देशभर २४ घण्टामा थपिए २१११ कोरोना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २१११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३७०२२ रहेको छ । पछिल्लो २४ घण्टामा थप ३५३७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै […]

२४ घण्टामा १९१३ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९१३ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमतिको कुल संख्या २ लाख ४ हजार २४२ जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १५ जना कोरोना […]

एकाबिहानै दुई वटा ट्रक ठोक्किँदा कलंकीमा ३ जनाको मृत्यु

काठमाडौं, २७ कार्तिक । एकाबिहानै कलंकीमा दुई ट्रक आपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ । कलंकीस्थित मकालु पेट्रोल पम्प अगाडि यो दुर्घटना भएको हो । मकालु पट्रोल पम्प अगाडि पार्किङ गरी राखिरहेको बा ३ ख ७५३० नम्बरको ट्रकलाई बल्खुबाट सितापाईलातर्फ जाँदै गरेको बा ५ ख ८८६५ नम्बरको कुखुरा बोक्ने ट्रकले ठक्कर दिँदा सोहि कुखुरा […]

बुधवार थपिए २५६९ जनामा कोरोना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २५६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ८१ जनाको पीसीआर परीक्षण […]

विद्यालय तहको नयाँ पाठ्यक्रम हाललाई कार्यान्वयन नगर्न सर्वाेच्चकाे आदेश

काठमाडौँँ । सर्वाेच्च अदालतले विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ हाललाई कार्यान्वयन नगरी यथास्थितिमा राख्न आज उत्प्रेषणको आदेश दिएको छ । यो आदेशसँगै यसै शैक्षिकसत्रदेखि कक्षा ११ मा ‘सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा’ लाई अनिवार्य विषय बनाउने नेपाल सरकारको निर्णय अन्योलमा परेको छ । सो अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलाशले अन्तरिम आदेशमाको टुङ्गो नलागेसम्म […]

धादिङका पत्रकार सीताराम बर्माको निधन

काठमाडौँ । धादिङका पत्रकार सीतारामप्रसाद बर्माको निधन भएको छ। राष्ट्रिय समाचार समिति (रासस) का धादिङ जिल्ला समाचारदाता सीतारामप्रसाद बर्माको शुक्रबार बिहान उपचारका क्रममा ७९ वर्षको उमेरमा निधन भएकोहो। किष्ट मेडिकल कलेज ग्वार्को ललितपुरमा उपचाररत बर्मा उच्च रक्तचाप र निमोनियाबाट पीडित थिए। उनले कोरोनाबाट भने विजय प्राप्त गरेको जनाइएको छ। नेपाल पत्रकार महासङ्घ धादिङका संस्थापक सभापति […]

झापामा मात्रै ५८ जना कोरोना संक्रमितको मृत्यु

झापा । कोरोनाको महामारीबाट ज्यान गुमाउनेको सङ्ख्या जिल्लामा ५८ पुगेको छ। जनस्वास्थ्य कार्यालय झापाले सक्रिय सङ्क्रमितको सङ्ख्या ८९३ रहेको जनाएको छ। कार्यालयको तथ्याङ्कअनुसार ३० हजार ४४१ जनाको स्वाब सङ्कलन गरी परीक्षण गर्दा दुई हजार ३६२ जना सङ्क्रमित छन्। तीमध्ये निको भएर एक हजार ४४२ जना घर फर्किसकेको कार्यालयका फोकल पर्सन जीवन चौलागाइइँले बताए। उनका अनुसार […]

बुधबार ३३०९ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा थपिए १८७८

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ८७८ कोरोना संक्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५७० भक्तपुरमा ११९ र ललितपुरमा १८९ जना नयाँ संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा बुधबार थप ३ हजार ३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा १ लाख […]

कोरोनाबाट पूर्व सभामुख महरापत्नीको नर्भिक अस्पतालमा निधन

काठमाडौं, १९ कार्तिक । पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराकी श्रीमती सीता महराको निधन भएको छ । कोरोनाभाइरसको संक्रमण पुष्टि भएर नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । दसैँमा पुर्ख्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो। निमोनिया र श्वासप्रश्वासको समस्या […]

१६ देशलाई पछि पार्दै नेपालकी प्रिन्सा खड्काले जितिन ‘गोल्डेन क्विन अफ २०२०’

काठमाण्डौं । गत बर्ष इजिप्टमा आयोजित अन्तराष्ट्रिय ब्युटी एण्ड प्याजेन्ट शोमा ‘मिनी मोडल वल्ड २०१९’ को क्राउन सँगै बेष्ट डान्सर र दुई महिना अगाडि फस्ट प्लेस ‘गोल्ड प्रिन्सेस अफ द वल्ड २०२०’ को उपाधी सँगै स्पेसियल अवार्ड अफ द फेस्टिवल अन्तर्गत ‘प्रिन्सेस ओर्जिनालिटी’ अवार्ड जितेकी प्रिन्सा खड्काले फेरि अर्को अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा जित हासिल गरेकी छिन […]