विवाद बढ्दै गएपछि साझा प्रकाशनका महाप्रबन्धक शर्मा पदमुक्त गरिए

काठमाडाै, ९ असोज । शिक्षा मन्त्रालयले साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलेन्द्रप्रसाद शर्मालाई पदमुक्त गरेको छ ।

साझा प्रकाशनबारे उठेका विवाद छानबिन गर्न मन्त्रालयले गठन गरेको कार्यदलका आधारमा शर्मालाई उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठको आजको निर्णयबाट पदमुक्त गरिएको मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले जानकारी दिए ।

विसं २०७१ मा मन्त्रालयबाट अध्यक्षमा नियुक्त शर्मालाई सञ्चालक समितिले महाप्रबन्धकसमेत बनाएको थियो । शर्मा साझामा गएपछि साझामा ठूलो अनियमितता भएको, साझालाई घाटामा पुर्याइएको भन्दै धेरै आलोचना भएको थियो । साझामा विवाद बढ्दै गएपछि त्यसबारे अध्ययन गर्न कार्यदल गठन गरिएको थियो ।

शर्मा महाप्रबन्धक रहेको साझा प्रकाशनमा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री दिनानाथ शर्मा वोर्ड सदस्य बन्न गएका थिए । त्यस्तै एमालेका नेता तथा पूर्व मन्त्री प्रदिप नेपाल पनि साझाकै बोर्ड सदस्य र कांग्रेस नेता रमेश  बनेका थिए ।

सञ्चालक समितिकाे सदस्यमा नियुक्त गरिएका दिनानाथ शर्मा र प्रदिप नेपालले अाफ्नाे हैसियतभन्दा तलकाे पद स्वीकार गरेकाे भए पनि सञ्चालक समितिकाे अध्यक्षमा नियुक्त गरिएका कांग्रेस नेता रमेश लेखकले अध्यक्ष पद नै अस्वीकार गरेका थिए । 

Loading...