८६ वर्षपछि इतिहास पल्टाउँदै वेल्जियमले गर्यो इग्ल्याण्डलार्इ पराजित

विश्व कप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा बेल्जियमले इङ्ल्यान्डलार्इ ८२ वर्षपछि पराजित गरेको छ । इङ्ल्यान्ड र बेल्जियम २१ पटक भिडेकाेमा वेल्जियमले याे खेलसँगै जम्मा २ पटक मात्र जित हात पारेकाे हाे । अर्कातिर इङ्ल्यान्डले १५ वटा जित दर्ता गरेको थियो । बेल्जियम ९ मे १९३६ मा भएको खेलमा इङ्ल्यान्डविरूद्ध ३-२ ले विजयी भएको थियो । त्यसयछि यही विश्वकपमा मात्रै उसले इङ्ल्यान्डलार्इ हराउन सकेको हो ।

बेल्जियमले २८ जुनमा यसभन्दा अघि पनि २ पटक खेलिसकेको छ । तर दुवैमा हार मिलेको अवस्थामा यो पटक भने उसले जित निकाल्यो । यसअघि १९८२ जुन २८ मा उसलार्इ पोल्यान्डले ३-० र १९८६ जुन २८ मा फ्रान्सले ४-२ ले हराएको थियो ।

अदनान जानुजार्इ निर्णायक गोल गरेपछि समूह जी बाट सबै तीन खेल जितेको बेल्जियम ९ अंकसहित शीर्ष स्थानमा रहेर अन्तिम १६ मा प्रवेश गरेको छ । अन्तिम १६ मा बेल्जियमले समूह एच को उपविजेता जापानसँग प्रतिस्पर्धा गर्ने छ ।

बेल्जियमका अदनान जानुजाइले ५१ औँ मिनेटमा गोल गर्दै जित दिलाएका हुन् । बेल्जियमसँग पराजित भएपछि इङ्ल्यान्ड समूहका २ खेलमा जित र एक हारसहित उपविजेता बनेर अन्तिम १६ मा पुगेको छ । अब उसले क्वार्टर फाइनलका लागि समूह एचको विजेता कोलम्बियासँग प्रतिस्पर्धा गर्ने छ ।

पछिल्ला पाँच विश्व कप फाइनल खेल्ने १० टिममा केबल फ्रान्स मात्रै समूहको शीर्ष स्थानमा थिएन । सन् २००६ मा फ्रान्स विश्वविजेता बन्न सकेन । सन् १९९८ देखि सन् २०१४ सम्म समूहको शीर्ष स्थानमा रहेका टोलीले विश्वविजेता बनेका छन् ।

इङ्ल्यान्डको टिमले समूह चरणमा अहिलेसम्म ८ गोल गरेको छ । तर बेल्जियमविरूद्ध उसका धारिला स्ट्राइकर फेल भए । यसभन्दा पहिले इङ्ल्यान्डले सन् १९६६ को विश्वपकपमा ८ भन्दा धेरै गोल गरेको थियो । त्यो बेला उसले ११ गोल गरेको थियो।

बेल्जियमका प्रमुख स्ट्राइकर रोमेलु लुकाकु चोटका कारण इङ्ल्यान्डविरूद्ध मैदानमा उत्रिएनन् । उनले पनि यो विश्वकपमा पनामा र ट्युनिसयाविरूद्ध चार गोल गर्दै गोल्डेन बुटको दाबेदारीमा उभ्याएका छन् ।

Loading...