लिमीमा पुग्ने भयो तीन सय क्वीन्टल चामल

हुम्ला । हिमालपारीको गाउँ हुम्लाको नाम्खा गाउँपालिका वडा नं ६ लिमीको तीन गाउँमा नेपाल खाद्य तथा ब्यापार कम्पनी लिमिटेड, हुम्लाले तत्काल तीन सय क्वीन्टल चामल दिने भएको छ । यसबाट डेलिगेसनमा आएका लिमी गाउँका बासिन्दाहरू खुशी भएका छन् । कोरोना महामारीले उत्तरी नाका हिल्छा र लाप्चाबाट लिमी गाउँमा बन्दोबस्तीमा सामानहरू आपूर्ति गर्न गराउन समस्या भएपछि […]

आइतबार २४ घन्टामा थपिए २०७१ जना कोरोना संक्रमित, उपत्यकामा मात्र १४१६

काठमाडौं, २५ असोज । शनिवार संक्रमणले उच्च अंक लिएको नेपालमा आइतबार भने कम संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा आइतबार २०७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आइतबार संक्रमितको संख्या पाँच हजार नाघेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका प्रयोगशालामा १२,४२७ नमूना परीक्षण गर्दा ७०२ महिला र १२६९ पुरुषमा संक्रमण देखिएको […]

कोरोना संक्रमणबाट नेपालमा एकै दिन २९ जनाको मृत्यु

काठमाडौं, २५ असोज । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट २९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अस्पतालहरुबाट प्राप्त विवरणअनुसार काठमाडौंका ५, सुनसरी र रुपन्देहीका ४/४, चितवनका ३, भक्तपुर र बाँकेका २/२ जना तथा ललितपुर, काभ्रे सिन्धुपाल्चोक, नुवाकोट, सप्तरी,सुर्खेत, कैलाली र धनकुटाका एककक जनाको मृत्यु भएको हो । यस्तै चितवनको भरतपुरमा ठेगाना […]

शनिवार हालसम्मकै धेरै ५००८ जना संक्रमित भेटिए

काठमाडौं, २४ असोज । नेपालमा कोरोनाको संक्रमण झन्पछि झन उकालो लाग्ने थालेको छ । केही दिन अघिसम्म २ हजार वरिपरिका दरले बढ्ने संक्रमण शनिवार ह्वात्तै बढेर पाँच हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुशार शनिवार ५००८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १९३२० नमूना परीक्षण […]

कोरोनाबाट ललितपुर बार एसोसिएसनका निवर्तमान अध्यक्षको निधन

ललितपुर । ललितपुर बार एसोसिएसनका निवर्तमान अध्यक्ष एवं अधिवक्ता दीपकबहादुर विष्टको कोरोना संक्रमणका कारण निधन भएको छ। गोदावरी नगरपालिका ९, छम्पी घर भएका विष्टलाई रुघाखोकी र त्यसपछि निमोनिया भएको थियो । यी लक्षणहरु देखिएपछि उनलाई उपचारका लागि असोज १३ गते ललितपुरकै मेडिसिटी अस्पताल भर्ना गरिएको थियो। तर शुक्रबार राति ८ बजे उनको मृत्यु भएको उनको […]

नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक लाख पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र २०५९ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेसम्म भाइरसबाट संक्रमित भएकाहरुको संख्या १ लाख ६ सय ७६ जना पुगेको जनाएको छ । संक्रमित भएका मध्ये ६०० जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको । एक […]

श्रीमानको कुटाइबाट घाइते श्रीमतीको मृत्यु

खोटाङ । खोटाङमा पतिको कुटपिटबाट पत्नीको मृत्यु भएको छ। पतिको कुटपिटबाट गम्भीर घाइते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ तालखर्ककी ४४ वर्षीया ज्ञानकुमारी पुरी (गिरी) को अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। घरायसी विवादमा पति डम्बरबहादुर गिरीले प्रहार गरेको मसला पिस्ने लोहोरो (ढुङ्गा) ले लागेर गम्भीर घाइते ज्ञानकुमारीको जिल्ला अस्पताल दिक्तेलमा उपचार सम्भव नभएपछि थप उपचारका […]

५८ प्रतिशत सक्रिय संक्रमित राजधानीका, कोरोनाबाट मृत्यु हुनेमा ३१ प्रतिशत काठमाडौं उपत्यकाकै

काठमाडौं, २३ असोज । मुलुकमा पछिल्लो २४ घण्टामा सय जनाको पीसीआर परीक्षण गर्दा करिब २४ जनामा कोभिड-१९ संक्रमण देखिएको छ । यो पीसीआर परीक्षणमा देखिएको हालसम्मकै बढी संक्रमण दर हो । स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार १८ हजार ४ सय ७३ जनाको पीसीआर गरिएको थियो । जसको २३.६२ प्रतिशत अर्थात् ४ हजार ३ सय ६४ जनामा संक्रमण पुष्टि भएको […]

इण्डियन प्रिमियम लिगमा सट्टेबाजी गर्ने नेपाली युवक पक्राउ

काठमाडौँ । हाल सञ्चालनमा रहेको इण्डियन प्रिमियम लिग आइपिएलमा अनलाइनमार्फत रकम दाउमा लगाइ सट्टेबाजी गरेको आरोपमा कैलालीको धनगढीबाट एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका ३ चटकपुरमा प्रिति ट्रेडिङ्ग एण्ड सप्लायर्स सञ्चालन गरी बस्ने ३७ वर्षीय संजिव गुप्ता रहेका छन्। उनले आइपिएलमा कुनै खेलाडी आउट भएमा, खेलाडीले रन बनाएमा, चौका छक्का भएमा, विकेट गएमा, […]

देशभर २४४० जना संक्रमित थपिदा उपत्यकामा १५३१ जना

काठमाडौं, १९ असोज । कोरोना भाइरसका संक्रमित थप हुने क्रमममा सोमवार थप २४४० जनामा संक्रमण देखिएको छ । देशभरका प्रयोगशालामा १३७८१ नमूना परीक्षण गर्दा ९३७ महिला र १५०३ पुरुषमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार पनि काठमाडौं उपत्यकाका सबैभन्दा बढी संक्रमित फेला परेको जनाएको छ । सोमवार उपत्यकामा १५३१ संक्रमित थपिएका […]