कांग्रेस केन्द्रीय समिति बैठक आज, थापाको राजीनामा मुख्य एजेन्डा

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ८ बजेदेखि बैठक सुरु हुने जानकारी केन्द्रीय सदस्य मधु आचार्यले दिएका छन्।

गत शुक्रबारदेखि सुरु भएको बैठकमा उपसभापतिविश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षासम्बन्धी प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको छ। उक्त प्रतिवेदनमा पार्टीको चुनावी प्रदर्शन, संगठनात्मक अवस्था तथा भावी रणनीतिबारे समीक्षा गरिएको बताइएको छ।

यसैबीच, पार्टी सभापति गगन थापाले दिएको राजीनामाको विषय पनि बैठकको मुख्य एजेन्डामध्ये एक बनेको छ। बैठकमा सहभागी अधिकांश केन्द्रीय सदस्यहरूले सभापतिको राजीनामा अस्वीकार गर्नुपर्ने धारणा राख्दै नेतृत्वलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।

बैठकमा आगामी रणनीति, पार्टी एकता तथा संगठन सुदृढीकरणका विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ।