जाजरकोट, पुस १८ । जाजरकोट सदरमुकामदेखि रुकुमको आठबिसकोट नगरपालिकाको राडी बजारसम्म सीधा यातायात सेवा शुरु भएको छ । सोमबार जाजरकोट क्षेत्र नं ‘क’का नवनिर्वाचित प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहको नेतृत्वमा सिस्ने हिमाल यातायात समिति रुकुम र भेरी गंगा बस व्यावसायिक समिति जाजरकोटबीच भएको छलफलबाट आज बिहानदेखि धीधा यातायात सञ्चालन गर्ने सहमति भएको थियो । भेरी गंगा […]
समाज
जाडोले कठ्याङ्ग्रिएर महिलाको मृत्यु
गौशाला, १८ पुस । महोत्तरी गाउँपालिकामा कठ्याङ्ग्रिएर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी गाउँपालिका–१ सोनुखडा बस्ने २८ वर्षीया सुधोदेवी पासवान रहेको निजका दाजु श्यामले बताए । अविरल चिसो हावा र शीतलहर चलिरहेका बेला सोमबार साँझसम्म आफ्नै माटाको घरको लिपपोत गरेर घर नजिकैको पोखरीमा नुहाउन गएकी उनी नुहाएर घर फर्किंदा कठ्याङ्ग्रिएकी थिइन् । […]
नारायणगढ–मुग्लिन सडक : रातिदेखि यातायात बन्द
चितवन, १८ पुस । नारायणगढ–मुग्लिन सडकखण्डमा आज रातिदेखि यातायात बन्द गरेर काम गरिने भएको छ । सडक विस्तारको काम भइरहेको उक्त सडकखण्डमा भित्तो काट्ने काम बाँकी रहेकाले राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारी रोकेर काम गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । काममा सन्तोषजनक प्रगति हुन नसकेपछि तीव्रता दिन यातायात रोकेर काम […]
रानीपोखरीको पुनर्निर्माणबारे पाँचदिनभित्र सुझाव दिन सर्वसाधारणलाई आह्वान
काठमाडौँ, १८ पुस । काठमाडौँ महानगरपालिकाले रानीपोखरीको पुनःनिर्माणका सम्बन्धमा सर्वसाधारणसँग सुझाव मागेको छ । पाँच दिनको समय राखेर महानगरपालिकाले सर्वसाधारणसँग सुझाव मागेको हो । कामपाका प्रशासकीय अधिकृत धनीराम शर्माका अनुसार आजदेखि पाँच दिनका लागि सुझाव दिन खुला गरिएको छ । सर्वसाधारणले रानीपोखरी पुनःनिर्माण सम्बन्धमा आफ्ना धारणा वा सुझाव दिन सक्नेछन् । सर्वसाधारणले विज्ञ समूहको सचिवालय […]
चिसोले कठ्याङ्गिन थालेपछि नगरपालिकाले दियो दाउरा
कपिलवस्तु, १८ पुस । केही दिनदेखिको बाक्लो हुस्सुसँगैको शीतलहरका कारण बढेको कठ्याङ्ग्र्रिने जाडोले जनजीवन प्रभावित भएसँगै यहाँको नगरपालिकाले दाउरा वितरण गर्न थालेको छ । जाडो बढे पनि सर्वसाधारणलाई आगो ताप्न दाउराको अभाव भएको गुनासो आएसँगै यहाँको बुद्धभूमि नगरपालिकाले नगरभित्रका विभिन्न ठाउँमा तीनदिनदेखि दाउरा वितरण गरिरहेको छ । इमिलिया, गोरुसिंहे, महेन्द्रकोट, बुड्डी, डुमरा चोक, हरिहरपुर, मानपुर […]
बाटो बन्द गर्नेलार्इ अश्रुग्यास हानेर प्रहरीले खुलायो जाम
बनेपा, १८ पुस । काभ्रेपलाञ्चोकमा दुर्घटनामा मृत्यु भएको विषयलाई लिएर स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेपछि प्रहरीले पाँच सेल अश्रुग्यास प्रहार गरेको छ । धुलिखेल नगरपलिका–११ स्थित पात्लेखेतमा अश्रुग्यास प्रहारपछि अरनिको राजमार्ग सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी उपरीक्षक सहकुल थापाले जानकारी दिए । “दुर्घटनामा मृत्यु भएपछि क्षतिपूर्तिको कुरा नमिलेका कारण स्थानीयवासीले राजमार्ग बन्द गरेका थिए, […]
नयाँ वर्षको पहिलो रात १७ हजार चालक मापसे कारबाहीमा
काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा नयाँ बर्ष लाग्ने रातमा १७ हजार जनाभन्दा बढीले मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएको पाइएको छ । आइतबार राति मादक पदार्थ सेवन गरी सवारी चलाउने १७ हजार जनालाई दण्डित गरिएको दिल्ली प्रहरीले जनाएको छ । उनीहरू मध्ये अधिकांश महिला रहेका छन् । दिल्ली प्रहरीले मादक पदार्थ सेवन गरी […]
सन् २०१८ को पहिलो दिन जन्मने शिशुको आधा सङ्ख्या नौ मुलुकबाट
एजेन्सी । सन् २०१८ को पहिलो दिन विश्वभर जन्म लिने करिब तीन लाख छ हजार शिशुमध्ये आधा सङ्ख्या विभिन्न नौ देशको रहेको यूनिसेफले जनाएको छ । संयुक्त राष्ट्र सङ्घको बालबालिकाको अधिकारका लागि कार्यरत संगठन (यूनिसेफ) ले सोमबार दिएको तथ्याङ्क अनुसार विश्वभर अङ्ग्रेजी नयाँ बर्षको पहिलो दिन अर्थात् जनवरी १ मा जन्मिने तीन लाख छ हजार […]
पहिलो पटक राजधानी छाडेर पोखरामा अन्तराष्ट्रिय चलचित्र महोत्सव
पाेखरा । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) पोखरामा हुने भएको छ । राजधानी केन्द्रित भइरहेका फिल्म महोत्सवकाे परम्परालार्इ ताेड्दै यसपाली पहिलाेपटक पाेखरामा याे महाेत्सव गर्न लागेकाे अायाेजकले जनाएकाे छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले गर्न लागेको उक्त महोत्सव माघ १९ देखि चार दिनसम्म पोखराको उद्योग वाणिज्य संघमा चल्नेछ । पत्रकार सम्मेलनमा सोमबार बताइए अनुसार महोत्सवमा ५३ […]
कारागारमा झडप हुँदा ९ जना कैदीको मृत्यु
काठमाडाैं । ब्राजिलको एक कारागारमा भएको झडपमा ९ जना कैदीबन्दीको मृत्यु भएको छ । एक समुहले हतियार सहित विपक्षी समुहको क्षेत्रमा प्रवेश गरेपछि झडप सुरु भएको बीबीसीले उल्लेख गरेको छ । गोलीबारी सुरु भएपछि १ सय भन्दा बढी कैदी भागेका थिए । भागेका मध्ये ३० जना कैदीलाई भने पुन: नियन्त्रणमा लिईएको छ । ब्राजिलमा क्षमता […]










