त्रिविको स्थगित परीक्षा फागुनमा हुने

काठमाडौं । कोरोना महामारीको तेस्रो लहरका कारण रोकिएको त्रिभुवन विश्वविद्यालयका विभिन्न संकायका परीक्षा आगामी फागुनमा हुने भएको छ । सोमबार बसेको त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । नेपालमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै त्रिविले ९ माघदेखि परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । केही दिनयता कोभिड संक्रमण घट्दो क्रममा रहेकाले स्थगित परीक्षाबारे […]

पत्रकार विश्वकर्माको उपचारमा लापरवाही गर्नेलाई कारबाहीको माग गर्दै सिभिलमा धर्ना 

काठमाडौँ, १६ माघ ।  टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार एलबी विश्वकर्माको उपचारमा लापरबाही भएर मृत्यु भएको घटनाको न्यायिक छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै सिभिल अस्पतालमा प्रदर्शन भएको छ ।  श्रमजीवी पत्रकार सङ्घ नेपालले परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, परिवारलाई रोजगारी दिनुपर्ने र मृतकका छोराछोरीको पठनपाठनको व्यवस्था गर्नुपर्ने माग गर्दै आइतबार नयाँवानेश्वरस्थित सिभिल अस्पतालमा एक घण्टा धर्ना […]

बालाजु बाइपासमा सडक विस्तारले विस्थापित ३९ परिवारले मागे पुनर्स्थापना

माघ १६ , काठमाडौँ । बालाजु बाइपासमा सडक बिस्तारको नाउमा हटाइएका  ३९ घर परिवारले पुनः स्लाथापनाको माग गरेको छ । पहिले घर रहेको सो स्थान हाल  खाली रहेको स्थानमा काठमाडौँ  महानगर पालिकाले सूचना केन्द्र भवन बनाउन  लाग्दा पिडितले आफुहरु गैरन्यायिक ढंग बात हटाइएको भन्दै अदालतमा गएका थिए । अदालतले सो स्थानमा भैरहेको निर्माण कार्य नगर्न […]

शहीद दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना

काठमाडौं, १६ माघ ।  शहीद दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना सन्देश दिनु भएका छन् । राष्ट्रपति भण्डारीले राजनीतिक दल र सम्बद्ध सबैलाई जनताको हितका लागि समर्पित हुन सहिद दिवसले हौसला प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ । शहीद दिवसको अवसरमा एक सन्देश दिंदै राष्ट्रपति भण्डारीले शसहिदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक […]

प्रतिनिधिसभाको बैठक फेरी स¥यो काठमाडौं ।

माघ ,काठमाडौँ –  आजका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक पुनः १० दिन पछि सरेको छ । आज बोलाइएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी माघ २६ गते दिउँसो १ बजेका लागि सारिएको संघीय संसद सचिवालयले जनाएको छ । संघीय संसदका महासचिव भरतराज गौतमले जारी गरेको सूचना अनुसार कोरोना महामारीको संक्रमणको जोखिम यथावत रहेकाले आजको बैठक बस्न नसक्ने भएकाले […]

नेपाल कम्युनिष्ट पार्टीले निकाल्यो अध्यक्ष ऋषि कट्टेललाई

काठमाडौं, १६ माघ । नेपाल कम्युनिष्ट पार्टीले अध्यक्ष ऋषिराम कट्टेललाई पार्टीबाट निस्काशन गरेको छ। गोरखाको कट्टेलडाँडाका ऋषिराम लामो समयदेखि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष थिए। अध्यक्ष कट्टेललाई कार्यबाहक अध्यक्ष लोकनारायण सुवेदीले साधारण सदस्य पनि नरहने गरी पार्टीबाट निकालेको उल्लेख गर्दै विज्ञप्ति जारी गरेका छन्। दलको अहितमा काम गरेको आरोपसहित कट्टेललाई पार्टीले स्पष्टीकरण सोधेको थियो। केन्द्रीय समितिले […]

धनगढीको होटलमै मृत भेटिए युवा

धनगढी, १६ माघ । कैलालीको एक होटलमा बस्दै आएका युवा मृत फेला परेका छन्। गौरीगंगा नगरपालिका राजीपुरमा रहेको एक होटलमा घोडाघोडी नगरपालिका वडा नम्बर १ का करिब ३५ वर्षका साधन डान मृत फेला परेको प्रहरीले जानकारी दिएको छ। केही समयदेखि होटलमा बस्दै आएका उनी शनिबार मृत अवस्थामा फेला परेका थिए। कोठाभित्र खाटमा घोप्टो परेको अवस्थामा […]

प्रतिनिधिसभाको बैठक फेरि सर्‍यो, अब माघ २६ गते बस्ने

काठमाडौं, १६ माघ । प्रतिनिधिसभाको बैठक पुन: १० दिन पछि सरेको छ । आइतबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक माघ २६ गते दिउँसो १ बजेका लागि सारिएको संघीय संसद सचिवालयले जनाएको छ । संघीय संसदका महासचिव भरतराज गौतमले जारी गरेको सूचना अनुसार कोरोना महामारीको संक्रमणको जोखिम यथावत रहेकाले आइतबार बैठक बस्न नसक्ने भएकाले सभामुख अग्निप्रसाद सापकोटाले […]

आज शहीद दिवस मनाइँदै

काठमाडौं, १६ माघ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिनेहरुको सम्झनामा आज शहीद दिवस मनाइँदैछ । वि।सं २०१२ देखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो । महानगरपालिकाले माघ १० देखि १६ गतेसम्म साताव्यापी कार्यक्रम गरी शहीद सप्ताह मनाउने गर्दछ […]

जेठ मशान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सत्तारुढ गठबन्धनको सुझाव

काठमाडौं, १५ माघ । सत्तारुढ गठबन्धनको बैठकले जेठ मशान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ । शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले जेठ मशान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सुझाव दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार अब निर्वाचन आयोगसँगको परामर्शमा सरकारले स्थानीय तहको निर्वाचनको […]