गोली हानेर प्रहरीले काठमाडौंबाट समात्यो २ भारतीय नागरिक

काठमाडौं । काठमाडौंको गौशाला-पिंगलास्थान क्षेत्रबाट लागूऔषध कारोबारको आशंकामा दुुई भारतीय नागरिक पक्राउ परेका छन् ।

मध्यराति लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाएर दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरू लागुऔषध कारोबारमा संलग्न रहेको आशंका गरिएको छ।

उनीहरू सवार गाडी समेत नियन्त्रणमा लिइएको जनाइएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।