काठमाडौँ । अमेरिका र इरानबिच दुई हप्ते युद्धविरामको सहमति भएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै नेपाली बजारमा पनि प्रभाव परेको छ । नेपाली बजारमा बुधवार सुनको मूल्यमा ७ हजार २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ७ हजार २०० रुपैयाँले बढेको हो । महासङ्घले सार्वजनिक गरेको विवरण […]
समाज
आज देशभर हावाहुरी र असिनासहित वर्षाको सम्भावना, यी स्थानमा हुनेछ भारी वर्षा
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बागमती र कोशी प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लागेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्णतया बादल […]
अन्तिम समयमा अमेरिका र इरानबिच दुई साताका लागि युद्धविराम गर्ने नाटकीय सहमति
वासिङ्टन डिसी । अमेरिका र इरानबिच दुई साताका लागि युद्धविराम गर्ने नाटकीय सहमति भएको छ। तेहरानलाई स्ट्रेट अफ होर्मुज खोल्न वा इरानका नागरिक पूर्वाधारहरूमा विनाशकारी आक्रमणको सामना गर्न दिएको अन्तिम समयसीमा सकिनुभन्दा दुई घण्टा अगाडि मात्रै राष्ट्रपति डोनाल्ड ट्रम्पले यो घोषणा गरेका हुन्। ट्रम्पको यो कदमलाई एक आकस्मिक मोडका रूपमा हेरिएको छ, किनकि मंगलबार मात्रै […]
ट्रम्पको धम्कीपछि इरानको कडा चेतावनीः तेल र ग्यास आपूर्ति अवरुद्ध हुन सक्छ
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज राति ‘एउटा सभ्यता ध्वस्त हुनेछ’ भनी धम्कीपूर्ण बयान दिएपछि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले कडा प्रतिक्रिया जनाएको छ । आईआरजीसीले सरकारी सञ्चारमाध्यममार्फत जारी गरेको संयुक्त वक्तव्यमा अमेरिका र यसका क्षेत्रीय सहयोगीहरूविरुद्ध अहिलेसम्म निकै संयम देखाएको र बदला लिन लक्ष्य छनोटमा सावधानी अपनाएको बताएको छ । राष्ट्रपति […]
उषा खड्गीको जाहेरीपछि जीपी तिमल्सिना पक्राउ
काठमाडौं । पूर्वपत्नी समेत रहेकी पूर्वमिस नेपाल तथा अभिनेत्री उषा खड्गीको उजुरीपछि सञ्चारकर्मी जीपी तिमल्सिना मंगलबार पक्राउ परेका छन् । अभद्र व्यवहार लगायतको कसुरमा उषाले सोमबार भक्तपुर प्रहरी परिसरमा जाहेरी दिएकी थिइन् । साथै, जीपीविरुद्ध धम्की र कुटपिटको प्रयास गरेको आरोप पनि लगाइएको छ । जाहेरीपछि प्रहरीले सोमबार दुवै पक्षलाई बोलाएर छलफल गराएको थियो । […]
हृदयघात हुँदा तुरुन्तै प्रयोग गर्न त्रिभुवन विमानस्थलमा राखियो एईडी उपकरण
काठमाडौं । त्रिभुवन विमानस्थलमा अटोमेटेड एक्स्टर्नल डिफिब्रिलेटर (एईडी) उपकरण जडान गरिएको छ । काठमाडौं महानगरपालिकाका अनुसार वडा नं. ९ मा पर्ने विमानस्थलमा सार्वजनिक स्थानमै पहिलो पटक यस्तो उपकरण राखिएको हो । वडाध्यक्ष रामजी भण्डारीका अनुसार एईडी आकस्मिक हृदयघात वा मुटुको धड्कन अचानक बन्द हुने अवस्थामा तुरुन्त प्रयोग गरी बिरामीको ज्यान बचाउन सहयोग गर्ने जीवनरक्षक उपकरण […]
निजी मिडियालाई सरकारी विज्ञापन नदिने निर्णय विरूद्धको रिटमा सर्वोच्चले बोलायो छलफल
काठमाडौँ । सरकारी विज्ञापन निजी मिडियालाई नदिने निर्णयविरूद्ध परेको रिटमा सर्वोच्च अदालतले छलफलमा बोलाएको छ। सर्वोच्चले यस विषयमा छलफलमा आउन सरकारलाई भनेको हो। मंगलबार न्यायाधीश मेघराज पोखरेलको इजलासले अन्तरिम आदेश जारी गर्ने/नगर्ने विषयमा छलफल गर्न दुबै पक्षहरू राखेर छलफल गरी निर्णय लिनु मनासिब देखिएको उल्लेख गरेको छ। सरकारको निर्णयले प्रेस स्वतन्त्रता हनन् हुने/नहुने र सरकारी […]
सरकारले फिर्ता बोलायो ६ देशका राजदूत
काठमाडौँ । सरकारले ६ देशका राजदूतलाई फिर्ता बोलाएको छ। यसअघिको सरकारले राजनीतिक पृष्ठभूमिका आधारमा नियुक्त गरेका राजदूतलाई एक महिनाभित्र फिर्ता हुन भनिएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए। उनका अनुसार भारतका लागि राजदूत डा. शंकरप्रसाद शर्मा, अस्ट्रेलियाका लागि चित्रलेखा यादव, श्रीलंकाका लागि डा. पूर्णबहादुर नेपाली, दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाङ्फे, डेनमार्कका लागि सुम्निमा तुलाधर र […]
सामान्य बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ रुपैयाँले बढेको हो । महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ । यसअघि हिजो सुन प्रतितोला २ लाख ९१ हजार ४०० […]
पाकिस्तानमार्फत् इरानले अमेरिका पठायो युद्ध ‘सधैंका लागि अन्त्य गर्ने’ प्रस्ताव
काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध ‘सधैंका लागि अन्त्य गर्ने’ उद्देश्यले शान्ति प्रस्ताव अघि सारेको छ । इरानको सरकारी समाचार एजेन्सी आई.आर.एन.ए.का अनुसार पाकिस्तानमार्फत् शान्ति प्रस्ताव अघि सारिएको हो । यसअघि अमेरिकाबाट आएको १५ बुँदे प्रस्तावको करिब दुई सातासम्म गहिरो समीक्षा गरेपछि इरानी नेतृत्वले पाकिस्तानमार्फत् शान्ति प्रस्ताव अघि सारेको बीबीसीले जनाएको छ । […]










