मध्यपुरमा एकल महिलालाई मनोसामाजिक र कानुनी प्रशिक्षण

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले एकल महिलाहरूका लागि मनोसामाजिक तथा कानुनी अधिकार सम्बन्धी प्रशिक्षण सम्पन्न गरेको छ। नगरपालिकाको महिला, बालबालिका तथा सामाजिक समावेशिकरण शाखाले आयोजना गरेको प्रशिक्षण नगरका सबै १ देखि ९ वडासम्मका एकल महिलालाई लक्षित थियो। शाखा प्रमुख रजिया चौधरीका अनुसार तालिमले सहभागी महिलाहरूलाई मनोसामाजिक परामर्श तथा कानुनी अधिकारबारे स्पष्ट बुझाइ प्रदान गर्ने उद्देश्य […]

तरकारी र फलफूलको भन्सार बिन्दुमै अनिवार्य विषादी परीक्षण गर्न सर्वोच्चको परमादेश

काठमाडौँ । सर्वोच्च अदालतले आयातीत तरकारी, फलफूल तथा अन्य खाद्यवस्तुमा विषादी अवशेष परीक्षण अनिवार्य गर्न सरकारलाई परमादेश जारी गरेको छ। अदालतले सबै भन्सार बिन्दुमा अन्तर्राष्ट्रियस्तरका प्रयोगशाला स्थापना गरी आवश्यक उपकरण र दक्ष जनशक्ति उपलब्ध गराउन पनि निर्देशन दिएको छ। अधिवक्ता भद्रप्रसाद नेपाल (स्वागत नेपाल), नारायणप्रसाद दवाडी, कञ्चनकृष्ण न्यौपाने, विष्णुप्रसाद तिमिल्सेना र कुमारी खरेलले दायर गरेको रिटमाथि […]

प्रधानमन्त्री भेट्न भन्दै सिंहदरबार छिर्न खोजेको जेन-जी समूहलाई प्रहरीले फर्कायो

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न भन्दै सिंहदरबार छिर्न खोजेको जेन-जी समूहलाई प्रहरीले फर्काइदिएको छ । मंगलबार मिराज ढुंगानासहितको जेन-जी समूह सिंहदरबार छिर्न खोजेको थियो । तर निषेधित क्षेत्र भन्दै प्रहरीले उनीहरूलाई फर्काइदिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले निषेधित क्षेत्रमा ६० भन्दा बढीको संख्यामा प्रवेश गर्न खोजेकाले उनीहरूलाई हटाइएको बताए […]

राप्रपाले गर्‍यो निर्वाचन आयोगमा दल दर्ता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । प्रतिनिधिसभा निर्वाचनको प्रयोजनका लागि पार्टीले आयोगमा दल दर्ता गराएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । निर्वाचन आयोगले बुधबार (भोलि) सम्म दल दर्ताको समयावधि तोकेको छ । सो क्रममा दलहरूले दल दर्ताको काम अघि बढाएका हुन् । आयोगमा ६२ भन्दा बढी दल दर्ता […]

जनकपुरमा राम–जानकी विवाह पञ्चमी मनाइँदै, मधेस प्रदेशमा आज सार्वजनिक बिदा

जनकपुरधाम । त्रेता युगमा भगवान श्रीराम र माता सीताको विवाहको स्मरणमा मनाइने राम–जानकी विवाह पञ्चमी जनकपुरधाममा भव्य रूपमा मनाइँदैछ । एक साता अघिदेखि नै विवाह पञ्चमीको तयारी सुरु हुन्छ । मन्दिर प्राङ्गण, सडक र रंगभूमि मैदान विभिन्न सांस्कृतिक झाँकी, फूल, दीप, झिलिमिली सजावट र धार्मिक सामग्रीले सजाइन्छ । आज हुने विवाहका लागि जानकी मन्दिरको विशाल […]

जनकपुरमा विवाहपञ्चमी महोत्सव – आज जानकीको टकोर, भोलि विवाह

जनकपुरधाम । सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको पाँचौँ दिन आज जानकीको मटकोर मनाइँदै छ । आज दिउँसो जनकपुरधामस्थित धार्मिक तथा ऐतिहासिक गंगासागरमा परम्परागत रीति अनुसार जानकीको मटकोर गरिने कार्यक्रम गरिने जानकी मन्दिरका सह महन्त रामरोशन दास बैष्णवले जानकारी दिए । बाजागाजा सहितको शोभायात्रासहित गंगासागरमा पुगेर मिथिली परम्परा अनुसार मटकोर गरिन्छ । मटकोरमा सीताको प्रतीक मानिने बालिकामार्फत […]

बसपार्कमा युवती मृत भेटिएको घटनामा एक युवक पक्राउ

काठमाडौं । काठमाडौंको बसपार्कमा तन्नामा पोको पारिएको अवस्थामा मृत फेला परेकी युवतिको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ। यस विषयमा सोमबार दिउँसो २ बजेतिर प्रहरी परिसरले पत्रकार सम्मेलनको समेत आयोजना गरेको छ। शनिबार बिहान मृत फेला परेकी युवतीको पहिचान खुलेको […]

‘बाँस भवन डिजाइन मार्गदर्शन–२०८२’ स्वीकृत, दुई तलेसम्म घर बनाउन बाटो खुल्यो

काठमाडौं । सरकारले पहिलोपटक बाँसलाई संरचनात्मक निर्माण सामग्रीका रूपमा वैधानिक मान्यता दिँदै ‘बाँस भवन डिजाइन मार्गदर्शन–२०८२’ स्वीकृत गरेको छ। उर्जा, सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले मार्गदर्शन अनुमोदन गरेसँगै अब बाँस प्रयोग गरी एकदेखि दुई तले आवासीय, साना उद्योग तथा व्यावसायिक भवन बनाउन सकिने भएको छ। स्टील–कंक्रिट आधारित निर्माण महँगो र […]

दुर्गा प्रसाईँको समूहले फिर्ता लियो नेपाल बन्दको कार्यक्रम

काठमाडौँ । सरकार र दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानबिच आज हुने घोषणा गरिएको नेपाल बन्द र अनिश्चितकालीन आमहड्तालका कार्यक्रम फिर्ता लिने सहमति भएको छ । सरकार र नागरिक बचाउ महाभियान नेपालका प्रतिनिधिबिच शनिबार बालुवाटारमा भएको वार्ताका क्रममा सो सहमति भएको हो । वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागहरूका सन्दर्भमा […]

जेनजी आन्दोलनपछि थपिए ८ लाख ३७ हजार ९४ जना नयाँ मतदाता

काठमाडौं । जेनजी आन्दोलनपछि प्रतिनिधि सभा विघटन भई निर्वाचन घोषणा भएपछि ८ लाख ३७ हजार ९४ मतदाता थपिएका छन् । निर्वाचन आयोगका अनुसार ९ असोजदेखि ५ मंसिरसम्म खुला गरिएको मतदाता नामावली संकलनमा झन्डै साढे ८ लाख मतदाता थपिएका हुन् । जसमा पुरूष चार लाख ७३ हजार ३४५ र महिला तीन लाख ६३ हजार ७७८ रहेका […]