धनगढी, २२ असोज । अन्तर्राष्ट्रिय नेपाली सुदूरपश्चिमेली समाजको यहाँ भएको सम्मेलन चारबुँदे सुदूरपश्चिम घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । दुई दिनसम्म चलेको सम्मेलनले जारी गरेको घोषणापत्रमा सुदूरपश्चिमको समग्र विकासका लागि प्रवासी युवाको सीप र पुँजीलाई संकलन गरी विभिन्न योजनामा परिचालन गर्नका लागि राज्य र अन्य सरोकारवालासँग सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ […]
समाज
स्याललाई हानेको गोली मानिसलाई लागेपछि
सिन्धुली, २२ असोज । गोलन्जोर गाउँपालिका–६ बाट प्रहरीले एकजनालाई अवैध भरुवा बन्दुकसहित पक्राउ गरेको छ । गोलन्जोर गाउँपालिका–६ का २५ वर्षीय कुमार नेपालीलाई बन्दुकसहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए । नेपालीले स्याल मार्न गोली हान्दा गोलन्जोर–६ का १६ वर्षीय गोपाल श्रेष्ठ घाइते भएका थिए । नेपालीलाई पक्राउ गरी आवश्यक अनुसन्धान शुरु […]
शारीरिक सुगठनमा नेपाललाई अन्तराष्ट्रिय सफलता
काठमाडौँ, २२ असोज । मंगोलियाको उलन्बटारमा जारी नवौँ विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा नेपाली खेलाडी ननिता महर्जनले आज रजत पदक जितेकी छिन् । ननिताले महिला १६० सेन्टीमिटर उचाइमा रजत जितेको नेपाल शारीरिक सुगठन तथा फिट्नेस सङ्घका महासचिव राजन श्रेष्ठले जानकारी दिए । फाइनलमा ननितासहित मंगोलिया, इटाली र भियतनामका गरी चार खेलाडीले प्रतिस्पर्धा गरेका थिए । मंगोलियाले […]
२५ वर्षदेखिसवारी साधनबाट लिइने राजश्व नबढ्दा अर्बौ घाटा
काठमाडौँ, २२ असोज । सार्वजनिक यातायातको भाडा बढाउन सक्रिय हुने यातायात व्यवस्था विभागले विभिन्न शीर्षकका शुल्क वृद्धि गर्नेतिर ध्यान नदिँदा २५ वर्षदेखि राजश्व बढ्न सकेको छैन । यातायात व्यवसायीको दबाबमा सार्वजनिक यातायातको भाडा बढाउने विभागले व्यवसायीकै दबाबका कारण राजश्व नबढाउँदा वार्षिक अर्बौँ राजश्व घाटा भइरहेको छ । विसं २०४९ सालमा तोकिएको राजश्वमै अहिले पनि सवारी […]
शिक्षामन्त्री गाेपालमानले यसरी सीटीईभीटीमा मनपरी गर्दैछन
काठमाडाैं, २२ असाेज । गोपालमान श्रेष्ठ शिक्षामन्त्री भएको केही दिनमै वन र कृषि विषयका ११ कलेजलाई आशयपत्र (एलओआई) दिए । विदेशी विश्वविद्यालयको सहकार्यमा नेपालमा खोलिएको कलेजको विषय थप गर्न निर्देशिका नै परिमार्जन गरे । केही दिनयता मन्त्रीको ध्यान प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को सम्बन्धनमा परेको छ । सम्बन्धन प्रक्रिया अघि बढाउनुअघि सीटीइभीटीको […]
पाल्पा बुटवल सडकमा यात्रुलाई सास्ती नै सास्ती
पाल्पा, २२ असोज । पाल्पा बुटवल सडकखण्डको स्तरोन्नति हुन नसक्दा वर्षेनी यात्रु र गाडी चालकले ठुलो सास्ती खेप्नु परेको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने यस सडकखण्डमा जोखिमपूर्ण रुपमा यात्रा गर्न यात्रु बाध्य भएका छन् । उत्तर दक्षिण जोड्ने एकमात्र सडक सिद्धार्थ राजमार्ग भएर यहाँ दैनिक सयौँको संख्यामा सवारीसाधन गुड्ने गर्छन् । यस सडकखण्डमा पर्ने दोभानदेखि […]
नियम उलंघन गरी बिपी राजमार्गमा सवारी चलाउनेहरुमाथि धमाधम कारबाही
धुलिखेल, २१ असोज । काभ्रेपलाञ्चोकको धुलिखेल–सिन्धुली–बर्दिबास सडकखण्डको बिपी राजमार्गमा चल्ने अधिकांश सवारीसाधनलाई नियम उलंघन गरी चलाएको भन्दै यातायात व्यवस्था विभागको टोलीले कारबाही गरेको छ । शुक्रबार विभागको टोलीले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाको काभ्रेभञ्ज्याङमा गरिएको अनुगमनमा उक्त राजमार्ग भएर चल्ने अधिकांश सवारीसाधनले यात्रुसँग तोकिएको दरभन्दा बढी भाडा असुल्ने, रुट परमिट नै नभएका गाडी चलाउने र […]
भारतमा बेचिएकी किशोरी र बालिकालाई दिल्लीको कोठीबाटै उद्धार
चितवन, २१ असोज । मानव बेचबिखनविरुद्ध काम गर्दै आएको संस्था केआइ नेपालले भारतको कोठीबाट चितवनकी एक किशोरी र तीन बालबालिकासहित चार जनाको उद्धार गरेको छ । भारतस्थित केआई नेपालका प्रतिनिधिद्वारा शुक्रबार चितवन घर भएकी १७, १८ वर्षकी किशोरीको उद्धार गरिएको केआइ नेपाल चितवनकी संयोजक केमिका घिमिरेले जानकारी दिइन । भारतको दिल्लीस्थित एक कोठीबाट उद्धार गरिएकी […]
१३.६ मेगावाटको थापाखोला जलविद्युत् निर्माण
मुस्ताङ। मुस्ताङको थासाङ गाउँपालिका– १ टुकुचेमा १३.६ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजना निर्माण भएको छ । आयोजनाबाट उत्पादित विद्युत् तिहार अघिनै केन्द्रीय प्रसारण लाइनमा जोड्ने तयारी भइरहेको छ ।माउण्ट कैलाश इनर्जी प्रालिले आयोजनाको बाँध, सुरुङ, फोरवे, पेनस्टक, पावरहाउस निर्माण र उपकरण जडान सकिएपछि भदौको पहिलो हप्तादेखि परीक्षण उत्पादन शुरु गरेको हो । असोज अन्तिममा […]
विप्लव चंगा चेटमा च्याम्पियन
काठमाडौँ,११ असाेज । नेपालीको महान् पर्व विजयादशमीको अवसरमा आयोजित चंगा चेट प्रतियोगितामा विप्लप डंगोल च्याम्पियन भएका छन् । नेपाल तरुण दल काठमाडौँ महानगरपालिका–८ इकाई समितिको आयोजनामा गौशलास्थित कैलाशडाँडामा भएको उक्त प्रतियोगितामा विकास श्रेष्ठ दोस्रो र समर्पन दवाडी तेस्रो भएका छन् । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः आठ, पाँच हजार र दुई हजारसहित ट्रफी […]









