बढे बाघ, बाँके राष्ट्रिय निकुञ्जमा मात्र पुगे २१ बाघ

काेहलपुर । बाँकेमा बाघको संख्या बढेको छ। गत पुसमा गरिएको गणना अनुसार, बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या २१ वटा पुगेको हो। तीन महिना लगाएर गरिएको गणनाको रिपोर्ट आइतबार सार्वजनिक गरिएको छ। पाँच वर्षअघि सन् २०१३ मा गणना गर्दा बाँकेमा चार वटा बाघ थिए। बासस्थान एवं बाघको संख्या बढाउनका लागि २०६७ सालमा बाँके राष्ट्रिय निकुञ्ज स्थापना […]

मलेसियन प्रहरीले कम्पनीमा छापा मारेर गर्यो ४७ जना नेपाली गिरफ्तार

मलेसियामा अवैधानिक रुपमा बसिरहेका ४७ जना नेपाली कामदारलाई प्रहरीले पक्राउ गरेको छ। अवैधानिक कामदारलाई स्वदेश फर्किन तथा वैधानिक भएर बस्न समय दिए पनि सदुपयोग नगरेका आप्रवासी पक्राउको अभियान चलिरहेको छ। साइवरजयाको एक कम्पनीमा छापा मारेर २ हजार २ सय ३० जना कामदारमाथि छानविन गर्दा प्रहरीले ३ सय ३८ जना पक्राउ गरेको मलेसियाको अध्यागमन कार्यालयले जनाएको […]

दशैंको मुखमा सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढ्यो

काठमाडौं । दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बृद्धि भएको छ । चाडबाडको मुखमा चारैतिर बढ्ने महंगीलाई नियन्त्रण गर्न सर्वसाधारणले माग गरिरहेको बेला सरकारले भने सार्वजनिक यातायातको भाडामा भारी बृद्धि गरेको छ । यातायात व्यवसायीहरूले भाडा बढाउन माग गर्दा सरकरले १० प्रतिशत भाडा बढाएको छ । यातायात व्यवसायीसँग सरकार झुकेको आरोप लागेको छ । एकै पटक १० […]

हजार मेगावाटको माथिल्लो अरुण प्राधिकरणले अघि बढाउने

काठमाडाैं । सरकारले माथिल्लो अरुण जलविद्युत् आयोजना विद्युत् प्राधिकरणको सहायक कम्पनीमार्फत निर्माण गर्ने निर्णय गरेको छ । नेपाल विद्युत् प्राधिकरणको ५१ प्रतिशत र सर्वसाधारण जनताको ४९ प्रतिशत सेयर स्वामित्व रहने गरी निर्माण गर्न सरकारले अपर अरुण हाइड्रोइलेक्ट्रिक लिमिटेडलाई दिने निर्णय गरेको हो । अाजकाे नयाँ पत्रिका दैनिकमा याे खबर छ – पिक रन अफ रिभर (आरओआर) आयोजनका रूपमा […]

विहानैबाट उपत्यका ठप्प, नेकपा कार्यकर्ताले बन्दमा अपनाए यस्तो नयाँशैली

काठमाडौ ।  नेपाल कम्युनिस्ट पार्टीले आज (आइतबार) उपत्यका बन्दका कारण विहानैबाट राजधानीको जनजीवन प्रभावित भएको छ । आइतबार विहानैबाट बन्दको अवज्ञा गरेको भन्दै केही सवारी साधानमाथि तोडफोड गरेको बताइएको छ । ललितपुरको च्यासल, काठमाडौँको मनमैजु, धोवीघाटमा ट्याक्सीलाई सम्झाएर छोडिएको बताइएको छ । ट्याक्सी चालकले आफूलाई जानकारी बनाएकै कारण चलाएको भनेपछि सम्झाएर पठाएको नेकपाका एक कार्यकर्ताले […]

