासले संक्षिप्त आदेश जारी गरेको हो । अदालतले यसअघि संयुक्त इजलासबाट भएको फैसला कानुन र न्यायको रोहमा मिलेको नदेखिएको भन्दै त्यसलाई बदर गरिदिएको […]

निर्वाचन तालिका स्थगित गर्नुपर्ने माग लिएर देउवा समूह आयोग पुग्दै

काठमाडौं।  नेपाली कांग्रेसको वैधानिकता गुमाएको शेरबहादुर देउवा समूहले फागुन २१ गतेका लागि तय भएको निर्वाचन तालिका स्थगित गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिँदैछ । निर्वाचन आयोग र वैधानिकता पाएका सभापति गगन थापाविरुद्ध सर्वोच्च अदालतमा रिट हालिसकेको देउवा समूहले अब फेरि निर्वाचन आयोग गुहार्न लागेको हो । पत्र लिएर पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेल र […]

घण्टीघरमा वरिष्ठ नेताको पदभार ग्रहण गरेर फर्किए बालेन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले पदभार ग्रहण गरेका छन् । रास्वपा प्रवेश गरेको २१ दिनपछि आइतबार औपचारिक रूपमा केन्द्रीय कार्यालय घण्टीघर पुगेर बालेनले पदभार ग्रहण गरेका हुन् । घण्टीघरमा उनलाई रास्वपा सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याललगायतले स्वागत गरे । पदभार ग्रहण गरेलगत्तै शाह पार्टी कार्यालयबाट निस्किएका छन् । उनी […]

राजीनामा दिएर तामझामसहित घण्टीघर पुगे बालेन शाह, बजाए घण्टी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले पदबाट राजीनामा दिएका छन्। उनले आज महानगरपालिकाकी उप–प्रमुख सुनिता डंगोलसमक्ष आफ्नो राजीनामा पत्र बुझाएका हुन् । उपप्रमुखको कार्यालयमा दर्ता भएको उक्त राजीनामा पत्रमा शाहले नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा काठमाडौँ महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था बमोजिम स्वेच्छाले राजीनामा दिएको उल्लेख गरेका छन् । मेयर […]

बसको ठक्करबाट ३२ वर्षीया शिक्षकको निधन

प्युठान । बसको ठक्करबाट एक शिक्षकको ज्यान गएको छ । ज्यान गुमाउने शिक्षक  नौबहिनी गाउँपालिका–४, खवाङकी ३२ वर्षीया रिमा गिरी हुन् । उनी अन्धनासक मावि लिघाकी शिक्षक थिइन् । आफ्नै घर अगाडि लु. १ ख. ८४७९ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएकी  गिरीलाई उद्धार गरी अस्पताल लौजादै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको हो ।

जेसीआई मकवानपुरगढीको अध्यक्षमा इरोज न्यौपाने

हेटौँडा । जेसीआई मकवानपुरगढीको वर्ष २०२६ का लागि अध्यक्ष पदमा ईरोज न्यौपाने निर्वाचित भएका छन् ।  शनिबार सम्पन्न संस्थाको साधारण सभाबाट न्यौपाने सर्वसम्मत रूपमा अध्यक्ष निर्वाचित भएका हुन् । मकवानपुर बहुमुखी क्याम्पसका कर्मचारी समेत रहेका उनी युवा समाजसेवीको रुपमा स्थापित छन् । कार्यकारिणी उपाध्यक्ष पदमा भने सुवास अधिकारी र सुजन सापकोटा निर्वाचित भएका छन् । […]

पुस महिनामा ५१ हजार बढी घरजग्गाको कारोबार

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पुसमा घरजग्ग कोबार बढेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कले देशभर पुसमा  ५१ हजार ८८८ वटा घरजग्गा कारोबार भएको छ। यो कारोबार मंसिरको तुलनामा २५६ वटा बढी हो। मंसिरमा देशभर ५१ हजार ६३२ वटा घरजग्गा कारोबार भएको थियो। गत आर्थिक वर्ष २०८०/८१ को तुलनाम यो वर्ष […]