मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठ पर्व मनाइँदै

जनकपुरधाम । मिथिला क्षेत्रमा मंगलबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै लोक आस्था एवं सूर्य पूजाको महान् उत्सव चैती छठ पर्व मनाइँदैछ। नेपाल र भारतका मिथिला क्षेत्रमा गत आइतबार चतुर्थी तिथिदेखि धार्मिक विधिपूर्वक सुरु भएको चारदिने चैती छठ उत्सवको आज मुख्य दिन षष्ठी तिथिको साँझ विभिन्न जलाशयमा पसेर व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठ पर्व […]

डोटीमा ९०० मिटर तल खस्यो जिप, २ जनाको घटनास्थलमै मृत्यु

जोरायल । डोटीमा गएराति भएको बोलेरो जिप दुर्घटना परी चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा परी आदर्श गाउँपालिका– ३ काँडीस्याउलेका २२ वर्षीय चालक सुबोध रोकाया सोही ठाउँका १९ वर्षीय कैलाश बिकको घटनास्थलमै मृत्यु भएको निमित्त जिल्ला प्रहरी प्रमुख डिएसपी नवराज ढुंगेलले बताए। गिरिचौकाबाट काँडीस्याउलेतर्फ आउँदै गरेको सुपप्र. ०१ ००१ च ३९२३ नम्बरबको राति […]

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, मधेस र लुम्बिनी प्रदेश लगायत देशका पहाडी र हिमाली भूभागमा साधरणतया बादल र बाँकी भूभागमा आंशिक बादल लागेको छ । आज दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी […]

नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप्यो दुई उडान

काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप दुई उडान गर्ने भएको छ । निगमले काठमाडौं–दुबई रुटमा २५ मार्चमा उडान राखेको छ । दुबई–काठमाडौं रुटको उडान २६ मार्चमा हुने भएको छ । यसैगरी काठमाडौं–दुबई अर्को उडान २७ मार्चमा राखिएको छ । सो जहाजले दुबई–काठमाडौं उडान २८ मार्चमा गर्नेछ । निगमका अनुसार यी उडान काठमाडौंबाट स्थानीय […]

छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर देशभर सात जनाको मृत्यु

काठमाडौं । मुलुकका विभिन्न ठाउँमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर सात जनाले ज्यान गुमाएका छन् । धादिङ, धनुषा, महोत्तरी, बाँके, रुपन्देही, बारा र स्याङ्जामा भएका दुर्घटनामा परेर सात जनाको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी गराएको छ । धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारस्थित सडकमा बिग्रिएर रोकी राखेको ना.६ ख ३१०६ नम्बरको ट्रकमा बा.७२ प […]

होर्मुज स्ट्रेटलाई लिएर इरानको रिभोलुसनरी गार्डले दियो यस्तो चेतावनी

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको २४ घण्टे अल्टिमेटमको बीचमा इरानको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सले चेतावनी दिएको छ। यदि अमेरिकाले आफ्ना ऊर्जा केन्द्र वा पावर प्लान्टहरूमा हमला गरेमा रणनीतिक रूपमा महत्त्वपूर्ण ‘होर्मुज स्ट्रेट’ पूर्ण रूपमा बन्द गरिदिने उसले घोषणा गरेको हो। गार्डले इरानी सञ्चारमाध्यममार्फत जारी गरेको बयानमा भनिएको छ, ‘यदि इरानको […]

आज पनि घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । पश्चिम एसियामा जारी युद्धसँगै सुनको भाउ निरन्तर घट्दो क्रममा रहेको छ । नेपाली बजारमा सोमबार छापावाल सुन तोलामा २ लाख ७५ हजार ५०० रुपैयाँ कायम भएको छ । जुन मूल्य अघिल्लो दिनको तुलनामा ६ हजार ५०० रुपैयाँ कम हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रति १० ग्राम सुनको मूल्य २ लाख […]

क्रिप्टो कारोबारको आरोपमा तीन जना पक्राउ, १५ लाख नगद बरामद

काठमाडौँ । क्रिप्टो करेन्सी कारोबार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। १५ लाख ३० हजार रुपैयाँ नगदसहित तीन जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारतीय नागरिक प्रवेश अली, बाँकेका नरेश रेउले र सर्लाहीकी दिप्ती पोखरेल छन्। सुरूमा प्रहरीले चैत ६ गते सामाखुशीबाट रेउलेलाई पक्राउ गरेको थियो। उनीमाथि सोधपुछ गरेपछि […]

अस्पताल भवन अलपत्र पारेपछि ठेकेदारको गाडी हलेसी नगरपालिकाको नियन्त्रणमा

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आधारभूत अस्पतालको भवन निर्माण अलपत्र पार्ने ठेकेदारको गाडी नियन्त्रणमा लिएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान (हलेसी)मा निर्माणाधीन आधारभूत अस्पतालको भवन अलपत्र पार्ने निर्माण कम्पनी नमुना/हिमालयन जेभी विराटनगरका ठेकेदार रमेश बस्नेतको बागमती प्रदेश १६ च ६८०२ नम्बरको गाडी नियन्त्रणमा लिएको हो । आवश्यक निर्माण सामग्री तथा जनशक्तिको व्यवस्थापन गरेर […]

इसराइलको हवाई प्रतिरक्षा प्रणालीलाई चक्मा दिँदै इरान हान्यो मिसाइल, सयजना बढी घाइते

एजेन्सी । इसराइलको आकाश विश्वकै सुरक्षित मध्येमा पर्छ। आयरन डोम, डेविड्स स्लिङ र एरो प्रणालीजस्ता बहुस्तरीय हवाई प्रतिरक्षा प्रणालीले इसराइलमा ‘शत्रु’ ले प्रहार गर्ने हवाई हतियारहरू आकाशमै नष्ट गर्छ। यी प्रणालीले छोटो दूरीका रकेटदेखि लामो दूरीका ब्यालिस्टिक मिसाइलसम्मलाई तह–तहमा रोकेर नष्ट गर्न सक्ने क्षमता राख्छन्। पछिल्ला वर्षहरूमा प्यालेस्टाइनबाट हमास, लेबननबाट हिजबुल्लाह लगायतले इसराइलका सहरमा लक्ष्य गरी […]