‘पोर्न साइट’ले हैरान बाबुराम ! त्यस्ता साइटमा प्रतिबन्ध लगाउने सरकारको निर्णयमा गरे यस्तो समर्थन

काठमाडौँ, ६ असोज । ‘पोर्न साइट’ माथि प्रतिबन्ध लगाउने सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाको निर्णयको पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले समर्थन गरेका छन्। विदेश भ्रमणको क्रममा अमेरिकाको मिनेसोटा राज्यमा रहेका भट्टराईले उतैबाट ट्वीट गर्दै मन्त्री बास्कोटाले चालेको कदमको समर्थन गरेका हुन्। ‘समाजमा व्याप्त विकृति र यौनजन्य हिंसा रोक्न पोर्न साइटमाथि प्रतिबन्ध लगाउनु राम्रो र […]

नेपालमा पोर्न साइट खुल्दै नखुल्ने बनाउने सञ्चारमन्त्रीको योजना

काठमाडौँ । समाजमा विभिन्न खालका अपराधमा वृद्धि भएपछि सरकारले सबै ‘पोर्न साईट’ बन्द गराउने कडा निर्देशन जारी गरेको छ। शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकूल बास्कोटाले सबै पोर्न साइटहरु बन्द गर्न निर्देशन दिएका हुन्। पछिल्लो समय विभिन्न जिल्लामा बलात्कारका घटनामा बृद्धि भएका छन्, जसको एउटा कारण ‘पोर्न साइट’ को निर्वाध प्रयोग हो भन्ने मन्त्रालयको […]

विपक्षी खेलाडीको कपाल तानेपछि रोनाल्डोले पाए रातो कार्ड

एजेन्सी । रियल म्याड्रिड छाडेर युभेन्टस पुगेका क्रिस्टियानाे राेनाल्डाेबाट उनका फ्यानहरुले गाेलकाे अाशा गरेका थिए । युभेन्टस पुगेपछि उनले कहिले गाेल गर्लान भनेर निकै चासाेका साथ पर्खेका उनका फ्यानका लागि निरासजनक खबर अाएकाे छ । राेनाल्डाे गाेल हाेइन राताे कार्ड पाएर केही खेलमा प्रतिबन्धमा पर्नसक्ने भएका छन् । राेनाल्डाेले विपक्षीका एक खेलाडीकाे कपाल नै तानेकाे […]

ढुवानी रोक्ने ढुवानीकर्ताको सम्झौता रद्द गर्न आयल निगमको कडा चेतावनी

काठमाडाैं, ५ असाेज । नेपाल आयल निगमले इन्धन ढुवानीकर्ता तथा चालकले तत्काल ट्याङ्कर सञ्चालन नगरे ढुवानी सम्झौता रद्द गर्ने जनाएको छ । निगमले बुधबार एक सूचना प्रकाशित गर्दै पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थामा प्रतिकूल प्रभाव पार्ने पिडिओ नलिने, भारतीय आयल कर्पोरेशन (आइओसी)मा इन्धन लिन नजाने, डिपोमा इन्धन लिएर नआउने र बिक्री वितरणमा असहयोग गर्ने ट्याङ्कर तथा […]

भुकम्पमा परेर मृत्यु भएको भनि काजकिरिया समेत गरिसकेका व्यक्ति पोखरामा जिवितै भेटिए

पाेखरा, ५ असाेज । २०७२ सालकाे महाभूकम्पमा परेर मृत्यु भएकाे खबरपछि काजकिरिया समेत गरिसकेका व्यक्ति जीवीतै फेला परेका छन् । सुन्दा पनि अनाैठाे लाग्ने याे खबर अछामकाे हाे । अछामका जीवन बुढा २०७२ सालमा भुकम्प गएका बेला काठमाडाैंमा थिए र उनी काठमाडाैंमै भुकम्पमा परेर मृत्यु भएकाे खबर अछाम पुगेकाे थियाे । उनका अाफन्तले त्याे खबरपछि […]