जनकपुर, १० असोज । धनुषामा एक महिलाको हत्या भएको छ । विदेह नगरपालिका-५ मुरिबा बस्ने लक्ष्मी मण्डलकी श्रीमती ३५ वर्षकी मोहिनी मण्डलको कुटाईबाट हत्या भएको हो । मंगलबार बेलुका ७ बजे कुटपिट गरि हत्या भएको प्रहरीले जनाएको छ । बच्चाहरुमा झगडा हुँदा छिमेकी रामबहादुर मण्डलले ती महिलालाई कुटपिट गरेपछि घटनास्थलमै ज्यान गएको स्थानीय बासिन्दाले बताएको प्रहरीले जनाएको […]
समाज
लेखनाथको छातीमा यसरी उमारियो दसैका जमरा
पोखरा, १० असोज । ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्व बोकेको कास्कीकोटस्थित गुप्तकालिका मन्दिर परिसरमा स्थानीयवासी लेखनाथ सुवेदीले छातीमा जमरा उमारेका छन् । गुप्तकालीका धार्मिक क्षेत्र विकास समितिद्वारा विश्व शान्तिको कामना गर्दै आयोजित नवदुर्गा महोत्सवका अवसरमा उहाँले निराहार तथा मौनव्रत बसेर छातीमा जमरा उमारेका हुन् । घटस्थापनाका दिनदेखि छातीमाथि टपरीमा उमार्नु भएको जमरा दशमीका दिन गुप्तकालिकालाई […]
किरात विश्वविद्यालय स्थापनाका गर्न यस्ताे प्रयास
खोटाङ, १० असोज । प्रदेशस्तरीय किरात विश्वविद्यालय स्थापनाका लागि खोटाङमा पहल थालिएको छ । संघीय संरचना कार्यान्वयनसँगै जिल्लाका शिक्षाविद्ले प्रादेशिक किरात विश्वविद्यालय स्थापनाका लागि बहस थालेका हुन् । जातीय, बहुधार्मिक, बहुसांस्कृतिक क्षेत्रका रुपमा रहेका कारण देशविदेशका भाषाशास्त्री, समाजशास्त्री, मानवशास्त्रीका लागिसमेत अध्ययन–अनुसन्धानको मलिलो भूमिकारुपमा रहेकाले जिल्लामा किरात विश्वविद्यालय स्थापनाको अवधारणा अघि सारिएको नेपाल आदिवासी जनजाति महासंघ, […]
१३ औं सागमा २५ खेल समावेश गरिने
काठमाडौँ, ९ असोज । नेपाल ओलम्पिक कमिटीले आगामी १३ आँै साउथ एशियन गेम्समा २५ खेल समावेश गर्ने भएको छ । आगामी सन् २०१९ मार्च ९ देखि १८ गतेसम्म काठमाडौँ र पोखरामा हुने सागमा एथलेटिक्स, बास्केटबल, बक्सिङ, धनुकाँड, ब्याडमिण्टन, साइक्लिङ, फेन्सिङ, फुटबल, ह्याण्डबल, जुडो, कबड्डी, सुटिङ, स्क्वास, पौडी, तेकाण्दो, टेनिस, टेबुल टेनिस, ट्राथलन, भलिबल, भारोत्तोलन, कुस्ती, […]
भारतबाट नेपाल फर्कन लागेका नेपाली सीमामा धमाधम लुटिन थाले
भीमदत्तनगर, ९ असोज । भारतमा काम गरेर दशैँ पर्व मनाउन घर फर्किन लागेका नेपालीहरु सीमा क्षेत्रमा धमाधम लुटिन थालेका छन् । प्रत्येक वर्ष यसरी नै सीमा क्षेत्रमा नेपालीहरु लुटिने गरेका छन् । यसैक्रममा पाँच जना नेपाली भारतमा लुटिएको खबर छ । भारतको बागेश्वरमा मजदुरी गरेर फर्किरहेका दैलेख तिलेपाटा नगरपालिका–५ का लक्ष्य नेपाली, नवराज नेपाली, भरत […]
दसैका लागि मुस्ताङबाट ल्याइए हजारौ भेडा च्याङ्ग्रा
