काठमाडौं। महानगरीय प्रहरी परिसर काठमाडौँले तीन किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ । परिसर अन्तर्गत रहेको महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले आज बिहान ११.३० बजे चेकजाँचका क्रममा भारतका १९ वर्षीय दीपककुमार मोर्रे र कञ्चनपुरका २३ वर्षीय मनोज विकलाई पक्राउ गरेको हो । परिसरका प्रमुख विश्वराज पोखरेलले मारुती ८०० लेखेको गाडीको एयर फिल्टरबाट ल्याउँदै […]
समाज
जुम्लामा डा गोविन्द केसीका समर्थकको टाउकोमा प्रहरीको लाठी
काठमाडाैँ। अनशनका लागि जुम्ला पुगेका डा गोविन्द केसीका समर्थकमाथि प्रहरीले लाठी चलाएको छ । जुम्लाबाट पत्रकार देवीकृष्ण अधिकारीका अनुसार उत्तेजित भएर नारावाजी गरेर निषेधित घेरा तोड्न खोज्दा प्रहरीले लाठी चार्ज गरेको हो । प्रहरीको लाठी चार्चबाट केही घाइते भएका छन । तत्कालीन अवस्थामा सरकारी कोटामा विदेशमा गएर मेडिकल शिक्षा अध्ययन गरेर फर्केपछि दुर्गममा गएर जागिर […]
नेपालपछि भारतले लगायो माल्दिभ्समा कडा नाकाबन्दी
काठमाडाैं, १६ असार । माल्दिभ्सको राजनीतिक नेतृत्व चीनतर्फ ढल्किएपछि भारत र माल्दिभ्सबीचको सम्बन्धमा पछिल्ला केही वर्षदेखि तिक्तता बढेको छ। दुई मुलुकबीचको सम्बन्धमा चिसोपन आएसँगै नयाँदिल्लीले टापु राष्ट्र माल्दिभ्समा निर्यात गर्दै आएको अत्यावश्यक सामग्रीको परिमाणमा कटौती गरी अघोषित नाकाबन्दी गरेको छ। भारतको डिरेक्टोरेट जनरल अफ फरेन ट्रेड (डिजिएफटी) ले माल्दिभ्स निर्यात गर्दै आएको धान, आलु, प्याज […]
भारत र बंगलादेशसम्म धान निर्यात गर्ने इतिहासमै सीमित बन्यो
कैलाली, १६ असार । साढे तीन दशकअघिसम्म सेती–महाकालीबाट बंगलादेश, भारतको उडिसालगायत ठाउँमा धान–चामल निर्यात गरिन्थ्यो । बंगलादेशमा अनिकाल पर्दा यहाँको माटोमा उब्जेको धानले भोक मेटाउँथ्यो । तर अहिले समय बललिएको छ। धान–चामल निर्यात गर्ने हामी आयात गर्न बाध्य छौं । यसै कारण कुनै बेला सेती–महाकालीबाट पनि भारत र बंगालादेशमा धान–चामल निर्यात हुन्थ्यो भन्दा अहिलेको युवा […]
एसर्इर्इमा एउटै स्कूलका ७ विद्यार्थीले ल्याए ४ जीपीए
पोखरा, १६ असार । गत शनिबार एसईईको परिणाम सार्वजनिक हुँदा सुरुमा ३.९५ जीपीए देखियो सफल सुवेदीको । पोखरा लेखनाथ २९ का उनी र अभिभावकको खुसीको सीमै थिएन । पोखराको मदरल्यान्ड माविबाट एसईई परीक्षामा ४ जीपीए ल्याउने विद्यार्थी । उक्त विद्यालयबाट ७ जनाले ४ जीपीए ल्याएका छन् । साँझपख विद्यालयबाट बाबु बद्रीनाथलाई फोन आयो, ‘सफलको ४ […]
सोल–सल्यानमा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु
सोलुखुम्बु, १५ असार । सोलुखुम्बुको नेचा सल्यानमा जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । आज बिहान नेचा सल्यानबाट काठमाडौं जाँदै गरेको ना. ज १८६० नम्बरको जीप दुर्घटना भएको घटनास्थलबाट सञ्चारकर्मी डिल्ली शर्माले जानकारी दिए । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि मिनस अस्पताल ओखलढुंगा लगिएको बताइएको छ । […]
खतराको सूचीबाट नेपालका विश्वसम्पदा सूची हटाइए
काठमाडौं, १५ असार । विश्व सम्पदा सूचीको खतराको सूचीमा राख्ने प्रस्ताव खारेज भएको छ । युनेस्कोले बहराइनमा जारी ४२ औं साधारणसभाले खतरामा नराख्ने निर्णय गरेको हो । भूकम्पलगत्तै सन् २०१५ देखि २०१७ सम्म लगातार विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबारलगायत ७ वटा क्षेत्रलाई खतराको सूचीमा राख्ने चेतावनी दिएको थियो । हाल सम्पदाहरुको पनुर्निर्माण सन्तोषजनक रहेको […]
अग्लो व्यापारिक भवनमा ठोक्किएर जहाज दुर्घटना, जहाजमा सवार सबैको मृत्यु
एजेन्सी । बिहिबार एक सानो चार्टर्ड विमान मुम्बईको घाटकोपारमा आशिंक रुपमा बनेको भवनमा ठोक्किदा पाँच मानिसको मृत्यु भएको छ । हवाई नियमनकर्ता डीजीसीएले जारी गरेको एक वक्तव्यमा दुर्घटनामा जहाजका दुई पाइलट, जहाजमा रहेको दुई इन्जिनियर र एक पैदल यात्रुको मृत्यु भएको जनाइएको छ । मृत पाइलटहरुको पहिचान भइसकेको छ । पाइलटको नाम क्याप्टेन पी.एस.राजपुत र […]
रौतहटमा गोली हानाहान हुँदा एकको मृत्यु
रौतहट, १५ असार । रौतहटमा विहीबार राति अपराधिक समूह र प्रहरीबीच दोहोरो गोली हानाहान हुँदा एक जनाकाे मृत्यु भएकाे छ। खुट्टा र पिठ्युमा गाेली लागेर जिल्ला अस्पतालमा ल्याइएका अपराधिक समूहका एक सदस्यकाे बाटाेमै मृत्यु भएकाे हाे। जिल्ला अस्पताल गौरका आकस्मिक कक्षका इन्चार्ज रवीन्द्र झाले मृत घोषणा गरेका छन्। प्रहरीका अनुसार राजदेवी नगरपालिकाको मुडउल्वा टोलको उत्तरपट्टी […]
८६ वर्षपछि इतिहास पल्टाउँदै वेल्जियमले गर्यो इग्ल्याण्डलार्इ पराजित
विश्व कप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा बेल्जियमले इङ्ल्यान्डलार्इ ८२ वर्षपछि पराजित गरेको छ । इङ्ल्यान्ड र बेल्जियम २१ पटक भिडेकाेमा वेल्जियमले याे खेलसँगै जम्मा २ पटक मात्र जित हात पारेकाे हाे । अर्कातिर इङ्ल्यान्डले १५ वटा जित दर्ता गरेको थियो । बेल्जियम ९ मे १९३६ मा भएको खेलमा इङ्ल्यान्डविरूद्ध ३-२ ले विजयी भएको […]











