इण्डियन प्रिमियम लिगमा सट्टेबाजी गर्ने नेपाली युवक पक्राउ

काठमाडौँ । हाल सञ्चालनमा रहेको इण्डियन प्रिमियम लिग आइपिएलमा अनलाइनमार्फत रकम दाउमा लगाइ सट्टेबाजी गरेको आरोपमा कैलालीको धनगढीबाट एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका ३ चटकपुरमा प्रिति ट्रेडिङ्ग एण्ड सप्लायर्स सञ्चालन गरी बस्ने ३७ वर्षीय संजिव गुप्ता रहेका छन्। उनले आइपिएलमा कुनै खेलाडी आउट भएमा, खेलाडीले रन बनाएमा, चौका छक्का भएमा, विकेट गएमा, […]

देशभर २४४० जना संक्रमित थपिदा उपत्यकामा १५३१ जना

काठमाडौं, १९ असोज । कोरोना भाइरसका संक्रमित थप हुने क्रमममा सोमवार थप २४४० जनामा संक्रमण देखिएको छ । देशभरका प्रयोगशालामा १३७८१ नमूना परीक्षण गर्दा ९३७ महिला र १५०३ पुरुषमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार पनि काठमाडौं उपत्यकाका सबैभन्दा बढी संक्रमित फेला परेको जनाएको छ । सोमवार उपत्यकामा १५३१ संक्रमित थपिएका […]

सुनको भाउ लगातार दोश्रो दिन पनि ओरालो लाग्दै

असोज १९ ,काठमाडौँ। आइतबार तोलांको ९४ हजार ५ सयमा कारोबार भएको छापावाल सुन आज तोलाको ९४ हजार १ सय कायम भएको सुनचादी ब्यबसायी महासंघले जनाएको छ। यसै गरि तेजाबी सुन प्रति तोलां ९३ हजार ६ सय रुपैयाँ कायम भएको छ । चादी प्रतितोला ११८० मा स्थीर भएको छ। 

आधा किलो सुन लगेर भारततर्फ जाँदै गरेका दाजु बहिनी पक्राउ

बुटवल, १६ असोज । कपिलवस्तुमा आधा किलो सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरू दाजुबहिनी हुन्। मायादेवी गाउँपालिका वडा नम्बर ५ बनकछियाबाट ३४ वर्षीय पवनकुमार गुप्ता र उनकी बहिनी १५ वर्षीया महिमा गुप्ता आधा किलो सुनसहित पक्राउ परेको प्रहरीले जनाएको छ। उनीहरू लु ५६ प ६३१० नम्बरको मोटरसाइकलमा भारततर्फ जाँदै गरेका थिए। उनीहरूको साथबाट […]

कोरोना संक्रमण ह्वात्तै बढेपछि राजधानी नआउन सरकारको आग्रह, काठमाडौमा १० दिनमा थपिए १० हजार बढी

काठमाडौँ । राजधानी काठमाडौंमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको छ । पछिल्लो १० दिनमा मात्र १० हजार संक्रमित थपिएपछि राजधानीवासीहरु चिन्तित बनेका छन । काठमाडौमा कोरोना बढेपछि सरकारले सर्वसाधारणलाई राजधानी नआउन आग्रह नै गरेको छ । शनिबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँ उपत्यकामा कोरोना भाइरसको संक्रमण दर बढिरहेकाले […]

प्रम निवासमा कोरोनाको बिगबिगी, तीन सल्लाहकारसहित बालुवाटार भित्र काम गर्ने ७४ जनामा कोरोना

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीका तीन सल्लाहकारसहित ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। बालुवाटारस्थित एक उच्च स्रोतका अनुसार प्रधानमन्त्रीका सल्लाहकारहरु बिष्णु रिमाल, सूर्य थापा, राजन भट्टराई, निजी सचिव इन्द्र भण्डारीसहित कुल ७४ जनामा शनिबार संक्रमण देखिएको हो। नेपाली सेनाका २८, सशस्त्र प्रहरीका १८, जनपद प्रहरीका २१ र राष्ट्रिय अनुसन्धानका […]

गाई काटेर खाने तीन जना प्रक्राउ

स्याङ्जा । गाई काटेर खाने तीन जनालाई प्रहरीले प्रक्राउ गरी सार्वजनिक गरेको छ। स्याङ्जाको गल्याङ नगरपालिका–९ जौबारीमा गत आइतबार राति १० बजे गाई काटेर मासु भाग लगाएको भन्ने सूचनाका आधारमा प्रहरीले बुधबार पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार गल्याङ–९ का ३८ वर्षीय […]

कर्णाली प्रदेश प्रमुख कलौनीलाई कोरोना संक्रमण पुष्टि

सुर्खेत । कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। कर्णाली प्रदेश अस्पताल-पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा पिसिआर परीक्षण गर्दा बिहीबार प्रदेश प्रमुख कलौनीलाइ कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो। प्रदेश प्रमुखको निजी सचिवालयले आज प्रेस विज्ञप्तिमार्फत प्रदेश प्रमुख कलौनीलाई कोभिड-१९ को सङ्क्रमण देखिएको जनाएको छ। प्रदेश प्रमुखका स्वकीय सचिव चूडामणि कलौनीले प्रदेश प्रमुखको […]

हुम्लामा पहिलो पटक फल्यो बोदीचित्त फल

हुम्ला । हुम्ला पनि बोदीचित्तको बिरुवाबाट फल लागेको छ । यसबाट हुम्लाको जैविक विविधतामा थप आयाम थपिने भएको छ । यसले स्थानीय अर्थतन्त्रमा नौलो आयाम ल्याउन सक्ने देखिएको छ । चार वर्षअघि काठमाडौंमा मास्टर्सको डिग्री अध्ययनको क्रममा यो बिरुवाको बारेमा जानकारी पाएकोले आफ्ना बुवा काठमाडौं भेट गर्न जाँदा प्रशंगबश बोदीचित्त बिरुवाको बारेम कुरा उठेको बेला […]

देशभर थपिएका मध्ये दैनिक आधा बढीका दरले उपत्यकामा कोरोनाका संक्रमित थपिँदै

काठमाडौं, १० असोज । नेपालमा प्रत्येक दैनिक थपिने काेराेना भाइरसका संक्रमित मध्ये आधाभन्दा बढी आधा काठमाडाै उपत्यकाका हुने गरेका छन् । कूल संख्याका करिव आधा संख्या त काठमाडाै जिल्लामा नै हुने गरेका छन् । राजधानी उपत्यका खासगरी काठमाडाै जिल्ला काेराेना भाइरसका संक्रमितले लगातार भरिरहँदा मानिसहरु भने दैनिक कामकार्यमा निस्कन छाडेका छैनन् । यसैक्रममा शनिवार पनि […]