डोनाल्ड ट्रम्पका अर्का छोरालाई पनि भयो कोरोना संक्रमण

काठमाडौं, २९ असोज । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरालाई पनि कोरोना संक्रमण भएको खबर सार्वजनिक भएको छ। ट्रम्पकी पत्नी मेलानियाले आफ्ना १४ वर्षीय छोरा ब्यारनलाई पनि कोरोना संक्रमण भएको र अहिले ठीक भइसकेको जानकारी दिएकी हुन्। राष्ट्रपति ट्रम्प र मेलानिया दुवैलाई कोरोना संक्रमण भएको कुरा त यसअघि नै सार्वजनिक भइसकेको छ। अहिले उनीहरू पनि निको […]

बुधवार कोरोना भाइरस संक्रमणबाट थप १५ जनाको मृत्यु

काठमाडौं, २८ असोज । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । काठमाडौंका ५, मोरङका ३ तथा ललितपुर, भक्तपुर काभ्रे, सुनसरी, स्याङ्जा, नवलपरासी र नवलपुरका एकएक जनाको मृत्यु पुष्टि भएको छ । सामखुसी, काठमाडौंका ७६ वर्षीय पुरषको मंगलबार ग्राण्डी अस्पतालमा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएर १७ […]

बुधवार थपिए २६३८ संक्रमित, उपत्यकामा मात्र १४०३ जना भाइरसका संक्रमित

काठमाडौं, २८ असोज । पछिल्लो २४ घण्टामा थप २६३८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका प्रयोगशालामा १३९२७ जनाको नमूना परीक्षण गर्दा २६३८ जनामा कोरोना भाइरस संक्रमण भएको जानकारी दिएको छ । संक्रमितमध्ये सबैभन्दा धेरै यसअघि झै काठमाडौं उपत्यकामै देखिएका छन् । काठमाडौं उपत्यकामा मात्र बुधवार १४०३ जना संक्रमित भेटिएका […]

दशैँ–तिहारका लागि नेपाल टेलिकमले ल्यायो अफरै अफर

नेपाल टेलिकमले दशैँ, तिहार अफर ल्याएको छ। घटस्थापनादेखि कोजाग्रत पुर्णिमासम्म लागू हुने ‘दशैँ अफर’ र काग तिहारदेखि छठ पर्वसम्म लागू हुने ‘तिहार अफर’लाई फेस्टिभल अफरका रुपमा उपलब्ध गराउने छ। नेपाल टेलिकमले मोबाइल सेवामा समर अफर अन्तर्गत हाल उपलब्ध गराइरहेको विभिन्न प्याकेजलाई थप÷परिमार्जन गरी असोज २९ देखि ९० दिन लागू हुने अटम अफर उपलब्ध गराउने भएको […]

सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या झण्डै १३ सय

धनगढी । सुदूरपश्चिम प्रदेशमा सक्रिय कोरोना संक्रमितको संख्या झण्डै १३ सय पुगेको छ। मंगलबार सम्म प्रदेशमा ८ हजार २ सय पाँच जनामा संक्रमण पुष्टि भएको र ती मध्ये सक्रिय संक्रमित १२ सय ८२ रहेको छ। प्रदेशमा मंगलबार ८१ जनामा संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या १२ सय ८२ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार […]

मंगलबार १८ संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने पुगे ६६३

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेसँगै मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । अहिलेसम्म नेपालमा कोरोना भाइरसबाट संक्रमित भएका ६६३ जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस लागेर पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको जनाएको छ । कोरोनाका कारण राजधानी काठमाडौं पूरै आक्रान्त बनेको छ । काठमाडौंमा भाइरसको दैनिक […]

देशभर ३५५६ जना नयाँ संक्रमित थपिदा, २१३९काठमाडौंका

काठमाडौं, २७ असोज । मंगलबार नेपालमा ३५५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका प्रयोगशालामा १५५७७ नमूना परीक्षण गरिएको जानकारी दिएको छ । मंगलबार संक्रमित भएका ३५५६ संक्रमितमध्ये २१३९ जना काठमाडौंका रहेको मन्त्रालयले जानकारी दिएको छ । यससँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख १५ हजार ३५८ पुगेको छ […]

पौडी खेल्ने क्रममा फेवातालमा बेपत्ता भएका युवाको शव भेटियो

काठमाडौं, २७ असोज । कास्कीको पोखरास्थित फेवातालमा पौडी खेल्ने क्रममा बेपत्ता एक युवाको शव भेटिएको छ। सोमबार पौडी खेल्ने क्रममा बेपत्ता भएका धादिङका २२ वर्षीय युवाको शव मंगलबार सशस्त्र प्रहरीको टोलीले फेला पारेको हो। युवक डुबेर बेपत्ता भएको घटनाबारे जानकारी पाउना साथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक गणेश आचार्यको […]

अन्तरप्रदेश चल्ने सवारी साधनको जाँच पास अब भिएफटिसीबाट

काठमाडौँ । विगतमा यातायात व्यवस्था कार्यालयबाट हुँदै आएकामा अन्तरप्रदेश चल्ने सवरी साधनको जाँच पास, रुट इजाजतको काम भेहिकल फिटनेस टेस्ट सेन्टर (भिएफटिसी) बाट गरिने भएको छ । कार्यालय हाल प्रदेश सरकारअन्तर्गत छ भने केन्द्र सङ्घीय सरकारअन्तर्गत छ। सरकारले प्रदेश सरकारलाई यातायात व्यवस्था कार्यालय हस्तान्तरण गरेको झण्डै दुई वर्षपछि आफ्नो कार्यक्षेत्रको काम गर्न लागेको हो। संविधानअनुसार […]

खेतका गह्रा सम्याउने क्रममा विवाद हुँदा दुई घाइते

बझाङ । बझाङको बित्थडचिर गाउँपालिका– ६, भाडिकामा खेतका गह्रा सम्याउने क्रममा स्थानीयवासीबीच भएकाे विवादले झडपकाे रुप लिँदा दुईजना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा बित्थडचिर –६ का चन्द्रसिंह स्याँडा र लालु स्याँडा छन्। उनीहरु दुवैलाई सोमबार अपराह्न स्थानीयवासी राम नाथले खेत निर्माणका क्रममा आफ्नो जमिनमा माटो फालेको भनी हँसिया प्रहार गरी गम्भीर घाइते बनाएका हुन्। […]