अवैध ३ किलो सुनसहित दुर्इ जना पक्राउ

काठमाडौं, ९ असोज । रसुवाको केरुङ्ग नाक भएर काठमाडौँ सुन तस्करी भैरहेको फेरि प्रमाण फेला परेकाे छ छ । महानगरीय प्रहरी परिषद काठमाडौँले ३ केजी सुन सहित २ जनालाई पक्राउ गरेपछि यसकाे पुष्टि भएको हाे । महानगरीय प्रहरी परिषद काठमाडौँले मंगलवार पत्रकार सम्मेलन गरी बरामद गरिएको सुन तथा पक्राउ परेकालाई सार्वजनिक गरेको छ । विशेष […]

नेप्सेमा दोहोरो अंकले वृद्धि, कारोबार एक अर्ब नाघ्यो

काठमाडौँ, ९ असोज । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको सेयर कारोबार मापक नेप्से परिसुचक साताको तेस्रो दिन मङ्गलबार दोहोरो अंकले वृद्धि भएको छ। नेप्सेसँगै कारोबार रकममा सुधार आएको छ। बजार परिसुचक २२ दशमलब ३७ अंकले वृद्धि भई १ हजार २ सय ८० दशमलब ५ बिन्दुमा पुगेको छ। बजार परिसुचक अघिल्लो दिनको तुलनामा १ दशमलब ७८ प्रतिशतले […]

भारतीय नागरिकलाई मार्ने हेलिकोप्टरलाई यसरी झुन्डयाएर सजाय दिइयो

हुम्ला, ९ असोज । उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानमा प्रतिबन्ध लगाएको मनाङ एयरको हेलिकप्टर सिमकोट पुर्‍याइएको छ। मनाङको ‘९ एन-एएमभी’ कलसाइन भएको ६ सिटे ‘एएस ३५० बिथ्री–ई’ सिरिजको हेलिकोप्टरलाई आज श्री एयरको ठूलो हेलिकप्टरले हिल्साबाट झुण्ड्याएर ल्याएको हो। २९ साउनमा हुम्ला र चीनको सिमानामा रहेको हिल्सास्थित हेलिप्याडमा अवतरण गरेको मनाङको हेलिकोप्टरको […]

निर्मला हत्या प्रकरणः प्रतिवेदन बुझ्दै गृहमन्त्रीले दिए यस्तो प्रतिक्रिया

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्या काण्डको अनुसन्धान गर्न गठित उच्चस्तरीय छानबिन समितिले मंगलबार गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएको छ । समितिका संयोजक हरिप्रसाद मैनालीको टोलीले गृह मन्त्रालयमा प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा घटनाको सम्भावित कारण, घटनास्थलको विवरण, प्रहरी अनुसन्धानलगायत सम्भावित आरोपीबारे पनि उल्लेख गरिएको बताइएको छ । गृहमन्त्री थापाले […]

दरबार हत्याकाण्डका अर्का प्रत्यक्षदर्शीको मृत्यु

काठमाडौं । राजा वीरेन्द्रका परिवारका सबै सदस्यको ज्यान जाने गरी भएको राज दरवार हत्याकाण्डका अर्का एक प्रत्यक्षदर्शीको पनि मृत्यु भएको छ। १९ जेठ २०५८ मा दरवारमा आयोजित रात्रिभोजका एक शाही निम्तालु महेश्वर कुमार सिँहको २ असोजमा ८४ को बर्षको उमेरमा निधन भएको हो। भारतको रजौटाका सन्तानसमेत रहेका सिँहको राजा त्रिभुवनकी दर्जनमध्येकी एक रानीकी छोरी विमला राज्यलक्ष्मीसँग […]