भक्तपुर, ९ असोज । बडादशैँका लागि मुस्ताङबाट ल्याइएका भेडाच्याङ्ग्रा विगत वर्षभन्दा यस वर्ष महँगो भएको छ । भक्तपुरको सल्लाघारी ल्याइपु¥याइएका भेडाच्याङ्ग्रा महँगो भएपछि उपभोक्ताको चापसमेत कम भएको छ । यस वर्ष यहाँका च्याङ्ग्रा प्रतिकिलो ६७५ देखि ७०० सम्म र भेडा प्रतिकिलो ६०० मा बिक्री भएको छ । मुस्ताङमै भेडाच्याङ्ग्रा महँगो भएकाले यस वर्ष ल्याइपु¥याएको च्याङ्ग्राको […]
गाँजा ल्याउने छोरा बिक्री गर्ने बाबु । अन्ततः दुबै यसरी परे फन्दामा
उर्लाबारी, मोरङ, १० असोज । मोरङको जहदा गाउँपालिका–३ बाट प्रहरीले १४ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ५८ वर्षीय कवज राजवंशी, उनका छोरा २६ वर्षीय रामेश्वर राजवंशी र ४५ वर्षीय राजु मुखिया पक्राउ परेका हुन् । प्राप्त सूचनाका आधारमा प्रहरीले उनीहरुलाई गाँजासहित पक्राउ गर्न सकेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी […]
२ महिनामा ८ अर्ब मुल्यका सवारीसाधन नेपाल भित्रिए
वीरगञ्ज, ९ असोज । दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी व्यापारीले चालु आर्थिक वर्षको साउन, भदौ महिनामा छिमेकी मुलुक भारतबाट आठ अर्ब मूल्य बराबरको भारतीय सवारी साधन नेपाल भित्र्याइएका छन् । यसबाट वीरगञ्ज भन्सार कार्यालयलाई कूल राजश्वमध्ये ३० प्रतिशत राजश्व भारतीय सवारी साधनबाट उठेको सूचना अधिकारी सन्तोष यादवले बताए । वीरगञ्ज भन्सार कार्यालयका अनुुसार […]
गाईजात्राका उत्कृष्ट सांस्कृतिक समूह पुरस्कृत
भक्तपुर, ९ असोज । भक्तपुर नगरपालिकाले गाईजात्रा पर्व ०७४ मा प्रदर्शन गरिएका परम्परागत एवं सांस्कृतिक विधामा उत्कृष्ट प्रदर्शन गर्ने सांस्कृतिक समूहलाई पुरस्कार प्रदान गरेको छ । भक्तपुर नगरपालिकाले आइतबार दरबारस्क्वायरमा आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले पुरस्कार प्रदान गरेका हुन् । उहाँले गत गाईजात्रामा उत्कृष्ट प्रदर्शन गर्ने एक दर्जन सांस्कृतिक नाच एवं […]
विवाद बढ्दै गएपछि साझा प्रकाशनका महाप्रबन्धक शर्मा पदमुक्त गरिए
काठमाडाै, ९ असोज । शिक्षा मन्त्रालयले साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलेन्द्रप्रसाद शर्मालाई पदमुक्त गरेको छ । साझा प्रकाशनबारे उठेका विवाद छानबिन गर्न मन्त्रालयले गठन गरेको कार्यदलका आधारमा शर्मालाई उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठको आजको निर्णयबाट पदमुक्त गरिएको मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले जानकारी दिए । विसं २०७१ मा मन्त्रालयबाट अध्यक्षमा नियुक्त शर्मालाई सञ्चालक समितिले […]









