वैदेशिक रोजगारीको नाममा नेपालबाट हुने ठूलो मानव तस्करी रोक्न माग

काठमाडौँ, ९ असोज । वैदेशिक रोजगारीका नाममा हुने मानव तस्करीलाई नियन्त्रण गर्न विद्यमान कानूनमा कमजोरी देखिएकाले ती कानूनमा संशोधनको आवश्यकता रहेकोमा आज यहाँ आयोजित कार्यक्रमका वक्ताले जोड दिएका छन् । मानवअधिकारका लागि जनमञ्च (पिपुल फोरम)ले चेलिबेटी बेचबिखनविरुद्ध राष्ट्रिय सञ्जालसँगको सहकार्यमा आज आयोजना गरेको ‘वैदेशिक रोजगार तथा बेचबिखनसम्बन्धी कानूनको परिमार्जन सन्दर्भमा श्रमका लागि हुने बेचबिखनका सरोकारहरु’ […]

नेपाल तस्करीको हब बन्यो, फेरि पक्राउ परे करोडौको सामानसहित दुई विदेशी तस्कर

काठमाडौँ, ९ असोज । लागुऔषध कोकिनसहित एक बोलिभियन र एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पासपोर्ट नं ए ९६२२३१ वाहक २७ वर्षीय बोलिभियन नागरिक अधेमर एनेज्लोपेज र पासपोर्ट नं एच ३७९१७५० बाहक ५९ वर्षीया भारतीय महिला कमर जहनलाई दुई किलो ७०० ग्राम कोकिनसहित शनिबार साँझ ठमेलको एक होटलबाट लागुऔषध नियन्त्रण ब्यूरोको प्रहरी टोलीले […]

अख्तियारलाई चाडपर्वको चिन्ता

काठमाडौँ, ९ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चाडपर्वमा जनतालाई सहज र सरलरुपमा सेवा उपलब्ध गराउन सरकारका सम्बद्ध निकायलाई निर्देशन दिएको छ । आयोगमा आज सरकारका सचिव तथा विभिन्न उपभोक्ता केन्द्रित निकायका प्रमुख तथा प्रतिनिधिलाई आमन्त्रण गरेर चाडबाडमा कुनैपनि रुपमा असहज हुने अवस्था आउन नदिन निर्देशन दिएको हो । आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले शान्तिसुरक्षाको […]

३८औँ विश्व पर्यटन दिवस नेपालमा मनाइदै । विश्वभर पर्यटन फस्टाउँदाे

काठमाडौँ, ९ असोज । ‘दिगो पर्यटन : विकासको आधार’ भन्ने मूल नाराका साथ ३८औँ विश्व पर्यटन दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले निजी क्षेत्रका ४५ भन्दा बढी पर्यटनसँग सम्बन्धित संस्थाको सहकार्यमा विगत झँै यस वर्ष पनि दिवस मनाउन लागिएको हो […]

अझै मेलम्चीको सुरुङ खन्न १६०० मिटर बाँकी

काठमाडौँ, ९ असोज । यसपालीको दसैमा मेलम्चीको पानी काठमाडौंमा पुर्याउने प्रचार व्यापक रुपमा गरिए पनि त्यो पूरा भएन । राजधानीवासीलाई मेलम्चीको खानेपानी उपलब्ध गराउने कुरा त परै छ, दसैसम्म सुरुङ खन्ने कार्य नै पूरा नहुने भएको छ । मेलम्ची खानेपानी आयोजनाका अनुसार अहिले पनि १ हजार ६ सय मिटर सुरुङ अझै खन्न बाँकी छ । […]

हवाई इन्धनको मौज्दात सकिने अवस्थामा । थप आयात गर्न समस्या

काठमाडौँ, ९ असोज । भन्सार बिन्दुमा जाँच पड्तालका लागि लामो समय लाग्ने गरेका कारण नेपाल आयल निगमले आवश्यक मात्रामा हवाई इन्धन आयात गर्न नसक्दा समस्या उत्पन्न भएको छ । नियमितरुपमा हवाई इन्धन आपूर्ति नभएपछि निगममा हवाई इन्धनको मौज्दात एकदमै कम हुन पुगेको छ । निगमकाअनुसार हाल १६ प्रतिशत अर्थात एक हजार ७७३ किलोलिटर मात्रै हवाई […]

सरकारको नीतिप्रति पत्रकार महासंघले जनायो आपत्ती

काठमाडौँ, ८ असोज । नेपाल पत्रकार महासङ्घले एफएम रेडियोको प्रसारण इजाजत, नवीकरण, समन्वय, अनुगमनलगायतका विषयलाई व्यवस्थित गर्न भनी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहबाट जारी हुने एफएम रेडियो व्यवस्थापन तथा सञ्चालन कार्यविधि, २०७४ को ‘नमूना कार्यविधि’ मन्त्रालयको वेबसाइटमा प्रकाशन गरेकामा आपत्ति जनाएको छ । महासंघका महासचिव रमेश विष्टले एक विज्ञप्ति जारी गर्दै सरकारले […]

उपत्यकाव्यापी कराते प्रतियोगिताको उपाधि थैब डोजोले उचाल्यो

काठमाडौँ, ८ असोज । प्रथम उपत्यकाव्यापी कराते प्रतियोगिताको उपाधि थैब डोजोले जितेको छ । ललितपुरको थैबस्थित सुइरेमा भएको सो प्रतियोगितामा आठ स्वर्ण, पाँच रजत र तीन कांस्य पदकका साथ थैब टिम च्याम्पियन बनेको हो । नेपाल सितोरियो कराते सङ्घ भारदेउले आयोजना गरेको उक्त प्रतियोगितामा शाखा डोजो भारदेउ ६ स्वर्ण, ११ रजत र ११ कांस्यपदकसहित दोस्रो […]

अन्तरदेशीय पर्यटन प्रवद्र्धनका लागि सम्झौता

काठमाडौँ, ८ असोज । अन्तरदेशीय पर्यटन प्रवद्र्धन सहकार्यको दायरालाई फराकिलो बनाउँदै दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) क्षेत्रीयस्तरमा पु¥याई पर्यटन प्रवद्र्धन गर्न त्रिदेशीय सम्झौता भएको छ । होटल एशोसिएशन नेपाल (हान), फेडरेशन अफ होटल एण्ड रेस्टुरेन्ट एशोसिएशन अफ इन्डिया र होटल एण्ड रेस्टुरेन्ट एशोसिएशन अफ भुटानकाबीच हालै बैंगलोरमा समझदारी भएको हानले आज विज्ञप्तिमार्फत जनाएको छ […]

‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ले अन्तराष्ट्रिय सञ्जाल बढाउने विश्वास

काठमाडौँ, ८ असोज । ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ को अभियानले अन्तर्राष्ट्रिय तहमा सम्पर्क सञ्जाल विस्तार गरी आर्थिक गतिविधि बढाउने विश्वास व्यक्त गरिएको छ । पुष्पलाल स्मृति प्रतिष्ठान र तुलसीलाल स्मृति प्रतिष्ठानले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा विभिन्न मुलुकका विज्ञले सो अभियानले दक्षिण एसियाको समुन्नतिमा सकारात्मक प्रभाव पार्ने हुँदा त्यसलाई चाँडो अगाडि बढाउनुपर्नेमा जोड दिए । कार्यक्रमका […]