काठमाडौँ । इरानले थप दुइटा अमेरिकी लडाकू विमान खसालेको दाबी गरेको छ। शुक्रबार इरानले दुई सिटे एफ–१५ई स्ट्राइक इगल लडाकु विमान इरानभित्र खसालेको दाबी गरेको छ। उक्त विमानका एक चालकलाई उद्धार गरिएको भए पनि अर्का चालक अझै बेपत्ता रहेको अन्तर्राष्ट्रिय समाचार संस्था एशोसिएटेड प्रेस (एपी)ले जनाएको छ। पेन्टागनका अधिकारीहरूले लडाकू विमानमा रहेका अर्का चालकको अवस्था अज्ञात […]
समाज
कलाकार सागर लम्साल ‘बले’ पक्राउ
काठमाडौँ । कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । बूढानीलकण्ठबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले जानकारी दिए । उनीमाथि बलात्कार आरोप लागेको छ । अमेरिकामा बस्ने एक युवतीले शुक्रबार मात्रै बलेमाथि अमेरिकामै बलात्कार गरेको आरोप लगाएकी छन् । सोही आरोपका आधारमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरी स्रोतको भनाइ छ […]
गुण्डागर्दीविरुद्ध प्रहरी अपरेशन : किमजोङ बोससहित १७ जना पक्राउ
काठमाडौं । प्रहरी गुण्डागर्दीविरुद्ध अपरेशन सुरु गरेको छ । नयाँ जनादेश अनुसार सरकार बनेपछि सक्रिय भएको प्रहरी गुण्डागर्दीविरुद्ध पनि अभियान चलाएको हो । अभियानको सुरु गरेसँग गुण्डागर्दीमा संलग्नहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । अपराध अनुसन्धान कार्यालय र प्रहरी परिसर, काठमाडौंले गुण्डागर्दी गर्नेहरुलाई नियन्त्रणमा लिएका हुन् । अपराध अनुसन्धन कार्यालका एसएसपी सन्तोष खड्काले शुक्रबार राति […]
अबुधाबीको ग्यास केन्द्रमा मिसाइल र ड्रोनका अवशेष खस्दा एक जनाको मृत्यु, ४ जना घाइते
काठमाडौं । यूएईको अबुधाबीस्थित एक ग्यास केन्द्रमा ड्रोन र मिसाइलका अवशेष खस्दा एक जनाको मृत्यु भएको छ । केही व्यक्ति घाइते भएका छन् । हब्शन ग्यास प्लान्टमा आगलागी हुँदा दुई पाकिस्तानी र दुई इजिप्टेली नागरिक घाइते भएका हुन् भने एक जना इजिप्टका नागरिकको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । गल्फन्युजका अनुसार हवाई सुरक्षा […]
आजको मौसम पूर्वानुमान : कतै चट्याङ्गसहितको वर्षा त कतै हावाहुरी चल्ने
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशलगायत देशको हिमाली भूभागमा साधरणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ। आज दिउँसो देशको हिमाली भूभागलगायत गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधरणतया […]
शंकर ग्रुपका सञ्चालक शंकर अग्रवाल पक्राउ
काठमाडौँ । शंकर ग्रुपका सञ्चालक शंकर अग्रवाल पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युराेले शुक्रबार अग्रवाललाई काठमाडौंबाट पक्राउ गरेकाे हाे । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अग्रवालविरुद्ध अनुसन्धान भइरहेकाे छ । विभागले यसैकाे अनुसन्धानका क्रममा पक्राउ गरी उपस्थित गराइदिन ब्युराेलाई पत्र पठाएकाे थियाे । व्यापारी दीपक भट्ट सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेसँगै […]
भाँडामा पनि इन्धन बिक्री गर्ने व्यवस्था मिलाउन पेट्रोलियम डिलर्स एसोसिएसनको माग
काठमाडौं । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले भाँडोमा पनि पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने व्यवस्था मिलाउन माग गरेको छ । एसोसिएसनका महासचिव विश्वप्रसाद अर्यालले शुक्रबार विज्ञप्ति निकालेर वाणिज्य तथा आपूर्ति सचिव एवं नेपाल आयल निगमसँग यस्तो माग गरेका हुन् । पेट्रोलियम पदार्थको मूल्य अप्रत्यासित रूपमा वृद्धि हुँदै जानु, सँगसँगै नियमित आपूर्तिमा समेत समस्या देखिने सम्भावना […]
गौतमश्री सहकारीका व्यवस्थापक पक्राउ
काठमाडौं । कुलेश्वरमा रहेको गौतमश्री बहुउदेश्यी सकारी संस्था लिमिटेडका व्यवस्थापक पक्राउ परेका छन् । पाँचथरको फिदिम नगरपालिका–४ घर भएका ४१ वर्षीय व्यवस्थापक रवीन बिष्टलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाटै पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयको एसपी मनोहर […]
निजी विद्यालयलाई सर्वोच्चको अन्तरिम आदेश : वार्षिक परीक्षा अगावै भर्ना कार्यक्रम नगर्नू
काठमाडौँ । सर्वोच्च अदालतले वार्षिक परीक्षा अगावै नयाँ शैक्षिक सत्रका लागि भर्ना प्रक्रिया सुरु नगर्न निजी विद्यालयका नाममा अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले सो आदेश दिएको हो । काठमाडौँ विश्वविद्यालय, स्कुल अफ ल का विद्यार्थीहरू आयुष बडाल र आकाश ढकालले रिट दायर गरेका थिए । रिटमा प्रधानमन्त्री […]
सरकारले आगामी वर्ष सातै प्रदेशमा अटिजममा आधारित नमूना विद्यालय स्थापना गर्ने
काठमाडौँ । सरकारले अटिजम भएका बालबालिकाका लागि सातै प्रदेशमा नमूना आवासीय विद्यालय स्थापना गर्ने निर्णय गरेको छ। हरेक बालबालिका बुझाइ, सहायता र उन्नतिको हकदार भएको भन्दै शिक्षा मन्त्री सस्मित पोखरेलले उक्त निर्णयको सूचना सामाजिक सञ्जालमा पोष्ट गरेका छन्। ‘सरकारले अटिजम भएका बालबालिकाका लागि सातै प्रदेशमा नमूना आवासीय विद्यालय स्थापना गर्ने निर्णय गरेको छ। कार्यक्रम प्रभावकारी […]