मेसी र रोनाल्डो युग तोड्दै लुका मोड्रिक बने फिफा वर्ष खेलाडी

काठमाडाैं । विश्व फुटबलकाे वर्ष खेलाडीकाे पुरस्कारमा एक दशक एकछत्र राज गर्दै अाएका अर्जेन्टिनाका लियाेनल मेसी र पाेर्चुगलका क्रिस्टियानाे राेनाल्डाेकाे समय सकिएकाे छ । विश्व फुटबलकाे सर्वाेच्च प्रशासनिक निकाय फिफाले प्रदान गर्ने वर्षकाे उत्कृष्ट खेलाडीकाे सूचीमा एक दशक यता मेसी र राेनाल्डाेले अालाेपालाे जस्ताे गरी कब्जा जमाएका थिए । तर, यसपटकबाट त्याे क्रमभङ्ग गर्दै नयाँ […]

एउटा छोराका लागि न्याय माग्दै अनसनमा गंगामाया, अर्का छोरा ज्यान मुद्दामा पक्राउ

काठमाडौं । असनसनकै क्रममा मृत्यु भएका बाबुको शव नबुझी फरार रहेर लामो समयपछि प्रहरीले नियन्त्रणमा लिएर छाडेका गोरखा फुजेलका नुरप्रसाद अधिकारी पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर ललितपुरले नुरप्रसादलाई सोमबार पक्राउ गरेको हो । परिसर प्रमुख एसएसपी रवीन्द्र धानुकले अदालतबाट सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति लिइएको बताए । उनीमाथि कर्तव्य ज्यान मुद्दाअन्तर्गत कारबाही […]

आफैंमाथि गोली हानेर कुलप्रसादले गरे आत्महत्या

रोल्पा ।  रोल्पामा एक ५१ वर्षीय पुरुषले आफैंमाथि गोली प्रहार गरी आत्महत्या गरेका छन्। जिल्लाको रुन्टीगडी गाउँपालिका वडा नं. ६ डुव्रिङ निवासी कुलप्रसाद विकले आफैंमाथि गोली हानी आत्महत्या गरेको जिल्ला प्रहरी प्रमुख दीपक खड्काले जानकारी दिए । प्रहरी प्रमुख खड्काका अनुसार विकले बिहान ८ बजेतिर आफ्नै घरभित्रै आफैमाथि गोली हानेका हुन् । घटना घटेको १ घण्टापछि आफन्तले प्रहरीलाई खबर […]

राजनीतिक ‘कू’ गर्ने षड्यन्त्रमा विदेशी भूमिबाट ज्ञानेन्द्रको यस्तो चलखेल

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह २०७५ को असोज महिना पनि विदेशमै रमाउने कार्यक्रम रहेको थाहा भएको छ । उनका ती भ्रमणहरु राजनीतिकदेखि पारिवारिक र पर्यटकीयसम्म हुनेछन् । देशदेशावरको यात्रामा निस्केका ज्ञानेन्द्र अहिले श्रीलंकाको राजनीतिक भ्रमणमा व्यस्त छन् । भदौ २९ मा थाइल्याण्ड भ्रमणमा निस्केका शाहले एक महिना पूरै विदेशमा बिताउने छन् । २९ भदौमा विदेश भ्रमणमा निस्केका […]

सरकारका कारण नेपालीलार्इ जापानको रोजगारी अनिश्चित भयो

काठमाडौं । समयमै दुई मुलुकबीच सम्झौता हुन नसक्दा नेपाली कामदारलाई जापानको रोजगारी अनिश्चित बनेको छ । जापान अन्तर्राष्ट्रिय तालिम सहयोग संगठन (जिट्को) अन्तर्गत नेपाली प्रशिक्षार्थी कामदार जाँदै आएकामा जापानले प्राविधिक प्रशिक्षण तालिम कार्यक्रम (टिआइटिपी) लागू गरेको छ । तर, टिआइटिपीअनुसार दुई मुलुकबीच सहयोग समझदारी (एमओसी) हुन नसक्दा जापानको रोजगारी अनिश्चित बनेको हो । प्रशिक्षार्थी कामदार लैजान जापानले २८ […]