काठमाडाैँ।
अनशनका लागि जुम्ला पुगेका डा गोविन्द केसीका समर्थकमाथि प्रहरीले लाठी चलाएको छ । जुम्लाबाट पत्रकार देवीकृष्ण अधिकारीका अनुसार उत्तेजित भएर नारावाजी गरेर निषेधित घेरा तोड्न खोज्दा प्रहरीले लाठी चार्ज गरेको हो । प्रहरीको लाठी चार्चबाट केही घाइते भएका छन ।
तत्कालीन अवस्थामा सरकारी कोटामा विदेशमा गएर मेडिकल शिक्षा अध्ययन गरेर फर्केपछि दुर्गममा गएर जागिर खान अटेरी गरी राजिनामा गरेर हिडेका गोविन्द केसी अहिले दुर्गम मानिएको कर्णाली प्रदेशको जुम्लामा अनशनका लागि पुगेका हुन ।
तर जुम्लामा गएर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बसेर अस्पतालको सेवा अस्तव्यस्त बनाउने केसीको रहर पूरा नहुने गरी प्रशासनले रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय जुम्लाले उनलाई अस्पताल भन्दा २ सय मिटर परमात्र अनसन बस्न अनुरोध गरेको छ । प्रशासनले अस्पताल, प्रहरी र प्रशासन कार्यालयको २ सय मिटर क्षेत्रमा अनशन नबस्न बिज्ञप्ति मार्फत ध्यानाकर्षण गराएको छ ।