नाम इश्वरी काम राक्षसी : यसरी गरिन् इश्वरीले आफ्नै आमाको हत्या

काठमाडौं,१६ असार। भक्तपुरमा आइतवार भएको एक जेष्ठ नागरिकको हत्यामा उनकै छोरीको संलग्नता खुलेको छ । खरिपाटीस्थित छोरीको डेरामा आश्रय लिई बस्दै आएकी ६० वर्षिया आमाको उनकै २७ वर्षीया छोरीले हत्या गराएको खुलेको हो । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-५ बाडेगाउँ घर भइ भक्तपुरको खरिपाटीमा छोरी इश्वरी भट्टराईको साथमा बस्दै आएकी ६० वर्षीया सावित्रा भटराईको आइतवार बिहान १०:३० […]

रोपाइँको बेला आवश्यक मात्रामा मल नआउँदा सिरहामा डिएपी मलको अभाव

सिरहा १६ असार, । किसान धान रोपाइँमा व्यस्त भइरहँदा सिरहामा डिएपी रासायनिक मल को अभाव भएको छ । कृषि सामग्री कम्पनी केन्द्रीय कार्यालयबाट आवश्यक मात्रामा मल नआउँदा सिरहामा डिएपी मलको अभाव भएको कृषि सामग्री कम्पनी लिमिटेड लहानले जनाएको छ ।  धान रोपाइँको बेला मलखाद्यको माग बढे पनि लामो समयदेखि आपूर्ति नहुँदा डिएपी मलको अभाव भएको […]

किन लम्बिदैछ लोकसेवा सम्बन्धी रिटको सुनवाई ? आउला त सोमबारै आदेश ? 

काठमाडौं । चार लाख बेरोजगारले रोजगारीका लागि लोकसेवा आयोगमा दिएको निवेदन अलपत्र छ । स्थानीय तहका लागि ९१६१ पदका लागि परेको आवेदन विभिन्न कारणसहित रद्द गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । एकातिर मिनि पार्लियामेन्टका रुपमा परिचित राज्य व्यवस्था समितिले गरेको निर्देशन मन्बालयले नमान्ने र अर्कातिर सर्वोच्चमा परेको रिटको फैसला छिटो नहुँदा आवदेकहरु अलमलमा […]

लोकसेवाको तयारीमा रहेकालाई दुखको खबर, सरकारी सेवा प्रवेशको उमेर घटाउन प्रस्ताव पेश

काठमाडौं, १६ असार । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सरकारी सेवामा प्रवेशको उमेर घटाउन प्रस्ताव गरेको छ । समितिले सरकारी सेवामा प्रवेशको अधिकतम उमेर ५ वर्ष घटाउन प्रस्ताव गरेको हो । अहिलेसम्म पुरुषले ३५ वर्षभित्र र महिलाले ४० वर्षभित्र सेवा प्रवेश पाउँछन् । उक्त उमेर घटाएर समितिले पुरुषलाई ३० वर्ष महिलालाई ३५ वर्ष बनाउन […]

हरिवनमा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ, ४ सय २२ जनालाई दिइयो रोजगारी

सर्लाहीको हरिवन नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ४ सय २२ जनालाई रोजगारी दिएको छ । शनिवार विशेष कार्यक्रम गरि हरिवन नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गरेको हो । नगरपालिकाले गत चैत्र २३ गतेदेखि बैशाख मसान्त सम्मको समय अबधी दिएर बेरोजगारहरुको लागि १ सय दिन बराबरको रोजगारी दिने उदेश्यले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि आबेदन माग गरेको […]

कृषिलाई व्यवसायिक र औद्योगिक बनाऔं : प्रधानमन्त्री ओली

काठमाडौं १५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिलाई व्यवसायिक र औद्योगिक बनाउन आम नागरिकमा आग्रह गरेका छन् ।आज राष्ट्रिय धान दिवसको अवसरमा आफ्नो ट्वीटर ह्याण्डलमार्फत सम्पूर्ण किसानहरुलाई शुभकामना दिँदै प्रधानमन्त्री ओलीले निर्वाहमुखीबाट व्यवसायिक र औद्योगिक बनाउन सरकार तत्पर रहेको भन्दै सहयोगका लागि आग्रह गरेका हुन् । उनले कृषि उत्पादन र उत्पादकत्व बढाउन आवश्यक रहेको […]

धादिङको कृष्णभीरमा तीन सवारी आपसमा ठोक्किँदा दुईको मृत्यु, ३२ जना घाइते

काठमाडौं १५ असार। धादिङको कृष्णभीरमा तीनवटा सवारीसाधन आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा ३२ जना घाइते भएका छन् । दुर्घटनामा ज्यान गुमाउनेमा धादिङका श्यामकुमार श्रेष्ठ छन् । मृतक एकजना महिलाको पहिचान खुल्न सकेको छैन । प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी उपरीक्षक ९एसपी० दिपक थापाका अनुसार कृष्णभीरमा काठमाडौंबाट नारायणघाट जाँदै गरेको लु १ ख ९०७९ […]

रैथाने धान सँगसँगै असारे गीत पनि लोप हुँदै

“न भित्र खोक्रो न बाहिर बोक्रो, गुलियो कसार कसारहनुमान ढोका उघारी हेर्दा लागेछ असार ।। छुपुमा छुपु खेतमै रोपु, हातको बीउ छउन्जेल जे खानु खाइयो,जे लाउनु लाइयो बाबाको ज्यु छइन्जेल ।। असारै खाउला दुधिलो मकै, साउने खाउला खीर घरमा छैन शितलु बचन, मनमा छैन थीर ।।” कास्की, तनहुँ र स्याङ्जालगायत पश्चिमेली जिल्लामा असारमा गाइने प्राचीन […]

संस्कृतिलाइ गहनाको रुपमा संरक्षण गर्ने दायित्त्व हाम्रो- मेयर शाक्य

काठमाडौँ, १४ असार । काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्या सुन्दर शाक्यले संस्कृतिलाइ गहनाको रुपमा संरक्षण गर्नुपर्ने र यो सबैको दायित्त्व  भएको बताउनु भएको छ। काठमाडौँ महानगरपालिका २३ वडा ओमबहालमा जीवन्त संस्कृति संरक्षण समाजको आयोजनामा शनिबार भएको परम्परागत बाजा गुरु सम्मान कार्यक्रममा मेयर शाक्यले उक्त धारणा व्यक्त गरेका हुन । उनले संस्कृति संरक्षणको लागि महानगरपालिकाले नियमित सहयोग […]

महिलाहरू पुरुषबाट भन्दा महिलाहरुबाट नै पीडित भएको मेयर प्रसाइको प्रस्टोक्ति

सर्लाही । सर्लाहीको हरिवनमा दाइजो प्रथा विरुद्ध १ दिने सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ। हरिवन नगरपालिकाको आयोजनामा ग्रामिण स्वयंसेवक समाजको सभा हलमा नगर प्रमुख गणेश प्रसाद प्रसाईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको हो। पछिल्लो समय प्रदेश दुई का साथै तराईका जिल्लाहरुमा बढ्दै गएको दाइजो प्रथालाई रोक्न र त्यस्ता गलत कार्यको न्युनिकरणमा टेवा पुर्याउने उदेश्यले कार्यक्रमको […]